Message From Chair Person

Message From Chair Person

ग्रामीण नारी उत्थान संघ हरिपुरले विगत लामो समय देखि ग्रामीण भेगका नागरिकहरुको ज्ञान एवं शिपसाग सम्बन्धित विविध किसिमका सशक्तिकरणको कार्यलाई अगाडि बढाउादै आएको छ । लोकतन्त्रको सम्बद्र्वन र सुशासनको अभिवृद्विका लागि सामाीजक तथा नागरिक समूह एवं संगठनहरुको महत्वपुर्ण भूमिका हुन्छ । प्रजातन्त्रको विकास सगै जनउत्तरदायी व्यवस्थाको विकासमा बल पुग्ने हुादा यसका अति आवश्यक संयन्त्रहरु र अवलम्बन गरिएका प्रक्रियाहरु जब मजबुत र फलदायी हुदैनन तब सम्म नागरिक तथा सामाजिक संगठनहरुले प्रभाकारी र रचनात्मक भूमिका निर्वाह गर्न सक्दैनन् । नागरिक तथा सामाजिक संगठनहरुको भूमिका प्रभावकारी र फलदायी बनाउान उनीहरुको सांगठनिक एवं नेतृत्वदयी क्षमता चुस्त र मजबुत हुनु अति आवश्यक पर्दछ । यति मात्र होईन समान उद्देश्य बोकेका संगठन एवं मञ्चहरुसाग हातेमालो गरी बलियो संञ्जाल निर्माण गर्ने, विकास एवं अधिकारको पैरवि एवं वकालत गर्दै प्रभावकारी जनपरिचालनका माध्यमबाट सरकारी संयन्त्रहरुलाई जनउत्तरदायी बनाउन सक्दो प्रयत्न गर्ने, विद्यमान नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न सामुहिक दवाव श्रृजना गर्ने साथै नागरिकहरुका हक अधिकार, मर्यादा र चाहानाहरुको संरक्षण र सम्बद्र्वनका लागि राज्यका विभिन्न निकायहरुलाई जिम्मेवारी बोध गराउाने जस्ता विषयहरुमा सामाजिक एवं नागरिक संगठनहरुले अहंम भूमिका निर्वाह गर्नु पर्दछ । यस्तो कार्यको लागि ग्रामीण नारी उत्थान संघले स्थापना कालदेखिनै आफ्ना प्राय: सबै किमिका प्रयत्नहरु अगाडि बढाउदै समुदायको मन मष्तिक सम्म पुग्न सफल भएको छ । हक अधिकारका कुराहरुलाई मात्र सुक्ष्म सवाल नबनाई कर्तव्य–ज्ञानका कुराहरुलाई पनि समुदायले आत्मसाथ गर्न सक्यो भने हामीले आशा गरेका दिनहरु देख्न धेरै समय कुर्नु पर्दैन । हुनत हाम्रा नागरिकहरुलाई दुई छाकको. जोह गर्नमै समय धेरै खर्चिनु पर्दछ, तै पनि यो काम हामी सबैको हो भन्ने अनुभूति गर्दै र हाम्रा सन्ततिहरुको सुखका दिन देख्न हामीले सधै संचार, नेतृत्व, संजाल निर्माण, जनवकालत, लघुउद्यमशिलता, वातवरण संरक्षण अधिकार, कर्तव्य जस्ता अहंम ज्ञान एवं सिपका कुराहरुलाई आत्मसाथ गर्नै पर्दछ । यस्ता सामयिक विषयहरुमा स्थानीय स्तरका सामाजिक एवं नागरिक संगठनहरुको अगुवाई गर्ने एवं क्रियाशिल हुने कुरामा सबै जानकार र संवेदनशिल हुनै पर्दछ । समुदायमा लक्षित विगतका हाम्रा भूमिका र सक्रियताको कारणबाट विपन्न समूदायका सदस्यहरु क्रमश: संगठित, सशक्त साथै नागरिक आवाजहरु मुखरित गर्न सक्षम हुदै आईरहेका छन । फेरी पनि विद्यमान सामाजिक संगठनहरुको ज्ञानको विस्तार, समायोजन साथै सकारात्मक दृष्टिकोणको विकास गरी समय र परिस्थिति अनुकुलको भूमिका निर्वाह गर्ने क्षमता आर्जन गर्नु चुनौति रहेको छ । ग्रामीण नारी उत्थान संघ एक सामाजिक संगठन भएको र यसले सर्लाही जिल्लाका धेरै जसो गाविस र वडाहरुमा स्वतन्त्रता, नागरिक अधिकार, सामाजिक न्याय, जीवन निर्वाह, संरक्षण, वकालत, स्वास्थ्य, शिक्षा जस्तो अहंम महत्व राख्ने क्षेत्रहरुमा क्रियाशिल रहेको कुरा दोहोर्‍याईरहनु पर्दैन । यसै सेरोफेरोका कुराहरुलाई वेबसाईटको माध्यम बाट जानकारी एवं सुचना प्रवाह गर्ने ध्येयका साथ सस्थाले  गरेका क्रियाकलापहरुको व्यवहारिक एवं सूचना मुलक खुराकको आवश्यकता महशुस गरी संक्षेपमा यो वेबसाईट प्रकाशित गर्ने जमर्को गरिएको छ । यसको लेखन  तथा बनाउने  काम संस्थाका सदस्य आसिष  दाहालले गर्नु भएकोमा धन्यवाद दिन चाहन्छु ।

गोमा न्यौपाने
अध्यक्ष, ग्रा.ना.उ.स.