हरिपुर र ईश्वरपुर नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

हरिपुर – “आफूँ बँचौ र अरुलाई पनि बचाँऔ”, “कोरोना विरुद्ध सामुदायिक अभियान” भन्ने नाराका साथ सर्लाहीको हरिपुर र ईश्वरपुर नगरपालिकालाई आइतवार ग्रामीण नारी उत्थान संघले स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गरी सेभ द चिड्रेनले संस्थालाई उपलब्ध गराएको स्वास्थ्य सामग्री दुईवटा पालिकालाई हस्तान्तरण गरिएको हो । दुवै पालिकालाई एक–एक थान अक्सिजन कन्सन्टे«टर, अस्पतालमा ७–७ थान बेड बनाउन पुग्ने सामग्री, २५० थान भिटिएम, र ५०५ थान ग्लोब्स प्रदान गरिएको ग्रामीण नारी उत्थान संघ हरिपुरले जनाएको छ ।

हरिपुर नगरपालिकामा संस्थाकी अध्यक्ष गोमादेवी न्यौपाने, उपाध्यक्ष विष्णु चालिसे र संस्थाका फिल्ड अफिसर बिजय कुशवाहाले मेयर जमिरुद्धिन मन्सुर, उपमेयर रेणुका काफ्ले, स्वास्थ्य शाखा संयोजक बिकाउ महतोलाई स्वास्थ्य सामग्री प्रदान गरेका हुन् । यस्तै, ईश्वरपुरमा फिल्ड अफिसर कुशवाहाले स्वास्थ्य शाखा संयोजक सुगेन्द्र महतोलाई स्वास्थ्य सामग्री प्रदान गरेका संस्थाले जनाएको छ ।

Source

http://shorturl.at/hoDL2