बालविवाह अन्त्यका लागि पत्रकारसगँ सम्वाद

हरिपुर–सर्लाहीको हरिपुुरमा “बालविवाह, जबरजस्ती विवाह, कम उमेरमा हुने विवाह’’ अन्त्यका लागि पत्रकारहरु सगँ संवाद कार्यक्रम सम्पन्न गरिएको छ ।

शनिबार सेभ द चिल्ड्रेनको सहयोग तथा ग्रामीण नारी उत्थान संघ हरिपुरको आयोजनामा एक दिने सर्लाहीका पत्रकारहरूसँग सहकार्यको लागि सम्वाद गरिएको हो । सी.एफ.एम. परियोजना अन्तर्गत कार्यक्रम सम्पन्न गरिएको ग्रामीण नारी उत्थान संघ हरिपुरले जनाएको छ ।

कार्यक्रममा प्रमुख सहजकर्ताको रुपमा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय अध्यक्ष एवं राष्ट्रिय समाचार समिति(रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सहभागि जिल्लाका स्थानीय पत्रकारहरुलाई सहजिकरण गरेका थिए । उनले सञ्चारकर्मीहरूले बालविवाह, जबरजस्ती विवाहको बारेमा खोजमूलक समाचारलाई आफ्नो सञ्चार माध्यमहरुमा स्थान दिनुपर्ने बताए ।

बालविवाह जस्तो कुरीतिलाई समाजका सबै तह तप्का मिलेर नियन्त्रण गर्नु पर्नेमा उन्ले जोड समेत दिए । “बालविवाह, जबरजस्ती विवाह, कम उमेरमा हुने विवाह’’ समस्या समाधानको लागि पत्रकारको भुमिका अहम हुने बताए । समाजको उत्तरदावित्व बोकेर निरन्तर समाजमा पुगेर लेख्ने र बोल्ने पत्रकार मात्र सहि माईनेमा पत्रकार हुने समेत उन्ले दावी गरे ।

पत्रकारीतामा पछिल्लो मिहेनतको अभाव तथा क्षमताको कमीका कारण यस्ता विषय ओझेलमा परेको प्रशिक्षक झाको भनाई थियो । पत्रकार भएर बस्न र पत्रकारिता गर्न दैनिक नयाँ कुराको खोजी गर्न अध्ययनको आवश्यकता पर्ने बताए। पछिल्लो समय पत्रकारमा अध्ययन खड्किएकोले गर्दा यस पेसाबाट पलायन हुने अवस्था आएको बताउनु भएको छ।

कार्यक्रममा ग्रामीण नारी उत्थान संघ हरिपुरका अध्यक्ष गोमा देवी न्यौपाने, उपाध्यक्ष विष्णु चालिसे, सचिव सूर्य प्रसाद चालिसे, नेपाल पत्रकार महासंघका सर्लाही शाखाका अध्यक्ष टंक क्षेत्री, पूर्व अध्यक्ष शंखर श्रेष्ठ, विश्वनाथ ठाकुर लगायत ३५ जना सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

 

https://www.pahilokhoj.com/2024/07/%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a4%b5%e0%a4%bf%e0%a4%b5%e0%a4%be%e0%a4%b9-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%aa/

https://ujyaaloabhiyan.com/2024/07/29/%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%a8-%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%bf%e0%a4%a8%e0%a5%87-%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%b9%e0%a4%b0/