तीन विद्यालय र एक स्वास्थ्य चौकीको विभिन्न भौतिक संरचना निर्माण गरी हस्तान्तरण

ईश्वरपुर – सर्लाहीको ईश्वरपुरमा सोमवार तीन वटा विद्यालय र एउटा स्वास्थ्य चौकीको संरचना निर्माण गरेर हस्तान्तरण गरिएको छ ।

सेभ द चिडे«नको सहयोगमा ग्रामीण नारी उत्थान संघ हरिपुरले ती संरचनाहरु ह्याण्डओभर गरेको हो ।

ईश्वरपुर नगरपालिका–९ मा रहेको ईश्वरपुर बेला माध्यमिक विद्यालय रामनगर मनहर्वामा हातधुने स्थलसहितको तीन युनिट बाल मैत्री खानेपानी र ९ हजार लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण गरेर हस्तान्तरण गरिएको छ । ५ लाख ९८ हजार ३०७ रुपैयाँ ६९ पैसामा उक्त संरचना तयार पारिएको छ ।

यस्तै, जनशक्ति प्राथमिक विद्यालय बेला ईश्वरपुर १० मा १७ लाख ९२ हजार ८६२ रुपैयाँ २० पैसामा नमूना बाल विकास भवन र पर्खाल निर्माण गरेर विद्यालयलाई प्रदान गरिएको छ । त्यस्तै, वीरेन्द्र प्राथमिक विद्यालय रामनगर ईश्वरपुर ९ मा २ लाख ५७ हजार ९९५ रुपैयाँ ४८ पैसा लागतमा कक्षा कोठा भवन मर्मत संभार गरिएको छ ।

त्यसैगरी, जनता प्राथमिक विद्यालय पोखरी टोलमा ४ लाख ८१ हजार ४०८ रुपैयाँ ६५ पैसा लागतमा बाल विकास भवन मर्मत संभार गरी सार्वजनिक सुनुवाई गरिएको संस्थाका उपाध्यक्ष विष्णु चालिसेले उज्यालो अभियानकर्मी जनार्जन खत्रीसँग बताए ।

यसैबीच, बेला स्वास्थ्य चौकी ईश्वरपुर नगरपालिका–१० मा ९२ हजार ७९८ रुपैयाँ ८१ पैसामा हातधुने स्थलसहित एक युनिट खानेपानी हस्तान्तरण गरिएको छ ।

Source :
http://shorturl.at/eipwF