यौनिक तथा लैङ्गिक अल्पसंख्यक सम्वन्धि तालिम प्रदान

हरिपुर – सर्लाहीको हरिपुरमा रहेको ग्रामीण नारी उत्थान संघका पदाधिकारी र कर्मचारीलाई यौनिक तथा लैङ्गिक अल्पसंख्यक सम्वन्धि २ दिने तालिम प्रदान गरिएको छ ।

संस्थाले आफ्नै आयोजनामा सेभ द चिड्रेनसँग समन्वय गरी आफ्ना पदाधिकारी र कर्मचारीलाई पहिलो पटक यस प्रकारको तालिम प्रदान गरेको हो । संस्थाको आफ्नै सभा हलमा भएको तालिममा सहभागीलाई यौनिक तथा लैङ्गिक समुदायकी अभियन्ता भूमिका श्रेष्ठले प्रशिक्षण प्रदान गरिन् ।

यो तालिमपछि ग्रामीण नारी उत्थान संघले संचालन गर्ने परियोजनामा यो समुदायसँग सहकार्य गर्ने विश्वास लिइएको प्रशिक्षक श्रेष्ठले बताईन् । समाजमा यो समुदायबारे भएको बुझाइ, कानून र नीति, समुदायको समस्या र चूनौति, अनुभावलगायत तालिममा प्रस्तुत भएको छ ।

ग्रामीण नारी उत्थान संघका उपाध्यक्ष विष्णु चालिसेले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायप्रति वास्ता नगरिरहेको स्थितिलाई अब सुधार गर्दै जाने बताए ।

संस्थाकी अध्यक्ष गोमादेवि न्यौपानेले यो समुदायप्रति आफूहरुमा समेत अनेक भ्रम रहेपनि २ दिनको तालिमपछि धेरै कुरा प्रष्ट हुन पाएको बताईन् ।