41 परिवारलाई राहत सामग्री वितरण

आज साउन 8 गते ईश्वरपुर न पा का बाढीबाट पूर्ण छ्यति घरभएका 41परिवारलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननिय थम माया थापा ज्युको हातबाट राहत सामग्री वितरण भयो। नगर प्रमुख मनोज कुमार देबकोटा ज्युको अध्यक्षतामा संचालित कार्यक्रममा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलका सचिव राजेन्द्र कुमार पौडेल ज्यू र समाज कल्याण परिषद् का उप निर्देशक दुर्गा भट्टराई ज्यू , सर्लाहीका प्र जि अ कृष्ण बहादुर राउत , जनपथ र सशस्त्र प्रहरी प्रमूखहरुको उपस्थिति रहेको थियो। वितरित सामाग्री नगर पालिकाको समन्वयमा , ग्रामीण नारी उत्थान संघले सेभ द चिल्ड्रेनको सहयोगमा उपलब्ध गराएको हो।
 

105th International Women Day(१०५ औं अन्तराष्ट्रिय महिला दिवस) At RWUA

                                १०५ औं अन्तराष्ट्रिय महिला दिवसलाई महिलाहरु द्वारा सरसफाइमा जोड
२०७१।११।२४
ग्रामीण नारी उत्थान संघ हरिपुरको आयोजनामा कवलाछी गा.वि.स. गैर वजारमा अन्तराष्ट्रिय महिला दिवस कार्यक्रम सम्पन्न भयो । जिल्लामा प्रथम खुला दिसा मुक्त गा.वि.स. फरहदवाका करिव ३०० भन्दा वढी महिलाहरु एक जुट भई फरहदवा गा.वि.स. भवन वाट र्‍याली निकाली महिला हक अधिकार, महिला हिंसा र सरसफाई सम्वन्धि नाराहरु लगाउंदै गाउं परिक्रमा गर्दै कविलाछी गा.वि.स. गैर वजार परिक्रमा गरी स्थानीय गैर वजार स्थित नि.मा.वि. को प्राङ्गणमा आम सभामा परिणत भयो । सभाको अध्यक्षता स्थानिय महिला नेतृ गर्मी देवी सिंहले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि नेपाल नागरिक समाज केन्द्रिय सदस्य भवानी घिमिरे हुनुहुन्थो भने विशिष्ट अतिथिमा उ.मा.वि. रानीगंजका प्र.अ. रजनीकान्त झा हुनुहुन्थ्यो । फरहदवा गा.वि.स. का स्थानिय अगुवा महिलाहरु सुमिन्त्रा देवि राय, जमुना देवि सिंह, सोना वती सिंह, अन्जु देवि ठाकुर र मन्सुन खातुन तथा अध्यक्षता गरी रहनु भएका गर्भीदेवि सिंह लगायतले नया वन्ने संविधानमा महिलाहक अधिकार र निर्णायक भुमिका पुरुष सरह उल्लेख हुनु पर्छ, महिलाको सहभागीता विनाको कुनै पनि काम सफल हुदैन भन्ने प्रशंग फरहदवा गा.वि.स. खुला दिसा मुक्त वनाउन हामी महिलाहरुको शसक्त भूमिका थियो भन्दै कविलासी गा.वि.स.का महिलाहरु लाई पनि सर सफाई अभियानमा अग्रसर भई आफ्नो गा.वि.स. सफा राख्न आग्रह गरे । छिकेकी गा.वि.स. भएकोले फरहदवालाई इम गरे पनि कविलाछीको फोहरले हामीलाई प्रभाव पार्न सक्छ भन्ने तर्क पेस गरे । मन्तव्यको क्रममा प्रमुख अतिथि भवानी घिमिरे, रजनी कान्त झा, शसस्त्र प्रहरी यूनिटका धन वाहादुर दर्लामीले पनि फरहदवाका महिलाहरुमा आएको परिर्वतन शसक्ति करणको प्रशंसा गर्नु हुंदै, कवलाछीका महिलालाई फरहदवाका महिलाहरुसित पाठ सिक्न आग्रह गर्नु भयो । आयोजक संस्था वाट विष्णु चालिसेले नारी दिवसको अवसर पारी फरहदवा र कविलाछी का महिलाहरु लाई भेला गराई फरहदवाका महिलाहरुमा आएको परिवर्तनलाई कविलाछी वासी विच साटा साट गराउन र कविलाछी गा.वि.स. का महिलाहरुमा पनि सोचमा परिवर्तन ल्याउने उदेश्य राखी कार्यक्रम आयोजना गरेको कुरा वताउनु हुदैं छिमेकमा भएका राम्रा काम एक अर्कामा साटा साट भयो भने दिगो सिकाई र सकारात्मक प्रभाव पर्ने कुरा वताउनु भयो । सोही दिन स्थानीय अन्य संघ संस्थाहरुसित समन्वय गरि हरिऔन नगरपालिका र जनकीनगर गा.वि.स मा पनि नारी दिवस मनाउंदै गर्दा सरसफाईमा महिलाहरुको अहम भुमिका रहने सन्र्दभहरु प्रस्तुत गरिएको थियो ।

5th day of weekly program.

23 school were participate.
Orchid int’l hariwan got first position, navajivan netraganj get second and golden future laalbandhi get third position in this compittion.
Programe organized by RWUA, RRPK, sahayogi and migrant worker welfare committe with support of SaMi/Helvetas.

स-सम्मान कार्यक्रम लैन्चौर

समाज कल्यान परिषद बाट समाजसेवा पुरस्कार प्रदान स-सम्मान कार्यक्रम लैन्चौर ,काठमान्डौ उपराष्ट्रपती प्रमानन्दा झा वाट पुरस्कार लिदै संस्था अध्यक्ष सुधा चालिसे ।

SAMI PROJECT

samiproject

सुरक्षित बैदेशिक रोजगारमा जानको लागी आवश्यक निम्न सूचनाहरु उपलब्ध गराउदै र  जानकारी दिदै ।

  • बैदेशिक रोजगारका लागी सरकारले खुल्ला गरेका देशहरुको नामावली ।
  • नेपाल सरकारद्वारा इजाजत प्राप्त म्यानपावर र एजेन्टहरुको नामावली ।
  • नेपाल सरकारद्वारा सुचिकृत स्वास्थ्य संस्थाहरु, बिमा संस्थाहरु, अभिमुखिकरण तालिम दिने संस्थाहरुको नामावली ।
  • बिमा गराउादा, स्वास्थ्य परीक्षण गराउादा, करारनामा हस्ताक्षर गर्दा र म्यानपावर कम्पनी छनौट गर्दा ध्यान दिनुपर्ने कुराहरु ।
  • प्रमुख गन्तव्य मुलुकहरुको बारे महत्वपूर्ण जानकारीहरु जस्तै भाषा, धर्म, संस्कृति, रहन–सहन र गर्न हुने तथा गर्न नहुने व्यवहारहरु आदि ।
  • बैदेशिक रोजगारको क्रममा ठगी/जालसाजीमा परेमा उजुरी गर्ने प्रकृयाहरुको बारेमा जानकारीहरु ।

MEDEP PROJECT RAMECHHAP

medep

नेपाल सरकार उद्योग मन्त्रालय र संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम (UNDP) र लघुउद्यम विकास कार्यक्रम(MEDEP) को सहयोगमा रामेछाप जिल्लामा विभिन्न कार्यक्रम सञ्चालन लघु उद्यम विकास सम्बन्धि कार्यक्रम  सिपविकास तालिम