Save the Children को सहयोगमा ग्रामीण नारी उत्थान संघले हरिपुर र ईश्वरपुरमा १७५० वटा न्यानो कपडा बितरण

ग्रामीण नारी उत्थान संघ र सेभ द चिल्ड्रेनको संयुक्त साझेदारीमा हरिपुर नगरपालिका र ईश्वरपुर नगरपालिकाका अतिविपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।

अतिविपन्न तथा दलित अनि मजदुरको घरमा बालबालिका भएको घर परिवार छनोट गरि प्रति ४ परिवार बरावर २ थान कमल र घर परिवारमा ४ भन्दा बढी भए परिवार संख्याको आधारमा न्यानो कपडा बितरण गरिएकाे ग्रामीण नारी उत्थान संघ हरिपुर–२ की अध्यक्ष गोमादेवी न्यौपानेले जानकारी दिनु भयो ।

हाल ईश्वरपुर र हरिपुर गरि १७५० थान कम्ल बितरण गरिने सस्थाका सचिव सुर्य चालिसेले जानकारी दिनु भयो ।

पछिल्लो केहिदिनदेखि मध्य तराईमा दिनभर बाक्लो हुस्सु लागेर अत्याधिक चिसो बढेको छ । कठ्यांग्रिदो चिसोले पराल ओछयाएर सुत्न बाध्य मुसहर, डोम, चमारजस्ता अतिविपन्न तथा दलित अनि मजदुर परिवार बढी प्रभावित बनेका छन् ।
◾ थप सामग्री : https://ehimalayatimes.com/2025/01/298188/