105th International Women Day(१०५ औं अन्तराष्ट्रिय महिला दिवस) At RWUA

                                १०५ औं अन्तराष्ट्रिय महिला दिवसलाई महिलाहरु द्वारा सरसफाइमा जोड
२०७१।११।२४
ग्रामीण नारी उत्थान संघ हरिपुरको आयोजनामा कवलाछी गा.वि.स. गैर वजारमा अन्तराष्ट्रिय महिला दिवस कार्यक्रम सम्पन्न भयो । जिल्लामा प्रथम खुला दिसा मुक्त गा.वि.स. फरहदवाका करिव ३०० भन्दा वढी महिलाहरु एक जुट भई फरहदवा गा.वि.स. भवन वाट र्‍याली निकाली महिला हक अधिकार, महिला हिंसा र सरसफाई सम्वन्धि नाराहरु लगाउंदै गाउं परिक्रमा गर्दै कविलाछी गा.वि.स. गैर वजार परिक्रमा गरी स्थानीय गैर वजार स्थित नि.मा.वि. को प्राङ्गणमा आम सभामा परिणत भयो । सभाको अध्यक्षता स्थानिय महिला नेतृ गर्मी देवी सिंहले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि नेपाल नागरिक समाज केन्द्रिय सदस्य भवानी घिमिरे हुनुहुन्थो भने विशिष्ट अतिथिमा उ.मा.वि. रानीगंजका प्र.अ. रजनीकान्त झा हुनुहुन्थ्यो । फरहदवा गा.वि.स. का स्थानिय अगुवा महिलाहरु सुमिन्त्रा देवि राय, जमुना देवि सिंह, सोना वती सिंह, अन्जु देवि ठाकुर र मन्सुन खातुन तथा अध्यक्षता गरी रहनु भएका गर्भीदेवि सिंह लगायतले नया वन्ने संविधानमा महिलाहक अधिकार र निर्णायक भुमिका पुरुष सरह उल्लेख हुनु पर्छ, महिलाको सहभागीता विनाको कुनै पनि काम सफल हुदैन भन्ने प्रशंग फरहदवा गा.वि.स. खुला दिसा मुक्त वनाउन हामी महिलाहरुको शसक्त भूमिका थियो भन्दै कविलासी गा.वि.स.का महिलाहरु लाई पनि सर सफाई अभियानमा अग्रसर भई आफ्नो गा.वि.स. सफा राख्न आग्रह गरे । छिकेकी गा.वि.स. भएकोले फरहदवालाई इम गरे पनि कविलाछीको फोहरले हामीलाई प्रभाव पार्न सक्छ भन्ने तर्क पेस गरे । मन्तव्यको क्रममा प्रमुख अतिथि भवानी घिमिरे, रजनी कान्त झा, शसस्त्र प्रहरी यूनिटका धन वाहादुर दर्लामीले पनि फरहदवाका महिलाहरुमा आएको परिर्वतन शसक्ति करणको प्रशंसा गर्नु हुंदै, कवलाछीका महिलालाई फरहदवाका महिलाहरुसित पाठ सिक्न आग्रह गर्नु भयो । आयोजक संस्था वाट विष्णु चालिसेले नारी दिवसको अवसर पारी फरहदवा र कविलाछी का महिलाहरु लाई भेला गराई फरहदवाका महिलाहरुमा आएको परिवर्तनलाई कविलाछी वासी विच साटा साट गराउन र कविलाछी गा.वि.स. का महिलाहरुमा पनि सोचमा परिवर्तन ल्याउने उदेश्य राखी कार्यक्रम आयोजना गरेको कुरा वताउनु हुदैं छिमेकमा भएका राम्रा काम एक अर्कामा साटा साट भयो भने दिगो सिकाई र सकारात्मक प्रभाव पर्ने कुरा वताउनु भयो । सोही दिन स्थानीय अन्य संघ संस्थाहरुसित समन्वय गरि हरिऔन नगरपालिका र जनकीनगर गा.वि.स मा पनि नारी दिवस मनाउंदै गर्दा सरसफाईमा महिलाहरुको अहम भुमिका रहने सन्र्दभहरु प्रस्तुत गरिएको थियो ।