तीन विद्यालय र एक स्वास्थ्य चौकीको विभिन्न भौतिक संरचना निर्माण गरी हस्तान्तरण

ईश्वरपुर – सर्लाहीको ईश्वरपुरमा सोमवार तीन वटा विद्यालय र एउटा स्वास्थ्य चौकीको संरचना निर्माण गरेर हस्तान्तरण गरिएको छ ।

सेभ द चिडे«नको सहयोगमा ग्रामीण नारी उत्थान संघ हरिपुरले ती संरचनाहरु ह्याण्डओभर गरेको हो ।

ईश्वरपुर नगरपालिका–९ मा रहेको ईश्वरपुर बेला माध्यमिक विद्यालय रामनगर मनहर्वामा हातधुने स्थलसहितको तीन युनिट बाल मैत्री खानेपानी र ९ हजार लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण गरेर हस्तान्तरण गरिएको छ । ५ लाख ९८ हजार ३०७ रुपैयाँ ६९ पैसामा उक्त संरचना तयार पारिएको छ ।

यस्तै, जनशक्ति प्राथमिक विद्यालय बेला ईश्वरपुर १० मा १७ लाख ९२ हजार ८६२ रुपैयाँ २० पैसामा नमूना बाल विकास भवन र पर्खाल निर्माण गरेर विद्यालयलाई प्रदान गरिएको छ । त्यस्तै, वीरेन्द्र प्राथमिक विद्यालय रामनगर ईश्वरपुर ९ मा २ लाख ५७ हजार ९९५ रुपैयाँ ४८ पैसा लागतमा कक्षा कोठा भवन मर्मत संभार गरिएको छ ।

त्यसैगरी, जनता प्राथमिक विद्यालय पोखरी टोलमा ४ लाख ८१ हजार ४०८ रुपैयाँ ६५ पैसा लागतमा बाल विकास भवन मर्मत संभार गरी सार्वजनिक सुनुवाई गरिएको संस्थाका उपाध्यक्ष विष्णु चालिसेले उज्यालो अभियानकर्मी जनार्जन खत्रीसँग बताए ।

यसैबीच, बेला स्वास्थ्य चौकी ईश्वरपुर नगरपालिका–१० मा ९२ हजार ७९८ रुपैयाँ ८१ पैसामा हातधुने स्थलसहित एक युनिट खानेपानी हस्तान्तरण गरिएको छ ।

Source :
http://shorturl.at/eipwF

ग्रामीण नारी उत्थान संघको वार्षिक समिक्षा बैठक सम्पन्न

ग्रामीण नारी उत्थान संघले वर्षभरी संचालन गरेका कार्यक्रमहरुको मंगलवार वार्षिक समिक्षा गरेको छ ।

संस्थाकी अध्यक्ष गोमादेवी न्यौपानेको अध्यक्षता तथा हरिपुर नगरपालिकाका मेयर जमिरुद्धिन मन्सुरको प्रमुख आतिथ्यतामा संस्थाका पदाधिकारी, कर्मचारी, संचारकर्मी र अन्य सरोकारवालाहरुको उपस्थितिमा वार्षिक समिक्षा बैठक सम्पन्न गरिएको हो । संस्थाले अहिले सेभ द चिडे«न र एसएनभी नेपालसँगको साझेदारीमा जिल्लाका विभिन्न पालिकाहरुमा कार्यक्रम संचालन गरेको छ ।

हरिपुर र ईश्वरपुर नगरपालिकामा सेभसँगको सहकार्यमा बाल संरक्षण, शिक्षा, स्वास्थ्य र आयआर्जनको क्षेत्रमा काम गर्दै आइरहेको छ । यस्तै, एसएनभी नेपालसँगको साझेदारीमा दक्षिणी भेगका पर्सा, कौडेना, चन्द्रनगर र रामनगर गाउँपालिकामा स्वच्छता, सरसफाई, खानेपानी र अहिलेको महामारी कोरोना संक्रमण नियन्त्रणका लागि काम गर्दै आइरहेको  छ ।

हरेक वर्ष झैँ सरोकारवारवालाहरुलाई उपस्थित गराई यस आर्थिक वर्षको गत साउन १ गतेदेखि अहिले असार मसान्तसम्म संचालन गरिएका कार्यक्रमहरुको समिक्षा गरिएको छ ।

http://shorturl.at/zIQT9