हरिपुर, १० पुस – सर्लाहीको हरिपुर २ स्थित ग्रामीण नारी उत्थान संघमा आज आयोजित एक दिने निःशुुल्क आँखा परीक्षण शिविरमा ३६८ जनाको आँखा जाँच गरिएको छ ।
हेटौंडास्थित तिलगंगा आँखा अस्पतालको शाखा हेटौंडा सामुदायिक आँखा अस्पतालसँग समन्वय गरी राखिएको शिविरमा ३६८ जनाको आँखा जाँच गर्दा ६४ जनामा मोतिया विन्दु फेला परेको संस्थाका उपाध्यक्ष विष्णु चालिसेले जानकारी दिए । मोतिया बिन्दुुका ति बिरामीलाई भोली र पर्सी हेटौंडा लगेर निःशुुल्क मोतिया विन्दुको अप्रेसन गर्ने प्रवन्ध मिलाइएको छ ।
यातायातको प्रवन्ध समेत निःशुल्क नै गरिएको बताइएको छ । आँखा शिविरको आज बिहान हरिपुरका मेयर गोपाल पन्जियारले उद्घाटन गरेका संस्थाले जनाएको छ । शिविरमा हरिपुर र आसपास पालिकाका स्थानीय सेवा लिन आएका चालिसेले बताए ।
ग्रामीण नारी उत्थान संघ र शिवशक्ति बचत तथा ऋण सहकारी संस्थाले संयुक्त रुपमा आँखा शिविरको आयोजना गरेका हुन् ।