कालिन्जोर स्थित राष्ट्रिय जनता मा बि का लागि सेभ द चिल्ड्रेन को साझेदारीमा RWUA द्वरा भवन निर्माण

ईश्वरपुर न पा वडा नं 12 कालिन्जोर स्थित राष्ट्रिय जनता मा बि मा आज बिहान बाल विकास केन्द्र भवनको ईश्वरपुर न पा का मेयर मनोज कुमार देबकोटा , उपमेयर एकावति चौधरी लगायत वडाअध्यछ नगेन्द्र पाखिन ,बि.ब्य.स.का अध्यक्ष हरि बहादुर लुग्ङेलि, Rwua Haripur का अध्यक्ष गोमा न्यौपाने ज्युहरुबाट सिलान्यास कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक, शिक्षकहरु अभिभावकहरु बिद्यार्थीहरु समाजसेवीहरुको पनि उपस्थिति थियो। कार्यक्रममा मेयरज्युबाट गुणस्तर भबन संझौता अवधिमै सम्पन्न गर्न सुझाव दिनुभयो। उक्त भवन निर्माणका लागि सेभ द चिल्ड्रेन को साझेदारीमा Rwua ले रु 1992181 उपलब्ध गराउने योजना रहेको छ।

RWUA को 26औ बार्षिक साधारण सभा

RWUA को 26औ बार्षिक साधारण सभा आज असोज 17 गते सस्थाका सभा हलमा सन्चालन भै सम्पन्न भयो। २६ औ बार्षिक साधारण सभा कार्यक्रममा निम्न लिखित कार्यसमिति चयन निर्बोरोध निर्बाचित भयो । अध्यक्ष ,गोमा न्यौपाने उपाध्यक्ष ,बिस्नु चालिसे,काेषाध्यक्ष सिमा कोइराला ,सचिब ,सुर्य प्रसाद चालिसे, सह सचिब ,मन्जु प्रसाईं र सदस्यहरुमा रिता न्यौपाने,गोमा भट्टराई ,सुलेखा महरा ,शान्ती महरा,रमा भण्डारि ,सोहबतिया कुमर ,चितौरा कुमारी चौधरी ,रामरती माझि निर्बाचित । सभामा जिल्ला समन्वय समितिका उपप्रमुख, हरिपुर तथा इश्वरपुर न पाका पर्मुख उपप्रमुख, पुर्व सभासद राम चन्द्र चौधरी , सेभ द चिल्ड्रेन का उमेश गुप्ता समेतले शुभकामना व्यक्त गर्नुभएको थियो।
43164518_530388404053311_4715694758943522816_n 43070544_530388134053338_752738815860277248_n 43015991_530388677386617_7898256385589116928_n

विद्यार्थीलाई इण्टरनेटको प्रयोग : सदुपयोगका लागि स्कुल, शिक्षक र अभिभावक जिम्मेवार | करुणा कुँवर

करुणा कुँवर
मनोविज्ञ

इण्टरनेटले विद्यार्थीलाई के सजिलो बनाएको छ ?
पहिले हामीले पढ्ने बेलामा इण्टरनेटको प्रयोग सहज भइसकेको थिएन । त्यतिबेला किताबमा जे जति लेखिएको छ, ज्ञानका लागि त्यतिमै भर पर्नुपर्थ्यो । अहिले एउटा विद्यार्थीले सानोभन्दा सानो कुरा, मानौं झिँगाको बारेमा जान्न चाह्यो भने पनि एक क्लिकको भरमा उक्त जीवको आकारप्रकार, कहाँ पाइन्छ, के–कस्ता विशेषता हुन्छन् जस्ता सारा कुरा जान्न सक्छन् । त्यसले गर्दा इण्टरनेटले विद्यार्थीको पढ्ने, देख्ने र लिने ज्ञानको दायरा फराकिलो बनाइदिएको छ । आजको विद्यार्थीलाई सहज रूपमा विश्वव्यापी ज्ञानको स्रोत उपलब्ध छ, जसको कारणले आजको विश्वमा मानिसलाई जति छिटो हुनुपरेको छ । त्यसमा इण्टरनेटले निकै मद्दत पुर्‍याएको छ ।

यही क्रममा मानिसलाई सजिलो बनाउन धेरै सामाजिक सञ्जालहरू पनि आए । मानिस सामाजिक प्राणी भएकाले उसले कहीँ न कहीँ कुराकानी, अन्तरक्रिया गर्न चाहन्छ । तर, सामाजिक सञ्जालका कारण मानिस परिवार, समाजमा जति सामाजिकीकरण हुनुपर्ने हो, त्यति नभई सामाजिक सञ्जालको परिधिमा सीमित हुन थाले । सामाजिक सञ्जाल नयाँ समयको कुरा भएको हुँदा यसमा खासगरी नयाँ पुस्ता नै बढी संलग्न रहेको पाउँछौं । अहिले प्रयोगमा आइरहेका फेसबुक, ट्विटर, भाइबरजस्ता सोसल एप्लिकेशन छन् । तिनको आविष्कार सदुपयोगका लागि भनेर भएको हो, तर त्यसो हुन सकिरहेको छैन । यसले गर्दा हानिकारक पनि भइरहेको छ । अहिलेसम्म केही यस्ता केसहरू आएका छन्, जसमा १०/११ वर्ष उमेरका विद्यार्थी छन् । उनीहरूलाई फेसबुक भनेको के हो भन्ने नै राम्ररी थाहा छैन, तर उनीहरू हिंसाको शिकार भइरहेका छन् ।

२/३ दिन अगाडिको एउटा केस छ, जसमा एकजना १३/१४ वर्षकी बालिका ११ वर्षको हुँदा उनको ११ वर्षकै साथीले फोटो एडिट गर्न जानेछ र प्रयोगको रूपमा आफ्नी साथीको टाउको नाङ्गो शरीरमा जोडेर फेसबुकमा पोष्ट गरिदिएछ । त्यसपछि ती बालिकालाई फोटोमा अनेक कमेण्ट आए, अरूले पनि के–के भने होलान्, जसले गर्दा उनले म खराबै मान्छे रहेछु भन्ने महसूस गर्न थालेको र मानसिक तनावमा आई आफ्नै शरीरका विभिन्न ठाउँमा काट्नेसम्मको अवस्थामा पुगेको पाइयो । हुन त बाहिर देखिएको छैन, स्क्रिनभित्र त हो नि भने पनि जसरी एउटा मानिससँग रहँदा ऊ साथी हुन्छ । त्यसैगरी कम्प्युटरमा चलाउँदा कम्प्युटर साथी फोनमा चलाउँदा फोन साथी हुन्छ । यसले त्यो कम्प्युटर, फोन, एप्लिकेशनको लत बसाइदिन्छ । अरू चिजको लतले मानिसको जीवनमा हानि पुर्‍याएजस्तै डिभाइस वा एप्लिकेशनको लतले पनि पुर्‍याउँछ, जसको लेखाजोखा नै भएको हुँदैन, झन् यस्ता सोसल मिडियामा जोडिन आउने यदि कसैको सोच नै खराब र अरूलाई हानि पुर्‍याउने खालको छ भने त त्यसले झन् बढी असर पुर्‍याउँछ । खराब नियतका मानिसको लक्ष्य रहने भनेको १० देखि १८ वर्ष उमेरका बच्चाहरू बढी हुने गर्दछन् । किनकि, यो उमेरकाहरूमा सोच्ने, तर्क गर्ने क्षमता विकास नहुने हुँदा उनीहरूलाई सजिलैसँग गलत क्रियाकलापहरूमा संलग्न गराउन सकिने भएकाले पनि यो उमेर समूहलाई बढी लक्षित गरेको पाइन्छ ।

विद्यार्थीलाई इण्टरनेटको सही प्रयोगबारे कसले बताउने ?
यसमा स्कुल, शिक्षक तथा अभिभावक सबै नै जिम्मेवार हुन्छन् । विद्यालयको कोर्समा इण्टरनेटको सही प्रयोगका बारेमा राख्नु आवश्यक छ । शिक्षकहरूले पनि इण्टरनेटको कस्तो प्रयोगले आवश्यक ज्ञान प्राप्त गर्न सकिन्छ भन्ने कुरा सिकाउनु जरुरी छ । १६/१७ वर्ष उमेरका विद्यार्थीहरूलाई पनि सक्रिय गराएर इण्टरनेटको प्रयोगका फाइदा र बेफाइदाका बारेमा अन्य विद्यार्थीहरूमा चेतना जगाउन सकिन्छ । त्यसैगरी अभिभावकले पनि आफ्ना सन्तानले डिभाइस चलाउन जाने वा सोसल मिडियामा अकाउण्ट खोलेर चलाउँछन् भन्ने कुरामा गर्व गर्ने होइन, सही समयमा सही तरीकाले सही चिज मात्र चलाउन दिनुपर्छ । प्रयोग नै नगर भनियो भने झन् बढी खुल्दुली हुन्छ । बरु यो यो कुरा यसरी यसरी प्रयोग गर भनेर गाइड गर्नु सबैभन्दा राम्रो हुन्छ ।

२ वर्षजति अघि मसँग एकजनाले आफ्नो २ वर्षको बच्चाको बारेमा भन्नुभएको थियो । बच्चा डेढ वर्षजतिको हुँदा उसले दुःख दियो भनेर आईप्याड दिने गरिएको थियो । पछि उसको त्यसमै बानी पर्न थाल्यो, जसले गर्दा २ वर्षको हुँदा सिण्ड्रेलाजस्ता कथाहरू उसले सार्दै हेर्न थालेको र त्यही लतले राती १/२ बजेसम्म नसुत्ने गर्न थालेछ । उसलाई डिभाइसको लत लागेकाले अरू बच्चासँग पनि नखेल्ने, डिभाइस नपाए एक्लै झोक्राएर बस्ने स्वभाव विकास भएको छ ।

यो उदाहरणले डिभाइसको प्रयोगले कसरी बालबालिकालाई प्राकृतिक रूपमा विकास हुनबाट रोक्छ भन्ने कुरा देखाउँछ । हामी हाम्रा बालबालिकाले डिभाइस वा एप्लिकेशन चलाउन जान्यो भनेर उसलाई स्मार्ट सोच्छौं । तर, बच्चा होइन डिभाइस स्मार्ट हो । किनकि, एउटा उदाहरण लिऊँ, जतिबेला हाम्रा हातमा मोबाइल थिएनन्, त्यतिबेला हामीलाई धेरै फोन नम्बरहरू याद हुन्थ्यो, अहिले आफ्नै नम्बर पनि याद नहुने अवस्था छ । डिभाइस तथा एप्लिकेशनहरूले हाम्रो मस्तिष्कको प्रयोग घटाइदिएको छ ।

कस्ता कुरामा बढी सचेत हुने ?
एकपटक सोसल मिडियामा राखेको फोटो हटाए पनि जति बेला राखिएको थियो, त्यति नै बेला त्यो चाहिँ त्यो एप्लिकेशनको सर्भरमा गएर बसिसकेको हुन्छ । त्यसैगरी आफूले गलत काम नगरे पनि आफूले राखेका फोटो संसारको कुन ठाउँका मानिसले कस्तो काममा प्रयोग गरिरहेका हुन्छन् भन्ने थाहा हुँदैन । त्यसैले, यस विषयमा पनि विद्यार्थीहरू सचेत हुनुपर्छ । बालबालिकाको फोटो सोसल मिडियामा राख्ने बेलामा अभिभावकले पनि सचेत हुनु जरुरी छ । किनकि, संसारमा सबैभन्दा बढी दुरुपयोग हुने फोटो भनेको बालबालिकाको फोटो हो । अभिभावकले ध्यान दिनुपर्ने अर्को कुरा बालबालिकाले इण्टरनेट चलाइरहेका छन् भने उनीहरूले के हेरिरहेका छन्, कस्ता कुरा पढिरहेका वा लेखिरहेका छन् भन्नेमा विचार पुर्‍याउनुपर्छ ।

इण्टरनेट तथा सोसल मिडिया प्रयोग गर्न सक्ने अभिभावकका सन्दर्भमा त त्यसो गर्नु सम्भव होला । तर, नसक्ने अभिभावकले कसरी थाहा पाउने ?
आफैले इण्टरनेट चलाएर वा पढेर थाहा पाउन सकिन्न भने पनि उपाय छ । बच्चामा इण्टरनेट प्रयोग कत्तिको गर्ने बानी छ, ऊ बढी समय के कुरामा ध्यान दिइरहेको छ, उसको स्वभावमा के कस्ता परिवर्तन आइरहेका छन्, ती परिवर्तन अन्य कुराले भइरहेको जस्तो देखिन्छ कि इण्टरनेट प्रयोगले भन्ने जस्ता कुराहरूमा अभिभावकले पनि विचार पु¥याउन सक्छन् । यति गर्ने हो भने जोसुकै अभिभावकले पनि आफ्ना सन्तानमा आउन सक्ने नकारात्मक प्रभावबाट उनीहरूलाई जोगाउन सक्छन् । सोसल साइट तथा एप्लिकेशनले पनि १८ वर्ष उमेर नहुन्जेल प्रयोग नगर्न भनेको हुन्छ । त्यो कुरामा ध्यान दिएर प्रयोग गर्ने हो भने समस्याबाट बच्ने अवस्था धेरै हुन्छ ।

Captured happy moments of today’s teez program at RWUA | सर्लाहीको हरिपुर गा.बी.स मा रहेको ग्रामीण नारी उत्थान संघ आज भएको तीज कार्यक्रम को रमाइला तस्बिर हरु

Captured happy moments of today’s teez program at RWUA | एउटै लक्ष्य एउटै साथ, मानव बेचबिखन अन्त्य हाम्रो साझा सरोकार भन्ने नारा को साथ् सर्लाहीको हरिपुर गा.बी.स मा रहेको ग्रामीण नारी उत्थान संघ आज भएको तीज कार्यक्रम को रमाइला तस्बिर हरु

RWUA

RWUA TEEZ PROGRAM | तिजको गितमा रामाउंदै

RWUA

RWUA TEEZ PROGRAM 2016

rwuateez14

RWUA Teez 2016 | महिलाहरुको उपस्थीति

RWUA

RWUA TEEZ PROGRAM | मिति २०७३।५।१५ गते को तिज कार्यक्रममा नृत्य गर्दै

 

बार्षिक समिक्षा वैठक सम्पन्न

बार्षिक समिक्षा वैठक सम्पन्न
सर्लाही हरिपुर स्थित ग्रामीण नारी उत्थान संघले आज २०७३।४।२९ गतेका दिन संस्थाको आ.व. ०७२।०७३ को वार्षिक समिक्षा वैठक स्थानिय सरोकारवालाहरु, संस्थाका कर्मचारीहरु तथा संस्थाका कार्यसमिति र साधारण सदस्यहरुको उपस्थितीमा सम्पन्न गरेको थियो । संस्था द्वारा संचालित कार्यक्रममा परियोजनाहरुको प्रगती, वजेट, खर्च, सिकाई, चुनौतीहरु वारे प्रस्तुतीगरी आफ्ना कार्यक्रम सार्वजनिक गर्नु र सुझावहरु संकलन गरी आगामी वर्षमा सुधार गर्दै लैजानु समीक्षा वैठकको मुख्य उदेश्य रहेको थियो ।
संस्थाको अध्यक्ष सुधा चालिसेको अध्यक्षतामा संचालन भएको समिक्षा वैठकमा वहुमुखी क्याम्पस प्रमुख पुरुषोतम प्रसाद काफ्ले प्रमुख आतिथि र गा.वि.स. सचिव जनार्दन चालिसे, ईलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरिक्षक चरित्र विक्रम कार्की, उ.मा.वि. हरिपुरका प्र.अ. यूग वाहादुर दाहाल, रा.प्र. प्रा. प्रतिनिधी खेटराज सुवेदी, ए.मा.ओ. वादी केन्द्र प्रतिनिधी सुनील वुढाथोकी, रेडक्रस प्रतीनिधी खिल नाथ ढुङ्घोल, नेपाल शिक्षक संघ पूर्व सदस्य कालीका प्रसाद घिमिरे लगायत हरिपुर स्थित संघ संस्थाका प्रतीनिधहरुको आतिथ्यता रहेको थियो । संस्थाका कर्मचारीहरु, संस्थाका सदस्यहरु पदाधिकारीहरु विचमा, खुला दिसा मुक्त अभियान सहयोग परियोजनाका संयोजक मदन कुमार वर्मा, सुरक्षित आप्रवासन परियोजनाका संयोजक दिवाकर झा, गरिवि निवारण कार्यक्रमका संयोजक अनिल वराल र स्थानिय शासन तथा समुदायिक विकास कार्यक्रमका संयोजक स्वस्ति चालिसेले प्रोजेक्टर मार्फत पालै पालो संस्था द्वारा संचालित परियोजनाहरुको प्रगति विवरण प्रस्तुती गर्नु भएको थियो । सोही कार्यक्रममा संस्थाकै पहलमा संचालीत शिव शक्ति वचत तथा ऋण सहकारी संस्था लि.को पनि प्रगती प्रस्तुती गरीएको थियो ।
प्रस्तुती पश्चात् आमन्त्रित अतिथिहरुले संस्थाले गरेको कामहरुको प्रसंसा गर्दै, वैदेशिक रोजगारमा आएका विकृतीहरु कमगर्नका लागी थप कार्यक्रम ल्याउन, खुला दिसा मूक्त अभियानमा लागीरहन, गरीवी निवारणका सामुदायिक संस्थालाई सहकारीमा लैजान पूंजी संरक्षण गर्न नेतृत्व भुमिका निर्वाह गरोस भन्ने सुझावहरुका साथै शुभकामना मन्तव्यहरु राख्नु भएको थियो । दउसो १२ ः १५ मा सुरु भएको समिक्षा वैठकलाई ४ ः ३० मा संस्था अध्यक्षले धन्यवाद मन्तव्य राख्दै समापन गर्नु भएको थियो । कार्यक्रममा ४६ जनाको सहभागीता रहेको थियो ।

कार्यक्रममा आसनग्रहण गराउंदै संस्था संयोजक

कार्यक्रममा आसनग्रहण गराउंदै संस्था संयोजक

 

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रहरी निरिक्षक चरित्र विक्रम कार्की

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रहरी निरिक्षक चरित्र विक्रम कार्की

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै गा.वि.स. सचिव जर्नादन चालिसे

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै गा.वि.स. सचिव जर्नादन चालिसे

कार्यक्रमा संस्थाका अध्यक्ष द्वारा वैठकमा उपस्थित माहानुभावहरुलाई धन्यवाद ज्ञापनका साथ मन्तव्य व्यक्त गर्दै ।

कार्यक्रमा संस्थाका अध्यक्ष द्वारा वैठकमा उपस्थित माहानुभावहरुलाई धन्यवाद ज्ञापनका साथ मन्तव्य व्यक्त गर्दै ।

तयार पार्ने
कार्यक्रम संयोजक
स्वस्ति चालिसे हरिपुर, ९ सर्लाही

विश्व वातावरण दिवको दिन ईश्वरपुर न.पा. वडा न ९ को उ.मा.वि.मा वृक्षारेपन गर्दै नगर प्रमुख र संस्थाका कार्यक्रम संयोजक LGCDP

सफलताको कथा —२ “सृजनशिल महिला सचेतना केन्द्रले दलितमा ल्यायो रौनक”

सफलताको कथा —२
“सृजनशिल महिला सचेतना केन्द्रले दलितमा ल्यायो रौनक”

सर्लाही जिल्ला साविक भक्तिपुर गा.वि.स. वडा नं. ६ हाल ईश्वरपुर नगरपालिका वडा नं. १ शंकरगंजमा व्यवस्ति सृजनशिल महिला सचेना केन्द्र मुसहर टोलमा लगभग ६० घरधुरी दलितहरुको वस्ती रहेको छ । यहांका दलितहरुको चेतनाको स्तर ज्यादै कम तथा राज्यवाट पाउने सेवा सुविधाको वारेमा पनि अनविग्य थिए । तर आज सृजनशिल महिला सचेतना केन्द्रमा आवद्घ भएपछि उनीहरुको जीवन नै परिवर्तन भएको महसुस गर्दछन् ।
यस टोलमा मुसहर समुदायका व्यक्तिहरुलाई गाउं समुदाय ले त ध्यान दिएनन् संधै आफ्नो अधिनमा नै राख्न चाहे भने राज्य पक्षले तथा स्थानिय सरोकार वालाहरुले पनि उचित ध्यान नदिएकाले उनीहरु पछाडी परिएका थिए । जसले गर्दा आफ्नो हात मुख जोड्न समस्या समाधानका लागी उनीहरु एक ठाउंवाट अर्को ठाउंमा भौतारीन वाध्य थिए । यसरी भौतारिने क्रममा उनिहरुका शिक्षाको कमिले छोरीहरु वेचिन पनि पुगे विद्यालय उमेरका वालवालिकाहरु भैसी चराउने, जंगलमा गएर दाउरा ल्याउने काममा लागेका थिए । अन्ध विश्वार पुराना रिति रिवाज परम्परामा रहेको यस गाउंमा वाल विवाह, छोरा ले पढ्नु हुन्न कमाउन जानु पर्छ, छोरीले घरको काम घांस दाउरा सुंगुर चराउनु पर्छ भन्ने मान्यता उनिहरु प्रति शिक्षा र चेतनाको महत्व नै नभएको । यसरी नै उनिहरुको दैनिकी चलिरहेको थियो । एक दिन स्थानिय शासन तथा समुदायिक कार्यक्रम ीन्ऋम्ए लागू भएपछि यहि टोलका सृजनशिल महिला सचेतना केन्द्रमा त्यस दलित टोलका समुदायलाई आवद्ध गराउन निकै कठिन भएतापनी हरेस नखाई निकै कडा मिहनेत पश्चात उनिहरु समुहमा आवद्ध हुने माहोल वन्यो । यसरी उनीहरुलाई आवद्ध गराएपछि कार्यक्रम तथा राज्यवाट पाउने सेवा सुविधाको साथै अन्ध विस्वार परम्परा प्रति, अन्य विभिन्न चेतना मूलक विषयको वारेमा स्पष्ट पारेपछि उनीहरु समुहमा खुलेर वोल्न आफ्ना समस्याहरु राख्दै जान थाले । यसरी उनीहरुमा आएको परिर्वतनलाई आन्नदी देवि माझि भन्छीन “हामी आंखा भएर पनि अन्धा रहेछौं आज नगरिक सचेतना केन्द्रमा आवद्ध भएपछि पो वल्ल हामीले आंखा देख्ने भएका छौं । आव त हामीले पाउने सुविधा त लडेर पनि लिन सक्ने यस सचेतना केन्द्रले वनाई दिएको छ ।” उनिहरुले विस्तारै विस्तारै आफ्ना योजनाहरु ग.वि.स.मा राखे र योजना पनि पारे यसरी योजना तथा कार्यक्रम परेकोमा यस सचेतना केन्द्रको उपाध्यक्ष श्रीमती कोशीला माझि भन्छिन् “योजना त परै जाओस हामीले गा.वि.स. भवन पनि देखेका थिएनौ हाम्रो लागि यो सचेतना केन्द्र ीन्ऋम्ए कार्यक्रम भगवान नै आएको छ । आज हामीले ४०,०००। सम्मको योजना पारेका छौं ।” उनिहरुले सचेतना केन्द्रको कक्षा संचालन मार्फत पाउने रकम जम्मा गरेर विवाह कार्यको लागि आवश्यक समान किनी भाडामा लगाउने भाडा वाट अएको पैसा वचत गर्दै लैजाने, समुदायमा चिनाउन हरियो रंगको साडी खरिद गरि एकै कलरको साडि लगाई वैठकमा उपस्थीति हुने जसले गर्दा सृजनशिल महिला सचेतना केन्द्रको पहिचान खुल्ने छ । आज आएर उनीहरुले सचेतना केन्द्र वैठक गर्ने भवनमा समेत योजना पारेका छन यति मात्र नभएर बाख्रा तथा वंगुर पालन गर्नका लागी खोर निर्माणको कार्यमा पनि अघि वढाउन थालेका छन् ।
14
यसरी उनीहरुले आफ्नो समय यस सचेतना केन्द्रमा दिएता पनि उनीहरुलाई कुनै किसिमको पछुतो छैन । आज उनीहरु गा.वि.स.मा नगरपालिकामा आफ्नो हक अधिकारको वारेमा वोल्ने, योजानको उपभोक्ता समितिको गठनमा भाग लिने, विभिन्न संघ संस्थाहरुले दिने चेतना मूलक तालिममा अवसर मिल्ने, योजनाको विषयमा न.पा गई नगर प्रमुख संग छलफल गर्न सक्ने, स्तरिय वैठक तथा गोष्ठीमा आफ्नो कुरा स्पष्ट राख्न सक्ने भएका छन् । भने गा.वि.स., नगरपालीकामा आफ्नो छुटै पहिचान स्थापित गराएका छन् यस सृजनशिल महिला सचेतना केन्द्रले ।

तयारपार्ने पेश गर्ने
परमेस्वर कार्की स्वस्ति चालिसे
सामाजिक परिचालक कार्यक्रम संयोजक
मो. नं : ९८४४०६३६८३
[email protected]
[email protected]

सफलताको कथा – ”ग्रामीण विकास महिला सचेतना केन्द्रले दलितमा ल्यायो परिर्वतन”

सफलताको कथा — १
”ग्रामीण विकास महिला सचेतना केन्द्रले दलितमा ल्यायो परिर्वतन”

 

सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका वडा नं. ९ को कुरनिया टोल मा अवस्थित ग्रामीण विकास महिला सचेना केन्द्र मुसहर टोलमा लगभग ५५ घरधुरी दलितहरुको वस्ती रहेको छ । यहांका दलितहरुको चेतनाको स्तर ज्यादै कम तथा राज्यवाट पाउने सेवा सुविधाको वारेमा पनि अनविग्य थिए । तर आज ग्रामीण विकास महिला सचेतना केन्द्रमा आवद्घ भएपछि उनीहरुको जीवन नै परिवर्तन भएको महसुस गर्दछन् ।
पहिलेको अवस्था
यस टोलमा मुसहर समुदायका व्यक्तिहरुलाई गाउं समुदाय ले ध्यान दिएनन् संधै आफ्नो अधिनमा नै राख्न चाहे भने राज्य पक्षले तथा स्थानिय सरोकार वालाहरुले पनि उचित ध्यान नदिएकाले उनीहरु पछाडी परिएका थिए । जसले गर्दा आफ्नो हात मुख जोड्न समस्या समाधानका लागी उनीहरु एक ठाउंवाट अर्को ठाउंमा भौतारीन वाध्य थिए । यसरी भौतारिने क्रममा उनिहरुमा शिक्षाको कमिले छोरीहरु वेचिन पनि पुगे विद्यालय उमेरका वालवालिकाहरु भैसी चराउने, जंगलमा गएर दाउरा ल्याउने काममा लागेका थिए । अन्ध विश्वार पुराना रिति रिवाज परम्परामा रहेको यस गाउंमा वाल विवाह, छोरा ले पढ्नु हुन्न कमाउन जानु पर्छ, छोरीले घरको काम घांस दाउरा सुंगुर चराउनु पर्छ भन्ने मान्यता उनिहरु प्रति शिक्षा र चेतनाको महत्व नै नभएको । यसरी नै उनिहरुको दैनिकी चलिरहेको थियो । एक दिन स्थानिय शासन तथा समुदायिक कार्यक्रम ीन्ऋम्ए लागू भएपछि यहि टोलका ग्रामीण विकास महिला सचेतना केन्द्रमा त्यस दलित टोलका समुदायलाई आवद्ध गराउन निकै कठिन भएतापनी हरेस नखाई निकै कडा मिहनेत पश्चात उनिहरु समुहमा आवद्ध हुने माहोल वन्यो । यसरी उनीहरुलाई आवद्ध गराएपछि समुहमा वैठक वस्न आउंदा घुम्टो हालेर मुस्कीलले ५ जना उपस्थीत हुन्थ्ये कार्यक्रम तथा राज्यवाट पाउने सेवा सुविधाको साथै अन्ध विस्वार परम्परा प्रति, अन्य विभिन्न चेतना मूलक विषयको वारेमा स्पष्ट पारेपछि विस्तारै विस्तारै उनीहरु घुम्टो खोलेर सुन्न, समुहमा खुलेर वोल्न, आफ्ना समस्याहरु राख्दै जान थाले । यसरी उनीहरुमा आएको परिर्वतनलाई दुलारी देवि माझि भन्छीन “हामी आंखा भएर पनि घुम्टो हालेर अन्धा जस्तै रहेछौं आज नगरिक सचेतना केन्द्रमा आवद्ध भएपछि पो वल्ल हामीले घुम्टो हटाई आंखा देख्ने भएका छौं । आव त हामीले पाउने सुविधा त लडेर पनि लिन सक्ने यस सचेतना केन्द्रले वनाई दिएको छ ।” उनिहरुले विस्तारै विस्तारै आफ्ना योजनाहरु ग.वि.स.मा राखे र योजना पनि पारे यसरी योजना तथा कार्यक्रम परेकोमा यस सचेतना केन्द्रको उपाध्यक्ष भगलु माझि भन्छन् “योजना त परै जाओस हामीले गा.वि.स. भवन पनि देखेका थिएनौ हाम्रो लागि यो सचेतना केन्द्र ीन्ऋम्ए कार्यक्रम भगवान नै आएको छ” । उनिहरुले सचेतना केन्द्रको कक्षा संचालन मार्फत पाउने रकम जम्मा गरेर विवाह कार्यको लागि आवश्यक समान किनी भाडामा लगाउने भाडा वाट अएको पैसा वचत गर्दै लैजाने । आज आएर उनीहरुले सचेतना केन्द्र बाख्रा तथा वंगुर पालन गर्नका लागी खोर निर्माणको कार्यमा पनि अघि वढाउन थालेका छन् । अहिलेको अवस्था

image2
यसरी उनीहरुले आफ्नो समय यस सचेतना केन्द्रमा दिएता पनि उनीहरुलाई कुनै किसिमको पछुतो छैन । आज उनीहरु गा.वि.स.मा नगरपालिकामा आफ्नो हक अधिकारको वारेमा वोल्ने, योजानको उपभोक्ता समितिको गठनमा भाग लिने, विभिन्न संघ संस्थाहरुले दिने चेतना मूलक तालिममा अवसर मिल्ने, योजनाको विषयमा न.पा गई नगर प्रमुख संग छलफल गर्न सक्ने, स्तरिय वैठक तथा गोष्ठीमा आफ्नो कुरा स्पष्ट राख्न सक्ने भएका छन् । भने गा.वि.स., नगरपालीकामा आफ्नो छुटै पहिचान स्थापित गराएका छन् यस ग्रमीण विकास महिला सचेतना केन्द्रले ।
पेश गर्ने
स्वस्ति चालिसे
कार्यक्रम संयोजक
RWUA,Haripur
मो. नं ः ९८४४०६३६८३
[email protected]
[email protected]