ईश्वरपुरमा नमूना बाल विकास केन्द्र भवनको शिलान्यास

बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, मा रहेको प्राथमिक विद्यालय बाहुन टोलमा वुधवार नमूना बाल विकास केन्द्र भवनको शिलान्यास गरिएको छ ।

समुन्नति कार्यक्रम अन्तर्गत सेभ द चिडे«नको आर्थिक सहयोगमा ग्रामीण नारी उत्थान संघ हरिपुरले निर्माण गर्न लागेको भवनको नगर प्रमुख मनोजकुमार देवकोटाले शिलान्यास गरेका हुन् । नमूना बाल विकास केन्द्र भवन निर्माणका लागि १५ लाख ९२ हजार ८४२ रुपैयाँ बजेट विनियोजन गरिएको छ।

दुई महिनाभित्रै भवन निर्माण गरेर हस्तान्तरण गर्ने लक्ष्य रहेको  छ । भवन शिलान्यास कार्यक्रममा नगर उपप्रमुख एकावती देवी चौधरी, ईश्वरपुर नगरपालिका–१३ का वडाध्यक्ष रामकरण महतो, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बम्जन, विद्यालयकी प्रधानाध्यापक सखिला महतो, संस्थाका उपाध्यक्ष विष्णु चालिसे, सचिव सूर्य चालिसे, विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।

संस्थाले यसअघि नेपाल राष्ट्रिय जनता मावि ईश्वरपुर–१२, नारायण प्रावि ईश्वरपुर–६, सागरनाथ मावि ईश्वरपुर–४ र जनशक्ति प्रावि ईश्वरपुर–१० मा बालबालिकाहरुलाई शैक्षिक तथा खेलकुदका सामग्रीसहित सुविधा सम्पन्न नमूना बाल विकास केन्द्र भवन निर्माण भइसकेको छ ।

 

Source:

उज्यालो अभियान संवाददाता