पर्सा गाउँपालिकामा अपाङ्गता समावेशी सहायता कक्ष संचालन

पर्सा – सर्लाहीको दक्षिण–पूर्वी भेगमा पर्ने सीमावर्ती पर्सा गाउँपालिकामा सोमवार अपाङ्गता समावेशी सहायता कक्षा उदघाटन भएको छ ।

जसबाट अपांगता भएका व्यक्तिहरुलाई पालिकास्तरबाट प्रदान गर्ने सेवामा सहज पहँुच पुग्नुका साथै छिटो छरितो हुने नेपाल अपाङ्ग सघं सर्लाहीका अध्यक्ष वीरेन्द्र रायले बताए । पर्सा गाउँपालिकाका अध्यक्ष किशुनदेव रायको अध्यक्षता तथा ग्रामीण नारी उत्थान संघ हरिपुरका उपाध्यक्ष विष्णु प्रसाद चालिसेको प्रमुख आतिथ्यता, नेपाल अपाङ्ग संघका जिल्ला अध्यक्ष विरेन्द्र रायको विशिष्ठ आतिथ्यता र एस.एन.भि. नेपालकी जिल्ला संयोजक अम्बिका यादवको आतिथ्यतामा कक्षको उदघाटन गरिएको हो ।

उक्त अपाङ्गता सहायता कक्ष संचालनका लागी पर्सा गाउँपालिकाले आवश्यक बजेट विनियोजन गरी सहज तथा छिटो छरितो तरिकाले काम गर्न सहयोग गर्ने अध्यक्ष रायले प्रतिवद्धता व्यक्त गरेका छन् । यसअघि चन्द्रनगर, रामनगर, कौडेना र पर्सा गाउँपालिकामा पनि अपाङ्गता समावेशी सहायता कक्ष उदघाटन गरी संचालनमा आएको छ ।

उक्त कक्ष निमार्ण तथा संचालन एस.एन.नि. नेपाल/ग्रामीण नारी उत्थान संघ, हरिपुरको प्राविधिक सहयोग  गरिएको छ ।