ग्रामिण नारी उत्थान संघको २९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।संस्थाकी अध्यक्ष गोमादेवी न्यौपानेको अध्यक्षता तथा हरिपुर नगरपालिकाका नगरप्रमुख जमिरुद्धिन मन्सुरको प्रमुख आतिथ्यतामा भएको वार्षिक साधारण सभामा संस्थाको आन्तरिक कोषको बारेमा चर्चा गरिएको थियो ।

आन्तरिक कोषबाट आठ लाख नब्बे हजार पाँच सय ७९ रुपैँया र परियोजना अनुदान वापत छ करोड तेह्र लाख ४६ हजार तिन सय ६१ रुपैँया गरी जम्मा छ करोड २२ लाख ३६ हजार नौँ सय ४० रुपैँया मध्येबाट समुन्नति परियोजना अन्र्तगतका कार्यक्रमहरुमा पाँच करोड पाँच लाख ४ सय ७० रुपैँया र वियोन्ड द फिनिस लाईन अन्र्तगत एक करोड २९ लाख ६२ हजार १७ रुपैँया बराबरको खर्च भएको ग्रामिण नारी उत्थान संघले जनाएको छ ।

यसैगरी ग्रामिण नारी उत्थान संघले आगामी वर्षका लागि ६ करोड २२ लाख ८५ हजार ४ सय ९६ रुपँैया बराबरको कारोबार गर्ने उदेश्य समेत लिएको छ । साधारण सभाको अवसरमा संस्थाले आफ्ना छ जना उत्कृष्ट कर्मचारी र तिन जना साधारण सदस्यहरुलाई सम्मान गरेको छ। संस्थाले कर्मचारीहरु लेखा अधिकृत ऋषिराम चौलागाई, देवनारायण ठाकुर, चन्द्रकान्त शर्मा, भवानी कार्की, राम विश्वास चौधरी र विनिता यादव तथा सिता बराल, धर्मशिला चौधरी र बिमला ओलीलगायत शेयर सदस्यहरुलाई सम्मान गरेको संस्थाका उपाध्यक्ष विष्णु चालिसेले जानकारी दिनुभयो ।

सभामा संस्थाका सदस्य रामचन्द्र चौधरी, हरिपुर नगरपालिकाकी उपप्रमुख रेणुका काफ्ले, सेभ द चिल्ड्रेनका प्रतिनिधि, एसएनबि नेपालकी प्रतिनिधि अम्बिका यादव लगायतको उपस्थिती रहेको थियो ।