श्ववरपुुर नगरपालिका अन्तर्गत स्थानीय बाल अधिकार समितिका पदाधिकारी तथा सरोकारवालाहरुका निम्ति स्थानीय तहमा बाल भेला सञ्चालन सम्बन्धि दुई दिने तालिम ईश्वरपुर नगरपालिकाको सभाहलमा सम्पन्न उद्देश्यहरु
(1) बालबालिकाका सवाल,समस्या र मागको स्थानीयकरण गर्ने ।
(2) स्थानीय तहमा अर्थपूर्ण बाल सहभागीता सुनिश्चित गरि सरोकारवालाको प्रयासलाई प्रत्येक्ष अनुभूत गराउने ।
(3) बालबालिकाको आवश्यकता र प्राथमिकताहरु स्थानीय तहको नीति तथा बजेट निर्णयकर्ता समक्ष प्रस्तुत गर्ने मुख्य उद्देश्य अनुरुप ईश्वरपुर नपाको सभाहल का उक्त दुईदिने कार्यक्रम सम्पन्न भएको हो । भने आगामी दिनहरुमा वडा स्तरमा समेत समन्वय र सहकार्य गर्दै, वडा स्तरिय बालभेला समेत संचालन गर्ने कार्ययोजना बनेको छ ।
कार्यक्रम ग्रामीण नारी उत्थान संघ हरिपुर र सेभ द चिल्ड्रेन को सहयोगमा संचालित समुन्नति परियोजना आर्थिक तथा प्रविधिक सहयोगमा ईश्वरपुर नगरपालिले आयोजना गरेको हो ।स्थानीय बालअधिकार समिति (LCRC) का सबै पदाधिकारी र प्रमुख प्रशासकीय अधिकृत,योजना र रोजगार शाखा प्रमुख, नगर बाल संजालका प्रतिनिधि लगायत 19 जना को उपस्थिति रहेको थियो ।