ईश्वरपुर न पा – राहत सामग्री वितरण

असार 26 गतेदेखीको भिषण बर्षाको कारण ईश्वरपुर न पा का घर पूर्णछ्यति भएका50 परिवारलाई स्थानिय सरकारको समन्वयमा , साउन 3 गते ईलाका प्रहरी कार्यालयको प्राङ्गणमा सेभ द चिल्ड्रेनको सहयोगमा ग्रामीण नारी उत्थान संघ ले राहत सामग्री वितरण कालागि नगर प्रमुख तथा उपप्रमुखको हातबाट प्रारंभ गर्दै….

तिज बिशेष कार्यक्रम -2076

Rwua र शिब शक्ति साकोसको संयुक्त आयोजनामा तिज बिशेष कार्यक्रम आज भाद्र 12 गते मनोरञ्जनका साथ सम्पन्न। कार्यक्रममा बाल बालिका र महिलाको सुरक्षा , गुणस्तरीय शिक्षा भन्ने शन्देशलाई फोकस गरिएको थियो।

विद्यार्थीलाई इण्टरनेटको प्रयोग : सदुपयोगका लागि स्कुल, शिक्षक र अभिभावक जिम्मेवार | करुणा कुँवर

करुणा कुँवर
मनोविज्ञ

इण्टरनेटले विद्यार्थीलाई के सजिलो बनाएको छ ?
पहिले हामीले पढ्ने बेलामा इण्टरनेटको प्रयोग सहज भइसकेको थिएन । त्यतिबेला किताबमा जे जति लेखिएको छ, ज्ञानका लागि त्यतिमै भर पर्नुपर्थ्यो । अहिले एउटा विद्यार्थीले सानोभन्दा सानो कुरा, मानौं झिँगाको बारेमा जान्न चाह्यो भने पनि एक क्लिकको भरमा उक्त जीवको आकारप्रकार, कहाँ पाइन्छ, के–कस्ता विशेषता हुन्छन् जस्ता सारा कुरा जान्न सक्छन् । त्यसले गर्दा इण्टरनेटले विद्यार्थीको पढ्ने, देख्ने र लिने ज्ञानको दायरा फराकिलो बनाइदिएको छ । आजको विद्यार्थीलाई सहज रूपमा विश्वव्यापी ज्ञानको स्रोत उपलब्ध छ, जसको कारणले आजको विश्वमा मानिसलाई जति छिटो हुनुपरेको छ । त्यसमा इण्टरनेटले निकै मद्दत पुर्‍याएको छ ।

यही क्रममा मानिसलाई सजिलो बनाउन धेरै सामाजिक सञ्जालहरू पनि आए । मानिस सामाजिक प्राणी भएकाले उसले कहीँ न कहीँ कुराकानी, अन्तरक्रिया गर्न चाहन्छ । तर, सामाजिक सञ्जालका कारण मानिस परिवार, समाजमा जति सामाजिकीकरण हुनुपर्ने हो, त्यति नभई सामाजिक सञ्जालको परिधिमा सीमित हुन थाले । सामाजिक सञ्जाल नयाँ समयको कुरा भएको हुँदा यसमा खासगरी नयाँ पुस्ता नै बढी संलग्न रहेको पाउँछौं । अहिले प्रयोगमा आइरहेका फेसबुक, ट्विटर, भाइबरजस्ता सोसल एप्लिकेशन छन् । तिनको आविष्कार सदुपयोगका लागि भनेर भएको हो, तर त्यसो हुन सकिरहेको छैन । यसले गर्दा हानिकारक पनि भइरहेको छ । अहिलेसम्म केही यस्ता केसहरू आएका छन्, जसमा १०/११ वर्ष उमेरका विद्यार्थी छन् । उनीहरूलाई फेसबुक भनेको के हो भन्ने नै राम्ररी थाहा छैन, तर उनीहरू हिंसाको शिकार भइरहेका छन् ।

२/३ दिन अगाडिको एउटा केस छ, जसमा एकजना १३/१४ वर्षकी बालिका ११ वर्षको हुँदा उनको ११ वर्षकै साथीले फोटो एडिट गर्न जानेछ र प्रयोगको रूपमा आफ्नी साथीको टाउको नाङ्गो शरीरमा जोडेर फेसबुकमा पोष्ट गरिदिएछ । त्यसपछि ती बालिकालाई फोटोमा अनेक कमेण्ट आए, अरूले पनि के–के भने होलान्, जसले गर्दा उनले म खराबै मान्छे रहेछु भन्ने महसूस गर्न थालेको र मानसिक तनावमा आई आफ्नै शरीरका विभिन्न ठाउँमा काट्नेसम्मको अवस्थामा पुगेको पाइयो । हुन त बाहिर देखिएको छैन, स्क्रिनभित्र त हो नि भने पनि जसरी एउटा मानिससँग रहँदा ऊ साथी हुन्छ । त्यसैगरी कम्प्युटरमा चलाउँदा कम्प्युटर साथी फोनमा चलाउँदा फोन साथी हुन्छ । यसले त्यो कम्प्युटर, फोन, एप्लिकेशनको लत बसाइदिन्छ । अरू चिजको लतले मानिसको जीवनमा हानि पुर्‍याएजस्तै डिभाइस वा एप्लिकेशनको लतले पनि पुर्‍याउँछ, जसको लेखाजोखा नै भएको हुँदैन, झन् यस्ता सोसल मिडियामा जोडिन आउने यदि कसैको सोच नै खराब र अरूलाई हानि पुर्‍याउने खालको छ भने त त्यसले झन् बढी असर पुर्‍याउँछ । खराब नियतका मानिसको लक्ष्य रहने भनेको १० देखि १८ वर्ष उमेरका बच्चाहरू बढी हुने गर्दछन् । किनकि, यो उमेरकाहरूमा सोच्ने, तर्क गर्ने क्षमता विकास नहुने हुँदा उनीहरूलाई सजिलैसँग गलत क्रियाकलापहरूमा संलग्न गराउन सकिने भएकाले पनि यो उमेर समूहलाई बढी लक्षित गरेको पाइन्छ ।

विद्यार्थीलाई इण्टरनेटको सही प्रयोगबारे कसले बताउने ?
यसमा स्कुल, शिक्षक तथा अभिभावक सबै नै जिम्मेवार हुन्छन् । विद्यालयको कोर्समा इण्टरनेटको सही प्रयोगका बारेमा राख्नु आवश्यक छ । शिक्षकहरूले पनि इण्टरनेटको कस्तो प्रयोगले आवश्यक ज्ञान प्राप्त गर्न सकिन्छ भन्ने कुरा सिकाउनु जरुरी छ । १६/१७ वर्ष उमेरका विद्यार्थीहरूलाई पनि सक्रिय गराएर इण्टरनेटको प्रयोगका फाइदा र बेफाइदाका बारेमा अन्य विद्यार्थीहरूमा चेतना जगाउन सकिन्छ । त्यसैगरी अभिभावकले पनि आफ्ना सन्तानले डिभाइस चलाउन जाने वा सोसल मिडियामा अकाउण्ट खोलेर चलाउँछन् भन्ने कुरामा गर्व गर्ने होइन, सही समयमा सही तरीकाले सही चिज मात्र चलाउन दिनुपर्छ । प्रयोग नै नगर भनियो भने झन् बढी खुल्दुली हुन्छ । बरु यो यो कुरा यसरी यसरी प्रयोग गर भनेर गाइड गर्नु सबैभन्दा राम्रो हुन्छ ।

२ वर्षजति अघि मसँग एकजनाले आफ्नो २ वर्षको बच्चाको बारेमा भन्नुभएको थियो । बच्चा डेढ वर्षजतिको हुँदा उसले दुःख दियो भनेर आईप्याड दिने गरिएको थियो । पछि उसको त्यसमै बानी पर्न थाल्यो, जसले गर्दा २ वर्षको हुँदा सिण्ड्रेलाजस्ता कथाहरू उसले सार्दै हेर्न थालेको र त्यही लतले राती १/२ बजेसम्म नसुत्ने गर्न थालेछ । उसलाई डिभाइसको लत लागेकाले अरू बच्चासँग पनि नखेल्ने, डिभाइस नपाए एक्लै झोक्राएर बस्ने स्वभाव विकास भएको छ ।

यो उदाहरणले डिभाइसको प्रयोगले कसरी बालबालिकालाई प्राकृतिक रूपमा विकास हुनबाट रोक्छ भन्ने कुरा देखाउँछ । हामी हाम्रा बालबालिकाले डिभाइस वा एप्लिकेशन चलाउन जान्यो भनेर उसलाई स्मार्ट सोच्छौं । तर, बच्चा होइन डिभाइस स्मार्ट हो । किनकि, एउटा उदाहरण लिऊँ, जतिबेला हाम्रा हातमा मोबाइल थिएनन्, त्यतिबेला हामीलाई धेरै फोन नम्बरहरू याद हुन्थ्यो, अहिले आफ्नै नम्बर पनि याद नहुने अवस्था छ । डिभाइस तथा एप्लिकेशनहरूले हाम्रो मस्तिष्कको प्रयोग घटाइदिएको छ ।

कस्ता कुरामा बढी सचेत हुने ?
एकपटक सोसल मिडियामा राखेको फोटो हटाए पनि जति बेला राखिएको थियो, त्यति नै बेला त्यो चाहिँ त्यो एप्लिकेशनको सर्भरमा गएर बसिसकेको हुन्छ । त्यसैगरी आफूले गलत काम नगरे पनि आफूले राखेका फोटो संसारको कुन ठाउँका मानिसले कस्तो काममा प्रयोग गरिरहेका हुन्छन् भन्ने थाहा हुँदैन । त्यसैले, यस विषयमा पनि विद्यार्थीहरू सचेत हुनुपर्छ । बालबालिकाको फोटो सोसल मिडियामा राख्ने बेलामा अभिभावकले पनि सचेत हुनु जरुरी छ । किनकि, संसारमा सबैभन्दा बढी दुरुपयोग हुने फोटो भनेको बालबालिकाको फोटो हो । अभिभावकले ध्यान दिनुपर्ने अर्को कुरा बालबालिकाले इण्टरनेट चलाइरहेका छन् भने उनीहरूले के हेरिरहेका छन्, कस्ता कुरा पढिरहेका वा लेखिरहेका छन् भन्नेमा विचार पुर्‍याउनुपर्छ ।

इण्टरनेट तथा सोसल मिडिया प्रयोग गर्न सक्ने अभिभावकका सन्दर्भमा त त्यसो गर्नु सम्भव होला । तर, नसक्ने अभिभावकले कसरी थाहा पाउने ?
आफैले इण्टरनेट चलाएर वा पढेर थाहा पाउन सकिन्न भने पनि उपाय छ । बच्चामा इण्टरनेट प्रयोग कत्तिको गर्ने बानी छ, ऊ बढी समय के कुरामा ध्यान दिइरहेको छ, उसको स्वभावमा के कस्ता परिवर्तन आइरहेका छन्, ती परिवर्तन अन्य कुराले भइरहेको जस्तो देखिन्छ कि इण्टरनेट प्रयोगले भन्ने जस्ता कुराहरूमा अभिभावकले पनि विचार पु¥याउन सक्छन् । यति गर्ने हो भने जोसुकै अभिभावकले पनि आफ्ना सन्तानमा आउन सक्ने नकारात्मक प्रभावबाट उनीहरूलाई जोगाउन सक्छन् । सोसल साइट तथा एप्लिकेशनले पनि १८ वर्ष उमेर नहुन्जेल प्रयोग नगर्न भनेको हुन्छ । त्यो कुरामा ध्यान दिएर प्रयोग गर्ने हो भने समस्याबाट बच्ने अवस्था धेरै हुन्छ ।

41 परिवारलाई राहत सामग्री वितरण

आज साउन 8 गते ईश्वरपुर न पा का बाढीबाट पूर्ण छ्यति घरभएका 41परिवारलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननिय थम माया थापा ज्युको हातबाट राहत सामग्री वितरण भयो। नगर प्रमुख मनोज कुमार देबकोटा ज्युको अध्यक्षतामा संचालित कार्यक्रममा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलका सचिव राजेन्द्र कुमार पौडेल ज्यू र समाज कल्याण परिषद् का उप निर्देशक दुर्गा भट्टराई ज्यू , सर्लाहीका प्र जि अ कृष्ण बहादुर राउत , जनपथ र सशस्त्र प्रहरी प्रमूखहरुको उपस्थिति रहेको थियो। वितरित सामाग्री नगर पालिकाको समन्वयमा , ग्रामीण नारी उत्थान संघले सेभ द चिल्ड्रेनको सहयोगमा उपलब्ध गराएको हो।