बाल परामर्श कार्यक्रम सम्पन्न

 

सर्लाहीको हरिपुरमा ग्रामीण नारी उत्थान संघ र सेभ द चिडे«नको सहयोग तथा हरिपुर नगरपालिकाको समन्वयमा संचालित समुन्नति परियोजना अन्तर्गत हिजो बाल परामर्श कार्यक्रम सम्पन्न भएको छ । महावीर जनता माध्यमिक विद्यालय हरिपुर २ मा महावीर बाल क्लबका १५ जना प्रतिनिधिलाई सहभागी गराई कार्यक्रम गरिएको हो । सोही कार्यक्रममा बाल क्लबद्धारा नियमित मासिक प्रकाशन हुने बाल भित्ते पत्रिका महावीर बाल पोष्टको बैशाख महिनाको अंक प्रकाशन गरिएको छ । आज नै सेभ र विभिन्न साझेदार संस्थाका प्रतिनिधिको उपस्थितिमा हरिपुर नगरपालिका १ हजारबिघामा रहेको जानकीनगर स्वास्थ्य चौकीको किशोरकिशोरी कक्ष अवलोकन, स्वास्थ्य व्यवस्थापन समितिका पदाधिकारी र किशोरीहरुसँग छलफल तथा भौतिक पूर्वाधारको अवस्था अवलोकन पनि गरिएको ग्रामीण नारी उत्थान संघ हरिपुरले जनाएको छ ।

https://www.radioekata.com.np/news-details/893/2023-06-09?fbclid=IwAR2nC6_oj5iitj6Fy2YsO_0ySYYk57SEi2lvy0fa09K4cQ0frb9OpcDcZ0g

बिपन्न बालबालिकाका अभिभाबकलाई बाख्रा वितरण

ग्रामिण नारी उत्थान संघ द्वारा संचालित समुन्नती परियोजना अन्तर्गत ईश्वरपुर २ का १५ विपन्न बालबालिकाका घर परिवारलाई बोयर जातको बाख्रा वितरण कार्यक्रम ।
# बाख्रा बितरण कार्यक्रममा ईश्वरपुर नगर उपप्रमुख रन्जिता कुमारी चौधरी समेतको उपस्थिति रहेको थियो ।

https://ehimalayatimes.com/2023/03/102525/?fbclid=IwAR1duhkeuoDT6YLsuWdy1PDF8zUw3uZ_gpbU4yp1kZ5oq6zQ6KKtUDliOmU

ग्रामीण नारी उत्थान संघको ३० औँ साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः न्यौपाने

हरिपुर – सर्लाहीको हरिपुर नगरपालिका–२, मा रहेको ग्रामीण नारी उत्थान संघको मंगलबार ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाकी अध्यक्ष गोमादेवि न्यौपानेको अध्यक्षता तथा संविधान सभाका सदस्य रामचन्द्र चौधरीको प्रमुख आतिथ्यतामा संस्थाकै सभा हलमा साधारण सभा सम्पन्न भएको हो । सो सभामा हरिपुर नगरपालिकाका मेयर गोपाल पंजियार, उपमेयर निलमदेवी राय यादव, विभिन्न वडाका वडाध्यक्ष, हरिपुरका अगुवा, संस्थाका सदस्यलगायतको आतिथ्यता रहेको थियो ।

साधारण सभामा संस्थाले संचालन गरेका पहुँच परियोजना, समुन्नति परियोजना, सिडा परियोजनालगायत अरु परियोजनाले गरिरहेका गतिविधि र प्रगतिबारे जानकारी गराइएको संस्थाका सचिव सूर्य चालिसेले जानकारी दिए । सोही अवसरमा संस्थाले आफ्ना पाँच जना सदस्यहरु ः शान्ति थापा, राजिव चौधरी, शोभतिया कुँवर, बिन्दा थापा र हरिप्रिया काफ्ले तथा पाँच जना कर्मचारीहरु ः मदन बर्मा, दीपक भण्डारी, ममता मुर्मु, शिवनारायण ठाकुर र हेमा थापालाई प्रमाण–पत्र र दोसल्लाबाट सम्मान गरेको छ ।

साधारण सभाकै अवसरमा सेद चिड्रेनको सहयोगमा लक्ष्मीनाथ प्राथमिक विद्यालय हरिपुर–७ चितायनलाई अध्यापनका लागि ३ थान डिजिटल बोर्ड र जनता प्राथमिक विद्यालय हरिपुर–९ ढापटोललाई एक थान ल्यापटप प्रदान गरिएको छ ।

यसैबीच, साधारण सभा अन्तर्गत मंगलबार नै भएको बन्दसत्रले पुनः गोमादेवी न्यौपानेकै अध्यक्षतामा सर्वसम्मत रुपमा संस्थाको ११ सदस्यीय कार्य समिति चयन गरेको छ ।

सदस्य सुलेखा महरा बिरामी परेपछि उनको स्थानमा टिकाकुमारी चौधरीलाई चयन गरिएको छ भने त्यसबाहेक अन्य सबै पदाधिकारी र सदस्यहरु दोहोरिएका संस्थाका उपाध्यक्ष विष्णु चालिसेले बताए ।

प्रदेशमै पहिलो सतप्रतिसत बालबालिका विद्यालय भर्ना भएको वडा घोषणा

सागरनाथ – सर्लाहीको ईश्वरपुर नगरपालिका–४, मा वडाभित्रका सतप्रतिसत बालबालिका विद्यालय भर्ना भएको घोषणा गरिएको छ ।

सो वडाका ४ वर्षदेखि १२ वर्षसम्मका सतप्रतिसत अर्थात् सबै बालबालिकाको अनिवार्य शिक्षामा पहुँच सुनिश्चितता वडा घोषणा गरिएको हो । नगरपालिका, वडा कार्यालय, सेभ द चिड्रेन र ग्रामीण नारी उत्थान संघबीच समन्वय गरी विद्यालय बाहिर रहेकालाई विद्यालय भर्ना गराई तथा यसअघि नै विद्यालय भर्ना भएर पनि बीचमा पढाई छाडेका बालबालिकालाई पुनः विद्यालय भर्ना गराई वडाभित्रका सबै बालबालिका विद्यालय भर्ना भएको भनी शुक्रबार औपचारिक घोषणा गरिएको हो ।

मधेश प्रदेशमै यसरी पहिलो पटक सबै बालबालिका विद्यालय भर्ना गराइएको दावी गरिएको छ । सो वडामा ४ वर्षदेखि १२ वर्षसम्मका ५५३ जना बालबालिका छन् । तीमध्ये ४३९ जना बालबालिका सागरनाथमै सामुदायिक तथा निजी विद्यालय र ८८ जना बालबालिका अन्यत्र गएर पढिरहेका छन् ।

ग्रामीण नारी उत्थान संघ हरिपुरका उपाध्यक्ष विष्णु चालिसेले वडाका प्रत्येक घरधुरीमा पुगी सर्वेक्षण गरेर विद्यालय जान बाँकी रहेका र बीचमा पढाई छाडेका सबै बालबालिकालाई विद्यालय भर्ना गराइएको बताए । ईश्वरपुर नगरपालिका–४, सागरनाथस्थित खाल्टे बजारमा सोही वडाका वडाध्यक्ष प्रेमकुमार थिङको अध्यक्षतामा भएको सतप्रतिसत बालबालिका विद्यालय भर्ना भएको घोषणा कार्यक्रमका प्रमुख अतिथि मेयर मनोजकुमार आचार्यले नगरका बाँकी १४ वटा वडालाई पनि यसैगरी सबै बालबालिकालाई विद्यालय भर्ना गरी घोषणा समारोह गर्ने र उनीहरुले पढ्न पाउने अधिकार सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा यो अभियानमा समन्वयकारी भूमिका निर्वाह गर्ने ग्रामीण नारी उत्थान संघ र सेभ द चिड्रेनलाई वडा कार्यालयले कदर–पत्रबाट सम्मान गरेको छ । यता, वडा नं. ४ का केही वुद्धिजिवीहरुले वडाभित्र पर्ने खाल्टेबजार, मुसहरी टोल, शान्तिपुर, लेबर हाउस, डुम्रीटोललगायत बस्तीमा अत्यन्तै न्युन आयश्रोत भएका भूमिहिन सुकुम्वासी र सबैपरिवार इँटा भट्टामा जाने मजदुर धेरै भएकाले उनीहरुका बालबालिकालाई नियमित विद्यालय गइरहने वातावरण सिर्जना गर्नेतर्फ पनि ध्यान दिनुपर्ने बताएका छन् ।

ग्रामिण नारी उत्थान संघको २९ औं साधारण सभा सम्पन्न

ग्रामिण नारी उत्थान संघको २९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष गोमादेवी न्यौपानेको अध्यक्षता तथा हरिपुर नगरपालिकाका नगरप्रमुख जमिरुद्धिन मन्सुरको प्रमुख आतिथ्यतामा भएको वार्षिक साधारण सभामा संस्थाको आन्तरिक कोषको बारेमा चर्चा गरिएको थियो ।

आन्तरिक कोषबाट आठ लाख नब्बे हजार पाँच सय ७९ रुपैँया र परियोजना अनुदान वापत छ करोड तेह्र लाख ४६ हजार तिन सय ६१ रुपैँया गरी जम्मा छ करोड २२ लाख ३६ हजार नौँ सय ४० रुपैँया मध्येबाट समुन्नति परियोजना अन्र्तगतका कार्यक्रमहरुमा पाँच करोड पाँच लाख ४ सय ७० रुपैँया र वियोन्ड द फिनिस लाईन अन्र्तगत एक करोड २९ लाख ६२ हजार १७ रुपैँया बराबरको खर्च भएको ग्रामिण नारी उत्थान संघले जनाएको छ ।

यसैगरी ग्रामिण नारी उत्थान संघले आगामी वर्षका लागि ६ करोड २२ लाख ८५ हजार ४ सय ९६ रुपँैया बराबरको कारोबार गर्ने उदेश्य समेत लिएको छ । साधारण सभाको अवसरमा संस्थाले आफ्ना छ जना उत्कृष्ट कर्मचारी र तिन जना साधारण सदस्यहरुलाई सम्मान गरेको छ। संस्थाले कर्मचारीहरु लेखा अधिकृत ऋषिराम चौलागाई, देवनारायण ठाकुर, चन्द्रकान्त शर्मा, भवानी कार्की, राम विश्वास चौधरी र विनिता यादव तथा सिता बराल, धर्मशिला चौधरी र बिमला ओलीलगायत शेयर सदस्यहरुलाई सम्मान गरेको संस्थाका उपाध्यक्ष विष्णु चालिसेले जानकारी दिनुभयो ।

सभामा संस्थाका सदस्य रामचन्द्र चौधरी, हरिपुर नगरपालिकाकी उपप्रमुख रेणुका काफ्ले, सेभ द चिल्ड्रेनका प्रतिनिधि, एसएनबि नेपालकी प्रतिनिधि अम्बिका यादव लगायतको उपस्थिती रहेको थियो ।

 

Source : Nigranitoday

सेभ द चिल्ड्डेनसितकाे साझेदारी समुन्नति कार्यक्रमकाे सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न

०७७ पुस ४ गतेका दिन RWUA ले सेभ द चिल्ड्डेनसितकाे साझेदारी समुन्नति कार्यक्रमकाे इश्वरपुर न पा काे सभा हलमा, नगरप्रमुखकाे प्रमुख आतिथ्यमा ,साेहि नगरपालिकाका सराेकारवालाहरु,उपभाेक्ताहरु, पत्रकारहरु काे उपस्थितिमा सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रमकाे अध्यक्षता संस्थाकि अध्यक्ष गाेमा देवि न्यैापानेज्युले गर्नु भएको थियो ‌। कार्यक्रममा संस्थाले सन्चालित कार्यक्रम, उपलब्धि , लागत बजेट, सार्बजनिक गरेको थियो र सहभागीहरुबाट सुझावहरु संकलन गरिएको थियो ।

RWUA को सहजिकरणमा निर्माण गरिएको Eccd भवनको जन लेखापरीक्षण हुदै

आज ईश्वरपुर न पा १० स्थित समुन्नति कार्यक्रम अन्तर्गत RWUA को सहजिकरणमा निर्माण गरिएको Eccd भवनको जन लेखापरीक्षण हुदै को दृश्यहरु ।

बिपन्न परिवारलाई न्यानो कम्मल बितरण गरियो

आज पुष २१गते ईश्वरपुर नगरपालिकाका शितलहरको प्रभावमा परेका १५ वटै वडाका दलित अति बिपन्न परिवार सदस्य मध्ये ६०० परिवार लाई न्यानो कम्मल ग्रामीण नारी उत्थान संघले सेभ द चिल्ड्रेन को सहयोग र ईश्वरपुर नगरपालिको समन्वयमा बितरण गरियो । बितरण कार्यक्रम ईश्वरपुर को स्रिनगर ; सुकनाहा ; भक्तिपुर र बयलबास स्थित नारायण प्रा . वि . को प्राङ्गणमा वडा अध्यक्षहरु; कार्यपालिका सदस्यहरू ; सुरक्षाका प्रहरीहरु ; समाजसेविहरुको उपस्थितिमा बितरणको दृष्यहरु ।

 

rwua haripur

तिज बिशेष कार्यक्रम -2076

Rwua र शिब शक्ति साकोसको संयुक्त आयोजनामा तिज बिशेष कार्यक्रम आज भाद्र 12 गते मनोरञ्जनका साथ सम्पन्न। कार्यक्रममा बाल बालिका र महिलाको सुरक्षा , गुणस्तरीय शिक्षा भन्ने शन्देशलाई फोकस गरिएको थियो।

कालिन्जोर स्थित राष्ट्रिय जनता मा बि का लागि सेभ द चिल्ड्रेन को साझेदारीमा RWUA द्वरा भवन निर्माण

ईश्वरपुर न पा वडा नं 12 कालिन्जोर स्थित राष्ट्रिय जनता मा बि मा आज बिहान बाल विकास केन्द्र भवनको ईश्वरपुर न पा का मेयर मनोज कुमार देबकोटा , उपमेयर एकावति चौधरी लगायत वडाअध्यछ नगेन्द्र पाखिन ,बि.ब्य.स.का अध्यक्ष हरि बहादुर लुग्ङेलि, Rwua Haripur का अध्यक्ष गोमा न्यौपाने ज्युहरुबाट सिलान्यास कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक, शिक्षकहरु अभिभावकहरु बिद्यार्थीहरु समाजसेवीहरुको पनि उपस्थिति थियो। कार्यक्रममा मेयरज्युबाट गुणस्तर भबन संझौता अवधिमै सम्पन्न गर्न सुझाव दिनुभयो। उक्त भवन निर्माणका लागि सेभ द चिल्ड्रेन को साझेदारीमा Rwua ले रु 1992181 उपलब्ध गराउने योजना रहेको छ।