interested candidates are requested to send their updated CV and a cover letter outlining their suitability for the position for Admin and Finance Coordinator.
https://www.jobsnepal.com/finance-admin-coordinator-138677
interested candidates are requested to send their updated CV and a cover letter outlining their suitability for the position for Admin and Finance Coordinator.
https://www.jobsnepal.com/finance-admin-coordinator-138677
सर्लाहीमा विद्यालयको पहुँचमा पुग्न नसकेका २० जना अपाङ्ग बालबालिकालाई घरमै शिक्षा प्रदान हुने भएको छ। सर्लाहीको हरिपुर, ईश्वरपुुर, गोडैता र बलरा नगरपालिकामा बहुअपांगता भएका बालबालिकाहरुलाई शिक्षाको अधिकार सुनिश्चित गर्नका लागि साक्षरता सहजकर्तालाई घरमै पठाएर शिक्षा प्रदान गरिने छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र ग्रामीण नारी उत्थान संघ हरिपुर तथा राष्ट्रिय रोजगार प्रर्वद्धन केन्द्र मलंगवामा संयुक्तरूपमा संचालित समुन्नति परियोजना अन्तर्गत बहुअपांगता भई विधालयको पहुँचमा जान नसक्ने बालबालिकाहरुलाई घरमै शिक्षा प्रदान गरिने छ ।
ग्रामीण नारी उत्थान संघका कार्यक्षेत्र पर्ने हरिपुर नगरपालिकाका ३ जना र ईश्वरपुर नगरपालिकाका ७ जना र राष्ट्रिय रोजगार प्रर्वद्धन केन्द्रका कार्यक्षेत्र पर्ने बलरा र गोडैता नगरपालिका गरी १० जना अपाङ्ग बालबालिकालाई घरमै शिक्षा प्रदान गरिने ग्रामीण नारी उत्थान संघका उपाध्यक्ष विष्णुप्रसाद चालिसेले बताउनु भयो ।
बहुअपांगता भई विधालयको पहुँचमा जान नसक्ने बालबालिकाहरुलाई घरमै शिक्षामा पहुँच पुर्याउने उधेश्यले शारीरिक अपांगता, दृश्यसम्बन्धि अपांगता, सुनाइ सम्बन्धि अपांगता, श्रवणदृष्टिविहिन अपांगता, स्वर र बोलाई सम्बन्धि अपांगता, मानसिक वा मनोसामाजिक अपांगता र बौद्विक अपांगता भएका बालबालिकाहरुलाई समेत नेपाल सरकारको संविधानमा आधारभुत शिक्षा अनिवार्य भएता पनि अझै विधालय वा कुनै श्रोत विधालयहरुमा हाल सम्म भर्ना हुन नसकेको अवस्थामा सर्लाहीमा प्रथम पटक यो अभयास गरिएको छ ।
हरिपुरका ३ जना र ईश्वरपुरका ७ जना तथा गोडैता र बलराका १० जना साक्षरता सहजकर्तालाई घरमै विधालय सञ्चालन सम्बन्धि ५ दिने तालिम सर्लाही नयाँरोडको सीता प्यालेसमा तालिम प्रदान गरिसकेको छ । अब बालबालिकाहरुको घरमै विधालय गई नेपाल सरकारको एकिकृत पाठ्यक्रममा आधारित कक्षा १ देखि ३ सम्मको पाठ्यक्रमको आधारमा घरमै विधालय संचालन गरेर बहु अपांगता भएका बालबालिकाले सजिलै सिक्न अपांगता मैत्री वातावरणमा कक्षा संचालन गरि बालबालिकाको शिक्षामा पहुँच बढाउने ग्रामीण नारी उत्थान संघका उपाध्यक्ष चालिसेले बताउनु भयो ।सहजकर्ताहरुले ३ वर्ष सम्म निरन्तर पढाउने तथा ३ कक्षा पुुर्ण भएपछी पछी ति बालबालिकालाई अपाङ्गमैत्री विद्यालयमा जोडिने छ ।
तालिमको सहजिकरण सेभ द चिल्ड्रेन बर्दिवासबाट राम बहादुर साह र रुवाका शम्भु साह तेलि र राम विश्वास चौधरी त्यस्तै आर आर पिकेका चन्द्रशेखर सहनी र महेश कुमार मण्डलले सहजिकरण गर्नु भएको थियो । कार्यक्रम संचालनको क्रममा हरिपुर नगरपालिकाका शिक्षा प्रमुख नागेश्वर राय द्वारा अनुगमन समेत गरिएको थियो । सो कार्यक्रममा रुवा बाट १० जना र आर आर पिके बाट १० जना गरि जम्मा २० जना सहजकर्ता सहभागिता भएको थियो । तालिमको समापन ग्रामीण नारी उत्थान संघ हरिपुरका अध्यक्ष गोमा देवी न्यौपानेले गर्नुभयो ।
श्ववरपुुर नगरपालिका अन्तर्गत स्थानीय बाल अधिकार समितिका पदाधिकारी तथा सरोकारवालाहरुका निम्ति स्थानीय तहमा बाल भेला सञ्चालन सम्बन्धि दुई दिने तालिम ईश्वरपुर नगरपालिकाको सभाहलमा सम्पन्न उद्देश्यहरु
(1) बालबालिकाका सवाल,समस्या र मागको स्थानीयकरण गर्ने ।
(2) स्थानीय तहमा अर्थपूर्ण बाल सहभागीता सुनिश्चित गरि सरोकारवालाको प्रयासलाई प्रत्येक्ष अनुभूत गराउने ।
(3) बालबालिकाको आवश्यकता र प्राथमिकताहरु स्थानीय तहको नीति तथा बजेट निर्णयकर्ता समक्ष प्रस्तुत गर्ने मुख्य उद्देश्य अनुरुप ईश्वरपुर नपाको सभाहल का उक्त दुईदिने कार्यक्रम सम्पन्न भएको हो । भने आगामी दिनहरुमा वडा स्तरमा समेत समन्वय र सहकार्य गर्दै, वडा स्तरिय बालभेला समेत संचालन गर्ने कार्ययोजना बनेको छ ।
कार्यक्रम ग्रामीण नारी उत्थान संघ हरिपुर र सेभ द चिल्ड्रेन को सहयोगमा संचालित समुन्नति परियोजना आर्थिक तथा प्रविधिक सहयोगमा ईश्वरपुर नगरपालिले आयोजना गरेको हो ।स्थानीय बालअधिकार समिति (LCRC) का सबै पदाधिकारी र प्रमुख प्रशासकीय अधिकृत,योजना र रोजगार शाखा प्रमुख, नगर बाल संजालका प्रतिनिधि लगायत 19 जना को उपस्थिति रहेको थियो ।
TITLE OF POSITION: Field Coordinator-Policy and Lobby
GRADE/LEVEL: Coordinator
IMMEDIATE SUPERVISOR/REPORTING TO:Sr./Program Coordinator/Manager
WORKING AREA: Ishworpur and Haripur Municipality
CHILD SAFEGUARDING:
The position holder will frequently have direct contact with children and/or young people in their day-to-day work. S/he will have to abide by child safeguarding, protection from sexual exploitation, abuse, and harassment (PSEAH) policy including the organization’s code of conduct. S/he will have to maintain dual adult rules while visiting/meeting with children.
ROLE PURPOSE:
The Field Coordinator – Advocacy and Lobby will support field-level implementation of advocacy and lobbying efforts within the Sponsorship Program. This position focuses on ensuring the sustainability of child-centred initiatives through capacity building, stakeholder engagement, and ownership transition to local governments and communities. A core objective is to integrate children’s voices into decision-making processes and foster the adoption of childcentered policies at the local level.
SCOPE OF ROLE:
Reports to: Sr./Program Coordinator/F Manager
Staff reporting to this post: Officer/Supervisor
Budget Responsibility: Sponsorship Program- Outcome-5 KEY AREAS OF ACCOUNTABILITY:
Advocacy Planning and Implementation
Policy Engagement and Lobbying
Capacity Building
Documentation and Learning
Sustainability and Ownership Transition
Representation
Others
QUALIFICATION, SKILLS AND EXPERIENCE:
Education: Bachelor’s degree in social work, Development Studies, Public Policy, LLB, or a related field. Experience: At least two years of experience in field-level advocacy, lobbying, or community engagement. Familiarity with child rights issues, local governance structures, and advocacy practices in Nepal. ). (Need to verify or Equivalent by Nepal Government if out of Country Degree)
Experience: At least Four years of experience in CP & CRG-related roles.
Skills:
Child Safeguarding
Well-being
Others
Facilitate Safer programming, Gender Diversity, and Climate resilience programming for longterm impact.
Child Safeguarding
Well-being
Note
Interested candidates aged 20+ are encouraged to apply with their current CV and Cover letter to the email address [email protected] clearly mentioning the position applying in the subject line addressing to The Human Resource Department, Rural Women Upliftment Association (RWUA), Sarlahi or submit the hard copy to Rural Women Upliftment Association (RWUA), Haripur Municipality-2, Sarlahi Deadline within 9 February 2025 by 5:00 PM.
Only shortlisted candidates will be contacted for the further selection process. No telephone inquiries will be entertained, and any inappropriate recommendation might automatically disqualify the candidate from further processing. RWUA respects Zero tolerance, and child rights and strictly follows the child safeguarding policy of the organization. RWUA is an equal opportunities employer and strictly follows merit-based selection. More Priority to qualified female and LGBTIQ candidates or those from disadvantaged communities and local people with best-fit qualifications and competencies are strongly encouraged to apply.
ग्रामीण नारी उत्थान संघ र सेभ द चिल्ड्रेनको संयुक्त साझेदारीमा हरिपुर नगरपालिका र ईश्वरपुर नगरपालिकाका अतिविपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।
अतिविपन्न तथा दलित अनि मजदुरको घरमा बालबालिका भएको घर परिवार छनोट गरि प्रति ४ परिवार बरावर २ थान कमल र घर परिवारमा ४ भन्दा बढी भए परिवार संख्याको आधारमा न्यानो कपडा बितरण गरिएकाे ग्रामीण नारी उत्थान संघ हरिपुर–२ की अध्यक्ष गोमादेवी न्यौपानेले जानकारी दिनु भयो ।
हाल ईश्वरपुर र हरिपुर गरि १७५० थान कम्ल बितरण गरिने सस्थाका सचिव सुर्य चालिसेले जानकारी दिनु भयो ।
पछिल्लो केहिदिनदेखि मध्य तराईमा दिनभर बाक्लो हुस्सु लागेर अत्याधिक चिसो बढेको छ । कठ्यांग्रिदो चिसोले पराल ओछयाएर सुत्न बाध्य मुसहर, डोम, चमारजस्ता अतिविपन्न तथा दलित अनि मजदुर परिवार बढी प्रभावित बनेका छन् ।
◾ थप सामग्री : https://ehimalayatimes.com/2025/01/298188/
सर्लाही । सर्लाहीको हरिपुर र ईश्वरपुर नगरपालिकामा ग्रामीण नारी उत्थान संघले सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालन गरेको ‘सिडा संकल्प परियोजना’ २०२४ नोभेम्बर १५ मा समापन हुँदैछ । २०२२ मा सुरु भएको यो परियोजनाले बाल अधिकार, स्वास्थ्य, र सामाजिक सशक्तीकरणका क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याएको छ ।
आज आयोजित परियोजनाले गरेका कामको बारेमा जानकारी दिने कार्यक्रममा परियोजनाको उपलब्धि र प्रगतिबारे सरोकारवालाहरूलाई जानकारी गराइएको छ ।
कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष गोमा देवी नेउपानेले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समितिका उपसभापति जितेन्द्र कुसवाहा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा हरिपुर नगरपालिकाकी उपप्रमुख निलम देवी राया, जिल्ला समन्वय अधिकारी कमलबहादुर कार्की, सरकारी निकायका प्रतिनिधिहरू र स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति थियो।
परियोजनाका प्रमुख धिरेन्द्र चौधरीका अनुसार परियोजनाको अवधिमा ९५ लाख २५ हजार ७३१ रुपैयाँ खर्च गरिएको छ। यसले हरिपुर र ईश्वरपुर नगरपालिकामा नीतिगत सुधार, किशोर–किशोरीका लागि यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी नीति निमाणमा सहजीकरण, र बाल अधिकार प्रवर्द्धनमा उल्लेखनीय प्रगति गरेको छ ।
संस्थाका उपाध्यक्ष विष्णु चालिसेका अनुसार परियोजनाले ३६ वटा बाल क्लबको स्थापना गरेको छ भने २ वटा नगरस्तरीय बाल समेत बनाउन र दर्ता गर्न सफल भयको छ ।
संस्थाको ५ वर्षे रणनीतिक योजना निर्माणमा सहयोग गरेको परियोजनाले संस्थागत विकास योजना तर्जुमा समेत २०२६ संमको लागी नीमाण गरेको छ ।
संस्थाका सचिव सुर्य चालिसेले बाल क्लब र सञ्जालले बालविवाह, लागुऔषध दुरुपयोग, र स्थानीय समस्याहरू समाधान गर्न तालीम तथा मार्गदर्शन प्रदान गरेको जानकारी दिनुु भयो लपरियोजनाको समापनपछि यसले सुरु गरेका कार्यहरूलाई निरन्तरता दिन अब स्थानीय तहको दायित्व हुने उपसभापति जितेन्द्र कुसुवाले बताउनुु भयो ।
उहाँले परियोजनाले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै स्थानीय तहले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
सिडा संकल्प परियोजना ले बाल अधिकार र सामाजिक सशक्तीकरणका क्षेत्रमा महत्त्वपूर्ण काम गर्दै सर्लाहीका दुुई पालिकाका समुदायहरूलाई सशक्त बनाएको स्थानीयहरूले प्रतिक्रिया दिएका छन्।
थप सामग्री : https://ehimalayatimes.com/2024/11/282329/
सर्लाही,६ भदौ । सर्लाहीको इश्वरपुर नगरपालिकाले बालविवाहमुक्त नगर घोषणा गर्ने अभियान थालेको छ । सेभ द चिल्डे«न र ग्रामीण नारी उत्थान संघको साझेदारीमा सञ्चालित समुन्नति परियोजनाको सहयोगमा इश्वरपुर नगरपालिकाले बालविवाहमुक्त नगर घोषणाको अभियान थालेको हो ।मंगलबार लालबन्दीमा सरोकारवालाहरुसँगको कार्यशाला गोष्ठीमा नगरपालिकाकी उपप्रमुख रञ्जीतादेवी चौधरीले बालअधिकारको बाधकको रुपमा रहेको बालविवाह अन्त्यका लागि इश्वरपुर नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । स्थानीय सरकारले सुरु गरेको यो अभियानमा सबै संघसंस्थाहरुलाई सहयोगका लागि आव्हान गर्नुभयो ।
एक दिवसीय उक्त कार्यशालामा नगरपालिकाका १५ वटै वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विषयगत शाखा प्रमुखहरु, स्थानीय बालअधिकार समिति र वडा बालअधिकार समितिका पदाधिकारीहरु, नगर बालक्लबका पदाधिकारीहरु, न्यायिक समिति सदस्यहरु तथा नगरपालिकामा बालबालिकाको क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बालअधिकार र बाल संरक्षणसम्बन्धी पालिकामा भएका नीति तथा कार्यक्रमको समीक्षाका गरिनुका साथै र बालविवाह न्यूनीकरणमा कानूनी र नीतिगत पक्षको यसको सम्बन्ध, बाल विवाह सम्बन्धी राष्ट्रिय, प्रादेशिक र स्थानीय स्तरमा भएका व्यवस्थाहरु र इश्वरपुर नगरपालिकामा यसको कार्यन्वयनको अवस्थाको विषयमा छलफल भएको कार्यक्रममा बालविवाह मुक्त ईश्वरपुर नगरपालिका घोषणाका लागी गर्नु गर्ने कार्यहरु बारे समूहगत छलफल गरिएको सेभ द चिल्ड्रेनका झम्केश्वर ओझाले जानकारी दिनुभयो ।
कार्यक्रममा बालविवाहमुक्त वडा घोषणाका लागि आवश्यक प्रक्रियाहरु, सूचकहरु र उक्त कार्यमा पालिकामा रहेका सरोकारवालाहरुको भूमिकाबारे छलफल गरी प्राप्त भएका सुझावका आधारमा बालवविाहमुक्त नगरपालिका घोषणाका लागि रणनीति तय गर्ने योजना शाखा प्रमुख पुष्करमणि घिमिरेले बताउनुभयो । कार्यक्रममा नगरपालिकाले हालसम्म गरेका कार्यहरु र अबका प्राथमिकताबारे उपप्रमुख चौधरी, वडा नं. ८ का अध्यक्ष श्याम बहादुर थापा, वडा नं. १३ का अध्यक्ष तिल बहादुर तामाङ, वडा नं. १२ का अध्यक्ष देवीबहादुर खत्री, वडा नं. ६ का अध्यक्ष महमद रहमान अन्सारी, नगरस्तरीय बालक्लबका अध्यक्ष खुसी परयिार तथा सदस्य रवानी मन्सुरी, बालकल्याण अधिकारी गायत्रीदेवी चौधरी, शिक्षा शाखा प्रमुख हरिप्रसाद दाहाल, योजना प्रमुख शाखा प्रमुख घिमिरे, सामाजिक शाखा प्रमुख सरोजकुमार चौलागाइ, सहयोगी संस्था ग्रामीण नारी उत्थान संघका सचिव सूर्यप्रसाद चालिसे लगायतले आआफ्नो धारणा राखेका थिए ।
अभियान अन्र्तगत हालसम्म बालअधिकार संरक्षण तथा सम्बर्धन कार्यविधि २०७९ स्वीकृत, स्थानीय तथा वडा बालअधिकार समितिहरु गठन, बालक्लब तथा सञ्जालहरु क्रियाशील रहेको, विद्यालय र समूदाय तहमा बालविवाह विरुद्यका सचेतना कार्यक्रमहरु सञ्चालनमा रहेको बताइएको छ । सेभ द चिल्ड्रेनका झम्केश्वर ओझाले बालविवाहमुक्त क्षेत्र घोषणाका लागि आवश्यक नीतिगत व्यवस्था तथा स्थानीय सरकारले गर्नुपर्ने आधारभूत कार्यहरुका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । त्यस्तै कान्ति खड्काले बालसंरक्षण प्रणाली स्थापना र सञ्चालनका विषयमा र परमानन्द मण्डलले बालविवाहले बालबालिकाको स्वास्थ्यमा पार्ने असरबारे प्रस्तुतिकरण गरेका थिए ।
बालविवाहको हिसावले मधेश प्रदेश कर्णाली प्रदेशपछि नेपालकै दोश्रो उच्च जोखिममा रहेको विभिन्न तथ्यांकले देखाएको छ । २०७५ भदौ १ देखि जारी भएको मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १७३ मा विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन भन्ने व्यवस्था गरी सो को विपरित भएको विवाह स्वतः बदर हुनेछ भन्ने व्यवस्था गरिएको छ । ऐनको उपदफा (३) मा कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैंयाँसम्म जरिवाना हुने व्यवस्था छ । नेपालको संविधानको धारा ३९ को उपधारा ५ ले कुनै पनि बालबालिकालाई बालविवाह, गैरकानूनी ओसारपसार र अपहरण गर्न वा बन्धक बनाउन नपाइने गरी बालबालिकाको मौलिक हकको रुपमा स्थापित गरेको छ । मधेश प्रदेश सरकारले बालविवाह अन्त्यका लागि १० वर्षे रणनीतिक योजना स्वीकृत गर्दै प्रत्येक वर्षको वैशाख १७ गतेलाइ बालविवाह विरुद्धको दिवस मनाउने घोषणा गरेको छ । मधेशको पहिलो बालविवाहमुक्त नगरपालिकाको रुपमा सप्तरी जिल्लाको सुरुंगा नगरपालिका यसअघि नै घोषणा भइसकेको छ ।
बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, मा रहेको प्राथमिक विद्यालय बाहुन टोलमा वुधवार नमूना बाल विकास केन्द्र भवनको शिलान्यास गरिएको छ ।
समुन्नति कार्यक्रम अन्तर्गत सेभ द चिडे«नको आर्थिक सहयोगमा ग्रामीण नारी उत्थान संघ हरिपुरले निर्माण गर्न लागेको भवनको नगर प्रमुख मनोजकुमार देवकोटाले शिलान्यास गरेका हुन् । नमूना बाल विकास केन्द्र भवन निर्माणका लागि १५ लाख ९२ हजार ८४२ रुपैयाँ बजेट विनियोजन गरिएको छ।
दुई महिनाभित्रै भवन निर्माण गरेर हस्तान्तरण गर्ने लक्ष्य रहेको छ । भवन शिलान्यास कार्यक्रममा नगर उपप्रमुख एकावती देवी चौधरी, ईश्वरपुर नगरपालिका–१३ का वडाध्यक्ष रामकरण महतो, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बम्जन, विद्यालयकी प्रधानाध्यापक सखिला महतो, संस्थाका उपाध्यक्ष विष्णु चालिसे, सचिव सूर्य चालिसे, विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।
संस्थाले यसअघि नेपाल राष्ट्रिय जनता मावि ईश्वरपुर–१२, नारायण प्रावि ईश्वरपुर–६, सागरनाथ मावि ईश्वरपुर–४ र जनशक्ति प्रावि ईश्वरपुर–१० मा बालबालिकाहरुलाई शैक्षिक तथा खेलकुदका सामग्रीसहित सुविधा सम्पन्न नमूना बाल विकास केन्द्र भवन निर्माण भइसकेको छ ।
Source:
पर्सा – सर्लाहीको दक्षिण–पूर्वी भेगमा पर्ने सीमावर्ती पर्सा गाउँपालिकामा सोमवार अपाङ्गता समावेशी सहायता कक्षा उदघाटन भएको छ ।
जसबाट अपांगता भएका व्यक्तिहरुलाई पालिकास्तरबाट प्रदान गर्ने सेवामा सहज पहँुच पुग्नुका साथै छिटो छरितो हुने नेपाल अपाङ्ग सघं सर्लाहीका अध्यक्ष वीरेन्द्र रायले बताए । पर्सा गाउँपालिकाका अध्यक्ष किशुनदेव रायको अध्यक्षता तथा ग्रामीण नारी उत्थान संघ हरिपुरका उपाध्यक्ष विष्णु प्रसाद चालिसेको प्रमुख आतिथ्यता, नेपाल अपाङ्ग संघका जिल्ला अध्यक्ष विरेन्द्र रायको विशिष्ठ आतिथ्यता र एस.एन.भि. नेपालकी जिल्ला संयोजक अम्बिका यादवको आतिथ्यतामा कक्षको उदघाटन गरिएको हो ।
उक्त अपाङ्गता सहायता कक्ष संचालनका लागी पर्सा गाउँपालिकाले आवश्यक बजेट विनियोजन गरी सहज तथा छिटो छरितो तरिकाले काम गर्न सहयोग गर्ने अध्यक्ष रायले प्रतिवद्धता व्यक्त गरेका छन् । यसअघि चन्द्रनगर, रामनगर, कौडेना र पर्सा गाउँपालिकामा पनि अपाङ्गता समावेशी सहायता कक्ष उदघाटन गरी संचालनमा आएको छ ।
उक्त कक्ष निमार्ण तथा संचालन एस.एन.नि. नेपाल/ग्रामीण नारी उत्थान संघ, हरिपुरको प्राविधिक सहयोग गरिएको छ ।
हरिपुर – “आफूँ बँचौ र अरुलाई पनि बचाँऔ”, “कोरोना विरुद्ध सामुदायिक अभियान” भन्ने नाराका साथ सर्लाहीको हरिपुर र ईश्वरपुर नगरपालिकालाई आइतवार ग्रामीण नारी उत्थान संघले स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गरी सेभ द चिड्रेनले संस्थालाई उपलब्ध गराएको स्वास्थ्य सामग्री दुईवटा पालिकालाई हस्तान्तरण गरिएको हो । दुवै पालिकालाई एक–एक थान अक्सिजन कन्सन्टे«टर, अस्पतालमा ७–७ थान बेड बनाउन पुग्ने सामग्री, २५० थान भिटिएम, र ५०५ थान ग्लोब्स प्रदान गरिएको ग्रामीण नारी उत्थान संघ हरिपुरले जनाएको छ ।
हरिपुर नगरपालिकामा संस्थाकी अध्यक्ष गोमादेवी न्यौपाने, उपाध्यक्ष विष्णु चालिसे र संस्थाका फिल्ड अफिसर बिजय कुशवाहाले मेयर जमिरुद्धिन मन्सुर, उपमेयर रेणुका काफ्ले, स्वास्थ्य शाखा संयोजक बिकाउ महतोलाई स्वास्थ्य सामग्री प्रदान गरेका हुन् । यस्तै, ईश्वरपुरमा फिल्ड अफिसर कुशवाहाले स्वास्थ्य शाखा संयोजक सुगेन्द्र महतोलाई स्वास्थ्य सामग्री प्रदान गरेका संस्थाले जनाएको छ ।
Source