प्रदेशमै पहिलो सतप्रतिसत बालबालिका विद्यालय भर्ना भएको वडा घोषणा

सागरनाथ – सर्लाहीको ईश्वरपुर नगरपालिका–४, मा वडाभित्रका सतप्रतिसत बालबालिका विद्यालय भर्ना भएको घोषणा गरिएको छ ।

सो वडाका ४ वर्षदेखि १२ वर्षसम्मका सतप्रतिसत अर्थात् सबै बालबालिकाको अनिवार्य शिक्षामा पहुँच सुनिश्चितता वडा घोषणा गरिएको हो । नगरपालिका, वडा कार्यालय, सेभ द चिड्रेन र ग्रामीण नारी उत्थान संघबीच समन्वय गरी विद्यालय बाहिर रहेकालाई विद्यालय भर्ना गराई तथा यसअघि नै विद्यालय भर्ना भएर पनि बीचमा पढाई छाडेका बालबालिकालाई पुनः विद्यालय भर्ना गराई वडाभित्रका सबै बालबालिका विद्यालय भर्ना भएको भनी शुक्रबार औपचारिक घोषणा गरिएको हो ।

मधेश प्रदेशमै यसरी पहिलो पटक सबै बालबालिका विद्यालय भर्ना गराइएको दावी गरिएको छ । सो वडामा ४ वर्षदेखि १२ वर्षसम्मका ५५३ जना बालबालिका छन् । तीमध्ये ४३९ जना बालबालिका सागरनाथमै सामुदायिक तथा निजी विद्यालय र ८८ जना बालबालिका अन्यत्र गएर पढिरहेका छन् ।

ग्रामीण नारी उत्थान संघ हरिपुरका उपाध्यक्ष विष्णु चालिसेले वडाका प्रत्येक घरधुरीमा पुगी सर्वेक्षण गरेर विद्यालय जान बाँकी रहेका र बीचमा पढाई छाडेका सबै बालबालिकालाई विद्यालय भर्ना गराइएको बताए । ईश्वरपुर नगरपालिका–४, सागरनाथस्थित खाल्टे बजारमा सोही वडाका वडाध्यक्ष प्रेमकुमार थिङको अध्यक्षतामा भएको सतप्रतिसत बालबालिका विद्यालय भर्ना भएको घोषणा कार्यक्रमका प्रमुख अतिथि मेयर मनोजकुमार आचार्यले नगरका बाँकी १४ वटा वडालाई पनि यसैगरी सबै बालबालिकालाई विद्यालय भर्ना गरी घोषणा समारोह गर्ने र उनीहरुले पढ्न पाउने अधिकार सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा यो अभियानमा समन्वयकारी भूमिका निर्वाह गर्ने ग्रामीण नारी उत्थान संघ र सेभ द चिड्रेनलाई वडा कार्यालयले कदर–पत्रबाट सम्मान गरेको छ । यता, वडा नं. ४ का केही वुद्धिजिवीहरुले वडाभित्र पर्ने खाल्टेबजार, मुसहरी टोल, शान्तिपुर, लेबर हाउस, डुम्रीटोललगायत बस्तीमा अत्यन्तै न्युन आयश्रोत भएका भूमिहिन सुकुम्वासी र सबैपरिवार इँटा भट्टामा जाने मजदुर धेरै भएकाले उनीहरुका बालबालिकालाई नियमित विद्यालय गइरहने वातावरण सिर्जना गर्नेतर्फ पनि ध्यान दिनुपर्ने बताएका छन् ।

ग्रामिण नारी उत्थान संघको २९ औं साधारण सभा सम्पन्न

ग्रामिण नारी उत्थान संघको २९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष गोमादेवी न्यौपानेको अध्यक्षता तथा हरिपुर नगरपालिकाका नगरप्रमुख जमिरुद्धिन मन्सुरको प्रमुख आतिथ्यतामा भएको वार्षिक साधारण सभामा संस्थाको आन्तरिक कोषको बारेमा चर्चा गरिएको थियो ।

आन्तरिक कोषबाट आठ लाख नब्बे हजार पाँच सय ७९ रुपैँया र परियोजना अनुदान वापत छ करोड तेह्र लाख ४६ हजार तिन सय ६१ रुपैँया गरी जम्मा छ करोड २२ लाख ३६ हजार नौँ सय ४० रुपैँया मध्येबाट समुन्नति परियोजना अन्र्तगतका कार्यक्रमहरुमा पाँच करोड पाँच लाख ४ सय ७० रुपैँया र वियोन्ड द फिनिस लाईन अन्र्तगत एक करोड २९ लाख ६२ हजार १७ रुपैँया बराबरको खर्च भएको ग्रामिण नारी उत्थान संघले जनाएको छ ।

यसैगरी ग्रामिण नारी उत्थान संघले आगामी वर्षका लागि ६ करोड २२ लाख ८५ हजार ४ सय ९६ रुपँैया बराबरको कारोबार गर्ने उदेश्य समेत लिएको छ । साधारण सभाको अवसरमा संस्थाले आफ्ना छ जना उत्कृष्ट कर्मचारी र तिन जना साधारण सदस्यहरुलाई सम्मान गरेको छ। संस्थाले कर्मचारीहरु लेखा अधिकृत ऋषिराम चौलागाई, देवनारायण ठाकुर, चन्द्रकान्त शर्मा, भवानी कार्की, राम विश्वास चौधरी र विनिता यादव तथा सिता बराल, धर्मशिला चौधरी र बिमला ओलीलगायत शेयर सदस्यहरुलाई सम्मान गरेको संस्थाका उपाध्यक्ष विष्णु चालिसेले जानकारी दिनुभयो ।

सभामा संस्थाका सदस्य रामचन्द्र चौधरी, हरिपुर नगरपालिकाकी उपप्रमुख रेणुका काफ्ले, सेभ द चिल्ड्रेनका प्रतिनिधि, एसएनबि नेपालकी प्रतिनिधि अम्बिका यादव लगायतको उपस्थिती रहेको थियो ।

 

Source : Nigranitoday

सेभ द चिल्ड्डेनसितकाे साझेदारी समुन्नति कार्यक्रमकाे सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न

०७७ पुस ४ गतेका दिन RWUA ले सेभ द चिल्ड्डेनसितकाे साझेदारी समुन्नति कार्यक्रमकाे इश्वरपुर न पा काे सभा हलमा, नगरप्रमुखकाे प्रमुख आतिथ्यमा ,साेहि नगरपालिकाका सराेकारवालाहरु,उपभाेक्ताहरु, पत्रकारहरु काे उपस्थितिमा सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रमकाे अध्यक्षता संस्थाकि अध्यक्ष गाेमा देवि न्यैापानेज्युले गर्नु भएको थियो ‌। कार्यक्रममा संस्थाले सन्चालित कार्यक्रम, उपलब्धि , लागत बजेट, सार्बजनिक गरेको थियो र सहभागीहरुबाट सुझावहरु संकलन गरिएको थियो ।

RWUA को सहजिकरणमा निर्माण गरिएको Eccd भवनको जन लेखापरीक्षण हुदै

आज ईश्वरपुर न पा १० स्थित समुन्नति कार्यक्रम अन्तर्गत RWUA को सहजिकरणमा निर्माण गरिएको Eccd भवनको जन लेखापरीक्षण हुदै को दृश्यहरु ।

बिपन्न परिवारलाई न्यानो कम्मल बितरण गरियो

आज पुष २१गते ईश्वरपुर नगरपालिकाका शितलहरको प्रभावमा परेका १५ वटै वडाका दलित अति बिपन्न परिवार सदस्य मध्ये ६०० परिवार लाई न्यानो कम्मल ग्रामीण नारी उत्थान संघले सेभ द चिल्ड्रेन को सहयोग र ईश्वरपुर नगरपालिको समन्वयमा बितरण गरियो । बितरण कार्यक्रम ईश्वरपुर को स्रिनगर ; सुकनाहा ; भक्तिपुर र बयलबास स्थित नारायण प्रा . वि . को प्राङ्गणमा वडा अध्यक्षहरु; कार्यपालिका सदस्यहरू ; सुरक्षाका प्रहरीहरु ; समाजसेविहरुको उपस्थितिमा बितरणको दृष्यहरु ।

 

rwua haripur

तिज बिशेष कार्यक्रम -2076

Rwua र शिब शक्ति साकोसको संयुक्त आयोजनामा तिज बिशेष कार्यक्रम आज भाद्र 12 गते मनोरञ्जनका साथ सम्पन्न। कार्यक्रममा बाल बालिका र महिलाको सुरक्षा , गुणस्तरीय शिक्षा भन्ने शन्देशलाई फोकस गरिएको थियो।

कालिन्जोर स्थित राष्ट्रिय जनता मा बि का लागि सेभ द चिल्ड्रेन को साझेदारीमा RWUA द्वरा भवन निर्माण

ईश्वरपुर न पा वडा नं 12 कालिन्जोर स्थित राष्ट्रिय जनता मा बि मा आज बिहान बाल विकास केन्द्र भवनको ईश्वरपुर न पा का मेयर मनोज कुमार देबकोटा , उपमेयर एकावति चौधरी लगायत वडाअध्यछ नगेन्द्र पाखिन ,बि.ब्य.स.का अध्यक्ष हरि बहादुर लुग्ङेलि, Rwua Haripur का अध्यक्ष गोमा न्यौपाने ज्युहरुबाट सिलान्यास कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक, शिक्षकहरु अभिभावकहरु बिद्यार्थीहरु समाजसेवीहरुको पनि उपस्थिति थियो। कार्यक्रममा मेयरज्युबाट गुणस्तर भबन संझौता अवधिमै सम्पन्न गर्न सुझाव दिनुभयो। उक्त भवन निर्माणका लागि सेभ द चिल्ड्रेन को साझेदारीमा Rwua ले रु 1992181 उपलब्ध गराउने योजना रहेको छ।

RWUA को 26औ बार्षिक साधारण सभा

RWUA को 26औ बार्षिक साधारण सभा आज असोज 17 गते सस्थाका सभा हलमा सन्चालन भै सम्पन्न भयो। २६ औ बार्षिक साधारण सभा कार्यक्रममा निम्न लिखित कार्यसमिति चयन निर्बोरोध निर्बाचित भयो । अध्यक्ष ,गोमा न्यौपाने उपाध्यक्ष ,बिस्नु चालिसे,काेषाध्यक्ष सिमा कोइराला ,सचिब ,सुर्य प्रसाद चालिसे, सह सचिब ,मन्जु प्रसाईं र सदस्यहरुमा रिता न्यौपाने,गोमा भट्टराई ,सुलेखा महरा ,शान्ती महरा,रमा भण्डारि ,सोहबतिया कुमर ,चितौरा कुमारी चौधरी ,रामरती माझि निर्बाचित । सभामा जिल्ला समन्वय समितिका उपप्रमुख, हरिपुर तथा इश्वरपुर न पाका पर्मुख उपप्रमुख, पुर्व सभासद राम चन्द्र चौधरी , सेभ द चिल्ड्रेन का उमेश गुप्ता समेतले शुभकामना व्यक्त गर्नुभएको थियो।
43164518_530388404053311_4715694758943522816_n 43070544_530388134053338_752738815860277248_n 43015991_530388677386617_7898256385589116928_n

२५ औं वार्षिक साधारण सभा

मिति २०७४ अषोज २१ गते शनिवारका दिन श्री ग्रामीण नारी उत्थान संघ हरिपुरको २५ औं वार्षिक साधारण सभा संस्थाको कार्यवाहक अध्यक्ष श्री गोमा देवि न्यौपाने ज्यूको अध्यक्षतामा संचालन भई उद्घाटन सत्र र वन्द सत्र गरी २ सत्र मा सभा सम्पन्न भयो । सभाको प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालयका सहायक प्र.जि.अ. तथा निमित प्र.जि.अ. कृष्णचन्द्र पौडेल ज्यूले गर्नु भएको थियो । विशिष्ठ अतिथिमा माननिय रामचन्द्र चौधरी, नव निर्वाचित नगर प्रमुख जमरुद्नि मंसुर, उप प्रमुख रेणुका काफ्ले हुनु हुन्थ्यो । त्यस्तै अतिथिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत लक्ष्मी खरेल, वडा नं. २ का वडा अध्यक्ष श्री रिखेश्वर कडरीया, वडा सचिव जनार्दन चालिसे, महिला तथा वालवालीका कार्यालय का सहायक महिला विकास निरिक्षक करुणा अधिकारी, प्राथमीक स्वास्थ्य केन्द्र प्रमुख सुजित कुमार साह लगायत २५ जना आमन्त्रीत अतिथीहरुको सहभागीता थियो । प्रमुख अतिथि स.प्र.जि.अ. ले मैन वत्ति वाली सभा उद्घाटन गर्नु भयो । सोहि अवसरमा हरिपुर न.पा.का नवनिर्वाचीत नगर प्रमुख, उप प्रमुख तथा वडा अध्यक्षलाई संस्थाको तर्फवाट सम्मान समेत गरिएको थियो ।

अतिथी

संस्थाकी कार्यसमिती सदस्य रिता न्यौपाने ज्यूले संस्थाको परिचय दिदै उपस्थि सवैलाई स्वागत गर्नु भयो ।
सभामा संस्थाको तर्फवाट आ.व. ०७४।०७४ को वार्षिक प्रगती प्रतीवेदन मदन वर्माले प्रोजेक्टर श्रव्य दृश्य समाग्रीको सहयोगले प्रस्तुत गर्नु भयो । त्यस्तै आ.व. ०७३।०७४ को लेखा परिक्षण प्रतीवेदन लेखा अधिकृत दिवाकर झाले प्रस्तुत गर्नु भयो । उक्त साधारण सभामा प्रमुख अतिथी र सभासद रामचन्द्र चौधरी वाट संस्थाको पूर्व अध्यक्ष सुधा चालिसे, साधारण सदस्य श्री कविता थापा (मगर) र कर्मचारी तर्फवाट सामि परियोजनाका दिनेश महत्तो लाई सम्मान तथा प्रशंसा पत्र प्रदान गरियो ।

IMG_4266-min

उद्घाटन सत्रमा सभासद रामचन्द्र चौधरी, नि.प्र.जि.अ. कृष्णचन्द्र पौडेल, प्रशासकिय अधिकृत लक्ष्मी खरेल, हरिपुर नगर प्रमुख जम्रुदिन मन्सुर, वडा सचिव जनार्दन चालिसे, वडा अध्यक्ष रिखेश्वर कडरिया र महिला तथा वाल वालिका कार्यालय प्रतीनिधी करुणा अधिकारीले शुभकामना मन्तव्यको क्रममा संस्थाले गरेको कामको प्रशंसा र सुझावहरु दिनु भएको थियो ।

IMG_4260-min
वन्द सत्रमा संस्थाको प्रस्तावित प्रस्तावहरु आ.व ०७३।०७४ को वार्षिक प्रगती प्रतीवेदन, लेखा परिक्षण प्रतीवेदन, ०७४।०७५ को वार्षिक योजना र वजेट, विधान तथा नियमावली ०७४ संसोधन र रिक्त पदाधिकारी चयन वारेमा छलफल भई सर्वसम्मत ढंगले पारित गर्दै वन्द सत्र अध्यक्ष ज्यूवाट मन्तव्य सहित समापन गर्नु भयो । उक्त सभामा जम्मा ९३ जना सभारण सदस्य संख्यामा ७९ जनाको उपस्थीत रहेको थियो । सभाले का.व. अध्यक्ष गोमा देवी न्यौपानेलाई वांकी अवधीको लागी अध्यक्ष पदमा, कोषाध्यक्षमा सिमा कोइरालालाई, सह सचिवमा सूर्य चालिसेलाई र सदस्यमा मन्जु प्रसाईलाई चयन सर्वसम्मत वाट भयो ।

IMG_4225-min IMG_4227-min

साउदी उड्न एयरपोर्टमा बोलाएर एजेण्ट भाग्यो, बुवा ऋणको ब्याज तिर्दै

दुर्गाप्रसाद भट्टराई/सर्लाही ।

सर्लाही, चैत ६ – सेतो फुलेको दारी र कपाल । दुब्लो शरीर, हेर्दै कमजोर देखिनुहुन्छ जानकीनगर–४ चाईना टोलका देवनारायण महतो । पहिला उहाँ यस्तो हुनुहुन्नथ्यो रे, तर छोरा विदेश पठाउँदा लागेको ऋणको पीरले उहाँको ज्यान सुकेको छ ।

 

चार वर्ष मलेसिया बसेर फर्किएका देवनारायणका जेठा छोरा जयकुमारलाई देवनारायणले  कहिलेसम्म विदेशमा अब त बिहे गर्न आग्रह गर्नुभयो । जयराम पनि त्यसमा सहमत हुनुभयो ।

बिहे गरेको दुई वर्षमा मलेसियाबाट कमाएर ल्याएको पैसा जयकुमारलाई समस्या पर्यो । त्यतिञ्जेलसम्म उहाँले घर बनाउनुभएको थिएन । दुई वर्षमा दुई सन्तानका बुवा भइसकेका जयकुमारलाई छोराछोरीको भविष्यको चिन्ताले पनि पिरोल्यो । त्यसैले उहाँले बुवासँग साउदी जाने प्रस्ताव गर्नुभयो । ‘अहिले दुःख नगरेपछि सुख पाइँदैन के गर्नु भनेपछि मैले पनि रोक्न सकिन’ देवनारायण भन्नुहुन्छ ‘राम्ररी बुझेर चिनेको मान्छे मार्फत जान सुझाव दिएँ ।’

त्यसको ७ दिनमै सिरहा वैतनाका एजेण्ट वीरेन्द्रकुमार यादव उहाँकै घरमा आइपुगे । उनले साउदीको कम्पनीमा काम राम्रो अनि तलब ४० हजार हुन्छ, भनेपछि जयकुमार जान तयार हुनुभयो । एजेण्टले एक हप्ताभित्र भिसा आउने भने, तर देवनारायणका बाबुछोरासँगै पैसा थिएन एजेण्टलाई दिने ।

घरमा नभएपछि देवनारायणले छोरालाई ससुरालीतिर गएर खोज्न भन्नुभयो । जयकुमारले ससुराली गाउँबाट एक लाख रुपैयाँ ऋण लिनुभयो । त्यो पनि महिनामा ३ हजार रुपैयाँ ब्याज तिर्ने गरी । २०७३ जेठ १५ गते एजेन्ट वीरेन्द्रले भिसा आयो भन्दै ५० हजार मागे । जयरामले भिसा नहेरी पैसा नपठाउने भनेपछि विरेन्द्रले फोटो खिचेर पनि पठाइदिए । त्यसपछि ५० हजार रुपैयाँ लिएका वीरेन्द्र एक महिनासम्म सम्पर्कबिहीन भए ।

एक महिनापछि फेरि वीरेन्द्रले ५० हजार रुपैयाँ पठाइदेउ १० हजार चाहिँ एयरपोर्टमा दिनु भन्दै फोन गरे । जेठ १९ गते उनको नाममा ५० हजार जम्मा गरेपछि उनले भोलिपल्टै काठमाडौं बोलाए । एजेन्टको फोन आएपछि जयराम बुवाछोरा हतारिँदै काठमाडौं आए । गौशालाको होटलमा राखेर एक दुई दिनमा हुन्छ भनेर हिँडेका एजेण्ट वीरेन्द्र एक दुई दिन होइन दुई महिनासम्म फर्किएनन् । ‘आज आउला, भोलि आउला भन्दै कुरेको कुरै भयौं’ जयराम भन्नुहुन्छ ।

 

दुई महिनापछि वीरेन्द्रले भोलि उड्ने हो एयरपोर्ट आउनु भनेर बोलायो । होटलमा छोडेर दुई महिना हराएका वीरेन्द्रले फेरि पनि धोका दिने हुन कि भन्ने शंका थियो, उहाँहरुलाई । तर विश्वास गर्नुको विकल्प पनि थिएन । होटलमा बस्दाको झण्डै खर्च भन्दै साहुले १५ हजार मागेपछि बुवा छोरा झस्किए । जताततै पैसा माग्न थालेपछि जयरामले वीरेन्द्रलाई फोन गर्नुभयो । उनले आफुले १५ हजार तिरेको भन्दै १५ हजार तिरेर आओ एयरपोर्टमै मिलाउने भनेपछि घरबाट लिएर आएको झोला लिएर भदौ २१ गते विमानस्थल पुग्नुभयो ।

तर गौशालाको होटलमा छोडेर हिँडेका वीरेन्द्रले त्यहाँ पनि धोका दिए । एयरपोर्टमा वीरेन्द्रले नदेखेपछि जयरामले फोन गर्नुभयो, तर फोन अफ थियो । ‘त्यो दिन बाबु छोरा ६ बजेसम्म एरपोर्टमा बस्र्यौ । वीरेन्द्र आएन पनि फोन पनि आएन । त्यसैले राती ७ बजे सर्लाही फक्र्यौं’ देवनारायणले भन्नुभयो ।

उड्न नपाइ घर फर्किनु परेपछि जयराम घर पुग्ने बित्तिकै सिरहा पुग्नुभयो । तर वीरेन्द्र भेटिएनन् । परिवारले ऊ काठमाडौंतिर बस्छ, भन्दै यस्ता कुरा लिएर नआउन भनेपछि जयराम अझै समस्यामा पर्नुभयो ।

प्रमाण हुँदा पनि कारवाही गर्न सकिएन

जयरामले वीरेन्द्रलाई पैसा दिएको रसिद पनि छ, तर अहिलेसम्म पनि न त्यो पैसा फिर्ता गराउन सक्नुभयो न त उनलाई कारवाही गर्न नै । त्यही प्रमाण लिएर बुवाछोरा सर्लाहीको हरिऔनमा रहेको सूचना तथा परामर्श केन्द्रमा पुग्नुभयो । तर एजेण्ट सिरहाकाे भएकाले उहाँहरुको निवेदन  जिल्ला विकास समितिद्वारा सञ्चालित सिरहाकाे सूचना केन्द्रमा पठाइएको सर्लाहीको हरिऔनमा रहेको सूचना केन्द्रका  परामर्शकर्ता लालकिशोर भण्डारीले जानकारी दिनुभयो ।

 

 

‘रसिद त छ नि, तर अब कसरी पैसा फिर्ता लिने मलाई केही थाहा छैन’ जयरामले भन्नुभयो । सुरुमा फोन उठाउने वीरेन्द्रको अहिले त फोन पनि लाग्दैन । त्यसैले अहिले जयराम र देवनारायणले के गर्ने भन्ने सोच्न सक्नुभएन ।

महिनाको तीन हजार रुपैयाँका दरले पैसा बढिरहेकै थियो त्यसैले कुनै उपाय नभएपछि जयराम काठमाडौंकै अर्को म्यानपावरबाट साउदी जानुभएको छ । देवनारायण जयरामले लिएको पैसाको ब्याज तिरिरहनुभएको छ ।