SNV/Nepal सितको साझेदारीमा सञ्चालित B F L कार्यक्रम

सर्लाही , स्रावण ४ गते SNV/Nepal सितको साझेदारीमा सञ्चालित B F L कार्यक्रम अन्तर्गत , स्वच्छता तथा सरसफाई को वानी ब्यहोरा प्रबर्द्धनकालागि संचार रणनीति योजना निर्माण कार्यशाल गोष्ठी , कौडेना र रामनगर गाँउ पालिकाका अध्यक्ष सहितको कार्यदलहरुको सकृय सहभागितामा मलंगवामा संपन्न भयो । उक्त रणनीति योजनाकालागि SNV /Nepal का हरिसोभा गुरुङ र अंबिका यादवले सहजिकरण गर्नुभएको थियो। साथै उक्त परियोजनाका संयोजक मदन कुमार बर्माले कार्यक्रमलाई संचालन गर्नु भएको थियो । गोष्ठीमा सहभागीहरुलाई सस्थाका सचिब सुर्य प्रसाद चालिसेले स्वागत गर्नुभएको थियो। दुबै पालिकाका कार्यदलले आ-आफ्नो संचार रणनीति योजनाको मस्यौदा खाका तयार पारेका थिए र एक हप्ता भित्र पुर्णता दिने पनि प्रतिबद्धता व्यक्त गरेका थिए ।