साउदी उड्न एयरपोर्टमा बोलाएर एजेण्ट भाग्यो, बुवा ऋणको ब्याज तिर्दै

दुर्गाप्रसाद भट्टराई/सर्लाही ।

सर्लाही, चैत ६ – सेतो फुलेको दारी र कपाल । दुब्लो शरीर, हेर्दै कमजोर देखिनुहुन्छ जानकीनगर–४ चाईना टोलका देवनारायण महतो । पहिला उहाँ यस्तो हुनुहुन्नथ्यो रे, तर छोरा विदेश पठाउँदा लागेको ऋणको पीरले उहाँको ज्यान सुकेको छ ।

 

चार वर्ष मलेसिया बसेर फर्किएका देवनारायणका जेठा छोरा जयकुमारलाई देवनारायणले  कहिलेसम्म विदेशमा अब त बिहे गर्न आग्रह गर्नुभयो । जयराम पनि त्यसमा सहमत हुनुभयो ।

बिहे गरेको दुई वर्षमा मलेसियाबाट कमाएर ल्याएको पैसा जयकुमारलाई समस्या पर्यो । त्यतिञ्जेलसम्म उहाँले घर बनाउनुभएको थिएन । दुई वर्षमा दुई सन्तानका बुवा भइसकेका जयकुमारलाई छोराछोरीको भविष्यको चिन्ताले पनि पिरोल्यो । त्यसैले उहाँले बुवासँग साउदी जाने प्रस्ताव गर्नुभयो । ‘अहिले दुःख नगरेपछि सुख पाइँदैन के गर्नु भनेपछि मैले पनि रोक्न सकिन’ देवनारायण भन्नुहुन्छ ‘राम्ररी बुझेर चिनेको मान्छे मार्फत जान सुझाव दिएँ ।’

त्यसको ७ दिनमै सिरहा वैतनाका एजेण्ट वीरेन्द्रकुमार यादव उहाँकै घरमा आइपुगे । उनले साउदीको कम्पनीमा काम राम्रो अनि तलब ४० हजार हुन्छ, भनेपछि जयकुमार जान तयार हुनुभयो । एजेण्टले एक हप्ताभित्र भिसा आउने भने, तर देवनारायणका बाबुछोरासँगै पैसा थिएन एजेण्टलाई दिने ।

घरमा नभएपछि देवनारायणले छोरालाई ससुरालीतिर गएर खोज्न भन्नुभयो । जयकुमारले ससुराली गाउँबाट एक लाख रुपैयाँ ऋण लिनुभयो । त्यो पनि महिनामा ३ हजार रुपैयाँ ब्याज तिर्ने गरी । २०७३ जेठ १५ गते एजेन्ट वीरेन्द्रले भिसा आयो भन्दै ५० हजार मागे । जयरामले भिसा नहेरी पैसा नपठाउने भनेपछि विरेन्द्रले फोटो खिचेर पनि पठाइदिए । त्यसपछि ५० हजार रुपैयाँ लिएका वीरेन्द्र एक महिनासम्म सम्पर्कबिहीन भए ।

एक महिनापछि फेरि वीरेन्द्रले ५० हजार रुपैयाँ पठाइदेउ १० हजार चाहिँ एयरपोर्टमा दिनु भन्दै फोन गरे । जेठ १९ गते उनको नाममा ५० हजार जम्मा गरेपछि उनले भोलिपल्टै काठमाडौं बोलाए । एजेन्टको फोन आएपछि जयराम बुवाछोरा हतारिँदै काठमाडौं आए । गौशालाको होटलमा राखेर एक दुई दिनमा हुन्छ भनेर हिँडेका एजेण्ट वीरेन्द्र एक दुई दिन होइन दुई महिनासम्म फर्किएनन् । ‘आज आउला, भोलि आउला भन्दै कुरेको कुरै भयौं’ जयराम भन्नुहुन्छ ।

 

दुई महिनापछि वीरेन्द्रले भोलि उड्ने हो एयरपोर्ट आउनु भनेर बोलायो । होटलमा छोडेर दुई महिना हराएका वीरेन्द्रले फेरि पनि धोका दिने हुन कि भन्ने शंका थियो, उहाँहरुलाई । तर विश्वास गर्नुको विकल्प पनि थिएन । होटलमा बस्दाको झण्डै खर्च भन्दै साहुले १५ हजार मागेपछि बुवा छोरा झस्किए । जताततै पैसा माग्न थालेपछि जयरामले वीरेन्द्रलाई फोन गर्नुभयो । उनले आफुले १५ हजार तिरेको भन्दै १५ हजार तिरेर आओ एयरपोर्टमै मिलाउने भनेपछि घरबाट लिएर आएको झोला लिएर भदौ २१ गते विमानस्थल पुग्नुभयो ।

तर गौशालाको होटलमा छोडेर हिँडेका वीरेन्द्रले त्यहाँ पनि धोका दिए । एयरपोर्टमा वीरेन्द्रले नदेखेपछि जयरामले फोन गर्नुभयो, तर फोन अफ थियो । ‘त्यो दिन बाबु छोरा ६ बजेसम्म एरपोर्टमा बस्र्यौ । वीरेन्द्र आएन पनि फोन पनि आएन । त्यसैले राती ७ बजे सर्लाही फक्र्यौं’ देवनारायणले भन्नुभयो ।

उड्न नपाइ घर फर्किनु परेपछि जयराम घर पुग्ने बित्तिकै सिरहा पुग्नुभयो । तर वीरेन्द्र भेटिएनन् । परिवारले ऊ काठमाडौंतिर बस्छ, भन्दै यस्ता कुरा लिएर नआउन भनेपछि जयराम अझै समस्यामा पर्नुभयो ।

प्रमाण हुँदा पनि कारवाही गर्न सकिएन

जयरामले वीरेन्द्रलाई पैसा दिएको रसिद पनि छ, तर अहिलेसम्म पनि न त्यो पैसा फिर्ता गराउन सक्नुभयो न त उनलाई कारवाही गर्न नै । त्यही प्रमाण लिएर बुवाछोरा सर्लाहीको हरिऔनमा रहेको सूचना तथा परामर्श केन्द्रमा पुग्नुभयो । तर एजेण्ट सिरहाकाे भएकाले उहाँहरुको निवेदन  जिल्ला विकास समितिद्वारा सञ्चालित सिरहाकाे सूचना केन्द्रमा पठाइएको सर्लाहीको हरिऔनमा रहेको सूचना केन्द्रका  परामर्शकर्ता लालकिशोर भण्डारीले जानकारी दिनुभयो ।

 

 

‘रसिद त छ नि, तर अब कसरी पैसा फिर्ता लिने मलाई केही थाहा छैन’ जयरामले भन्नुभयो । सुरुमा फोन उठाउने वीरेन्द्रको अहिले त फोन पनि लाग्दैन । त्यसैले अहिले जयराम र देवनारायणले के गर्ने भन्ने सोच्न सक्नुभएन ।

महिनाको तीन हजार रुपैयाँका दरले पैसा बढिरहेकै थियो त्यसैले कुनै उपाय नभएपछि जयराम काठमाडौंकै अर्को म्यानपावरबाट साउदी जानुभएको छ । देवनारायण जयरामले लिएको पैसाको ब्याज तिरिरहनुभएको छ ।

मनोसामाजिक परामर्शकर्ताका भुमिका झल्किने दुइ समस्या अध्ययन

मनोसामाजिक परामर्शकर्ताका भुमिका झल्किने दुइ समस्या अध्ययन ः

समस्या एक
गाउँमा साथीहरु संग बरालियर हिडने छोरा लाई तह लगाउने विकल्प वैदेशिक रोजगार देख्नुभयो सर्लाही नेत्रगंज १ की प्रमीलादेवी पासवानले । घरको कमजोर आर्थिक अबस्थामा छोरा विदेशिय पछि सुधार हुन्छ भन्ने कल्पनामा डुब्नु भएको प्रमीलादेवी संग छोरालाई विदेश पठाउने पैशा दीने हैसियत थिएन । त्यसैले सम्पतीको नाममा रहेको ४ कठ्ठा घडेरि बन्दकिमा राखि १ लाख ५० हजार श्रृण लिनुभयो । श्रृण लिई सकेपछि प्रमीलादेवी लाई छोरालाई विदेश पठाउन जति हतार थियो त्यो भन्दा बढी हतार थियो सिराहाका एजेण्ट रसुल सेख लाई । आफुले लिएको श्रृण १ लाख २५ हजार प्रमीलादेवीले छोरा लक्ष्मीको हातमा राखि दिएर विदेश जाने प्रकृया गर्न काठमाण्डौ पठाउनु भयो ।
छोरा लक्ष्मीले काठमाण्डौ पुगेको ८ दीनपछी फोन गरि सबै प्रकृया पुराभयो, अबको ५ दीन पछी मलेसिया जानेहो भनेर फोनगर्दा प्रमीलादेवीको खुशीको सिमाना थिएन । छोरा लक्ष्मीले म भोलि विहानै घर आई पुग्दछु, २ दिन बस्दछु अनि मलेसिया उठन काठमाण्डौ फर्कन्छु भनेपछि प्रमीलादेवीको मन साझ परेदेखिनै खुशि थियो । छोराको प्रतिक्षामा रातभरि निन्द्रा परेन उनलाई ।
छोरा आईपुग्दछ भनेर कुरेर बसिरहेकी प्रमीलादेवी लाई प्रहरी घरमा आएपछि मन झसङ्ग भयो । घर फर्कने क्रममा बाराको निजगढमा बस दुर्घटना परि घटना स्थलमानै लक्ष्मीको मृत्यु भएको खबर प्रहरिले सुनाउन नपाउदै प्रमीलादेवी वेहोस हुनु भयो ।
यसरि छोराको मृत्युको खबर सुनेर ईन्तुन चिन्तु भएर बसेको बेलामा मनोसामाजिक परामर्श कर्ता संग प्रमीलादेवीको पहिलो पटक भेट भएको थियो । त्यती खेर प्रमीलादेवी को अनुहार मलिन रहेको थियो साथै छोराको सम्झनामा रोएर बसिरहेकी थिईन । मनोसामाजिक परामर्श कर्ता र परिवारका सम्मपूर्ण सदस्यको उपस्थीतीमा मृतकको सम्झनामा संमवेदना प्रकट गरियो ।
बिस्तारै बिस्तारै घरभेटको मात्रा बढाउदै गएपछि प्रमीलादेवीले आफनो मनको कुरा अभिव्यत गरेकी थीईन । कुराकानी गर्दा रोहीरहने, छोराको सम्झनाले गर्दा मनमा पीर चीन्ता, खानाखान मन नलाग्ने, निन्द्रा नपर्ने,शरिरको विबिध भाग दुख्ने कुरा अभिव्यत गरेकि थिईन । साथै कुराकानीको सिल सिलामा कमजोर आत्मावीश्वासको भावना झल्कीएको थियो ।
प्रमीलादेवीको पिडा तथा दुख लाइ ब्यत्त गर्न समय दियर त्यस पिडाले उनको आफनो शरिरमा पारेको असरलाई केलायर हेर्न तथा सोच्नका लागि मदत मिल्ने किसिमका प्रश्न मार्फत छलफल तथा कुराकानि गरियको थियो । छोराको मृत्युले गर्दा मनमा आउने पीर चीन्ता लाई कम गराउनको लागि श्वाशप्रश्वासको सामान्य योग विधि , समयमा खाना नखादा तपाई लगायत परिवारका अन्य सदस्यलाई असर पर्दछ भन्ने कुरा चित्रविधि मार्फत बुझाइएको थियो । आत्मावल अभिवृदिको लागि उनमा भयका सकारात्मक पक्षहरु , सिप तथा क्षमता तथा गाउ घर र छिमेकले उनलाई भन्ने तथा प्रशषा गर्ने राम्रा कुराहरु के के रहेका छन् भन्ने कुराहरु सम्झीन लगाईयको र सकारात्मक सोचको भावना विकसित गराईयको थियो । छोराको ईच्छा पुरागर्ने दाईत्व तपाईमा रहेको हुन्छकि हुदैन , यदि हुन्छभने छोराले आफनो आमा कस्तो भयको हेर्न चाहान्छन् होला , तपाई छोराको चाहाना कहिले पुरागर्ने भन्ने चुनौतीपूर्ण प्रश्न मार्फत छलफल गरि छोराको आत्मा खुशिको लागी मनै मजबुत बन्नु पर्ने रहेछ भन्ने मनोभावना बिकसित गराईयको थियो । अथार्त तपाईकोे छोराले परिवार कस्तो भयको हेर्न चाहानु हुन्थ्यो , तपाईले उहाको ईच्छा पुरागर्नु पर्दकि र्पदैन होला यदि पर्ने भए कहिले देखि तपाई आफनो व्यवहार परिवर्तन गर्नु हुन्छ होला भन्ने चुनौति पुर्ण प्रश्न मार्फत कुराकानि तथा छलफल गरेको थियो । प्रमीलादेवीमा काम गर्ने मनोभावना जगाउनको लागि जसरि रुख स्वस्थ्य भएको खण्डमा त्यसले आफु वरिपरि बस्नेलाई सितलता पदान गर्दछ ठिक त्यसैगरि तपाईले काम गर्नु भएको खण्डमा क कस्लाई सितलता प्रदान हुन्छ , को को रुखको छेउमा ओत लागेर बस्न सक्दछन् , आधि हुरि आएको बेलामा रुख बलियो भयोभन्ने कसलाई फईदा हुन्छ होला भन्ने किसिमले पछिको सोच दिलाउने प्रश्नहरु मार्फत छलफल गरियको थियो ।
यसरि १० पटकको मनोपरामर्शले प्रमीलादेवी को व्यत्तिगत वानि व्यवहार र सोचाईमा परिवर्तन आएको कुरा उनको श्रीमान् र छोरीले महशुस गर्न थालेकाछन् । हाल प्रमीलादेवीको अनुहार चमक आएको , मन उदास हुन छोडेको , खाना खाने गरेको , शरिरको विभिन्न भागहरु दुख्ने समस्या न्युनिकरण भयको , निन्द्रा नलाग्ने समय घट्दै गयको , दैनिक निवन यापनको लागि आफै काम गर्न हिड्ने गरेकी छिन् । मनोसामाजिक परामर्श कर्ता संगको भेट तथा कुराकानि पछि आफुमा यस्तो परिवर्तन आएकोमा प्रमीलादेवी खुशि व्यत गर्नु हुन्छ । मनोसामाजिक परामर्श कर्ताले सूचना केन्द्र संग सम्वन्वय गरायरनै आफुले छोराको मृत्युको विमा रकम रु छ लाख ५० हजार पाउन सफल भएको र उत्त पैशाले श्रृण तिरेको कुरा प्रमीलादेवीले बताउदछिन् ।
समस्या दुई

बारम्बार मेरो बिवाह गरिदीनु मलाई मोटरसाईकल किनिदीनु भनेर जिद्धी गर्दै घरमा झगडा गरीरहने सर्लाही हरिपुरका २६ बर्षिया अर्जुन ( नाम परिवर्तन ¬¬) रोजगारिको लागि २०७१ सालको माघ महिनामा मलेसिया गएका थिय । ५ महिना सम्म अर्जुनले मलेसियामा राम्रो संग काम गरेर ९० हजार पनि घरमा पठायका थिय । तर ५ महिना बित्दा नबित्दै उनलाई कम्पनिले एक्कासि घर फर्काइदियो ।
धनकमाउन गएको छोरा एकाएक घर फर्कदा परिवारको तनाब पनि बढयो । विदेश बाट घरमा आएपछि मेरो बिबाह गरिदिनु, मोटरसाइकल किनिदीनु भनेर दैनिक रुपमा भनिरहने र कोठामाआफूले लगाएको सबै कपडा फूकालेर एक्लै बस्ने थाल्य । परिवारको सदस्य कोहि कसैसंग बोलेको देखेमा मेरो कुरा किन गरेको भनेर आक्रोसित हुने । कसैसंग कुराकानि गर्दा निहुरियर कुरागर्ने,हातगोडा चलाइरहने,आखा चम्काइरहने,दिक्क लागेजस्तो गर्ने,रिसाउने,झर्कने,के भको छ ? उपचार गनुपर्छ भन्दा मलाई केहिपनि भएको छइन भनेर रिसाउने ब्यबहार देखाउन थालेपछी अर्जुनको आमा गिता ( नाम परिवर्तन ) लाई एकदमै गाह्रो भएको थियो ।
श्रीमान कामको शिलशिलामा काठमाण्डौ नै बस्ने हूदा खेतिपाति लगायत सम्पुर्ण घरब्यबहार गितालेनै सम्हाल्नू पर्दथ्यो । सिङ्गो घरको जिम्मा आफुलेनै निभाउनु परेकोबेला जबान भएको छोरामा यस्तो समस्या आउदा उपचार त परै जाओस । गिताले अब के गर्नेहोला भन्ने सम्म सोच्न सक्नू भएको थियन । यता छोराको समस्या दिनदिनै बढ्रदै गयको र गाउसमाजमा आफ्नो छोरा नभयको कान्छि आमा भएर वास्ता नगरेको भन्ने कूराहरु चल्न थाल्यो । त्यसपछि गिताको आत्तियको मनमा अझ छोराको समस्या बढ्रने डर को साथै पिर चिन्ता बढन थाल्यो । गिताको अध्यारो अनूहारमा प्रष्ट्र देखिन्थ्यो । त्यसैले गितालाई खान मन नलाग्ने निन्द«ा नलाग्ने गरेको अवस्थामा मेरो भेट भएको थियो ।
यसरि भेटघाटको सुरुवातमा गिता संग कूराकानिगर्दा, छोरालाइ उपचार गराउन लैजाने मान्छे नभएको । केहि लागेकोहोला धामिझाक्रि लगाएर ठिक हूने कुरा बताउनू भयो । त्यसपछि उहा संग घरभेट गरि सम्बन्ध बिस्तार गर्दै बिश्वासको वातावरण सजनाृ गरियो । पविार संग बसेर साइको एजुकेशन दिइयो । मानशिक रोग,उपचार प्रकृयाका साथै समयमै उपचार नभयआउन सक्ने सम्भाब्य जोखिम र खतरा तथा असरबारे पनि छलफल गरियो । छलफल पछि ऋःऋ ल्भउब िका बरिष्ट डक्टर कपिल देब उपाध्यायको सल्लाह अनुसार को औषधि ख्वाउन गिता तयार हुनूभयो । तर छोराले आफूलाइ केहि नभएको भनेर औसधि नखाने फालिदिने घरबाट भाग्ने गर्न थालेपछि गितालाइ झनै सम्हालिनसक्नु भयो । त्यसपछि गिता संग छलफल गरि अर्जुनले थाहा नपाउने गरि बिहान बेलूका औषधि ख्वाउन थाल्नुभयो । खानेकुरामा मिसायर । भेटघाटकै क्रममा गिताको आत्मबल अभिबृद्धि,हौसला प्रदान गरियो । गिताले गर्नूभएको कामको प्रसंशा र नियमितऔषधि ख्वाउनको लागि प्रोत्साहन गर्दै पिरचिन्ताको बारेमा पनि छलफल गरियो ।
एसरि १० पटकको घरभेट र मनोपरामर्श पछि आजभोलि गिताकोको अनूहारमा हासो देखिन थालेको छ । गिताले सोचेको पनि रहेनछिन् अर्जुनमा यतिधेरै परिबर्तन आउला भनेर । गिता बताउदै हनूहुन्थ्यो कि अजभोलि छोराले औषधि आफैखाने गरेका छ । भनेको मान्ने, घरको कामहरु सघाउने आफ्नो सरसफाइ गर्ने, नुहाउने लुगाधुने,बजार जानुका साथै साथिभाइहरु संग समय पनि बिताउन थालेको छ । पहिलेको जस्तो बिवहा गरिदिनू बाइक किनिदीनु पनि भन्न छोडेको छ । अबत मैले केहि काम गर्नुपर्छ सम्म भन्न थालेको छ । यसरि छोरामा आएको परिबर्तन देखेर गिताको पनिपिरचिन्ता कमी आएको छ । अर्जुनको वानि व्यवहारमा यसरिनै परिबर्तन भइरह्रयो भने बिबहा गरि घर बसाई दिनुपर्छ भन्ने सोच राख्दै छिन गिता । आजकाल गिता अर्जुनको राम्रो हेरचाह को साथै माया पनि गरिरहनू भएको छ । गाउले हरु पनि अर्जुनमा आएको परिवर्तन देखेर चमत्कार भयो भन्न थालेका छन् । गिता मुस्कुराउदै भन्दछिन् यो सब मनोप।रामर्श ले नै सम्भब गरिदियो । नत्र अहिले अर्जुन मानसिक रोगि भएर गाउघर तिर डुलि रहन्थ्यो होला । मेरो हालत कस्तो हुन्थ्यो होला ?

ऋब्क्भ् क्तयचथ स् घ
छोरालाई विदेश पठाउँदा धितो राखेको जग्गा सूचना तथा परामर्श केन्द्रको पहलमा फिर्ता
सुमित्रादेवी महराका काईलो छोरो सत्रुधन कतार जाँदा गरिवी हट्ने सपना मात्रै मनमा थिएन पक्की घर बनाउने योजना पनि थियो । कार्पेन्टरको कामका लागि गएका सत्रुधनको कमाइ पनि ठिकै थियो तर ९ महिनामै कम्पनि बन्द भएर नेपाल फर्किएपछि उहाँको सपना पुरा हुन पाएन ।
सत्रुधनलाई विदेश पठाउँदा एजेण्ट सविन्द्र यादवले आफैं पासपोर्ट बनाइदिएर १ लाख २० हजार आफैले हालेर कतार पठाएका लिएका थिए । ९ महिना मात्रै काम गर्न पाएकाले उहाँले सविन्द्रलाई ६५ हजार मात्रै बुझाउन सक्नुभएको थियो । ५५ हजार त बाँकी नै थियो । ‘त्यसैले नेपाल आउने वित्तिकै सविन्द्र उनले हामीले मेरो बाकि पैसा दिहाल भन्न थाले ’ शत्रुधन भन्नुहुन्छ । शत्रुधनले आफुले करार अवधीसम्म काम गर्न नपाएकाले पैसा तिर्न नसक्ने जवाफ दिनुभयो तर एजेण्टले मान्ने कुरै थिएन । पैसा जसरी पनि चाहिन्छ भनिरहेका एजेण्ट सविन्द्रले मलेशियाबाट माग आएका त्यसमा गएर भएपनि पैसा तिर्न दबाब सुझाव दिए ।
त्यसपछि त्यसको उनले शत्रुधनलाई अर्को एक जना मान्छे खोज्न पनि भने । ‘एक पटक दुःख पाएर फर्किएकाले के गरौं गरौं भन्ने त लाग्यो तर अव विदेश नगई ऋण तिर्न विकल्प थिएन’ शत्रुधनले भन्नुभयो ‘घर सल्लाह गर्दा भाइले नै विदेश जाने इच्छा देखायो ।’ तर उहाँहरुसंग विदेश जाने मात्रै होइन पासपोर्ट बनाउने पैसा पनि थिएन । त्यसैले फेरी पनि एजेण्टसंगै पैसा माग्नुभयो । तर यस पटकको सर्त फरक थियो एजेण्टको । उनले त्यतिकै पैसा दिन नसक्ने त्यसका लागि धितो राख्नुपर्ने बताए । ‘अरु के राख्ने केही थिएन त्यसैले भएको जग्गा नै धितो राख्ने निर्णयमा पुगें’ शत्रुधनकी आमा सुमित्रादेवीले भन्नुभयो ‘ १२ धुर जमिनको ३ लाख २ हजार कायम गरें।’ दुई जना छोरालाई विदेश पठाउन २ लाख २५ हजार अनि कतार जाँदाको तिर्न बाँकी ५५ हजार र पासपोर्ट बनाएको २२ हजार गरी ३ लाख २ हजारमा जमिन एजेण्डको नाममा नाम सारि गरिदिनुभयो साथै ब्याज सयकडा तिनको दरले दिने सहमति गरेर ।
आफनो भएजति जमिन सबै अर्कैको नाममा पास गरिदिँदा पनि उहाँको मनमा दुःख भन्दा खुशी धेरै थियो । ‘आज ऋण लागेर के भयो त भोली उनीहरुले कमाएपछि तिरिहाल्छन भन्ने लागेर दुखी भन्दा खुशी धेरै थिएँ।’ सुमित्रादेवी भन्नुहुन्छ ।
आफनोसंगै परिवारको सपना बोकेर मलेशिया गएका शत्रुधन र प्रमोदलाई मलेशिया पुगेको दश दिनसम्म त कम्पनिले कामै दिएन । दश दिनपछि काम त पाउनुभयो तर नेपालमा भनेको भन्दा फरक र गाह्रो । जाँदा लागेको ऋण र परिवारको दुःख सम्झेर काम गरिरहनुभएको थियो तर कम्पनिले पैसा दिने कुरै गरेन । समस्यामा परेपछि एजेण्टलाई पटक पटक फोन पनि गर्नुभयो उहाँहरुले । त्यतिबेला हतपत्ति एजेण्टको फोन उठेन । फोन उठेपनि भोली पर्सी भन्दै दुई महिना विताई दिए । त्यसको केही दिनमै सुमित्रादेवीले छोराहरु समस्यामा परेको खवर पाउनुभयो । एकातिर व्याज बढेको बढ्यै अर्कोतिर एजेण्टले पैसा नदिए जग्गा पनि लिलाम गर्ने धम्कि दिएपछि समस्या थपिँदै गयो । त्यही क्रममा सर्लाहीको हरिवनमा रहेको सूचना केन्द्रमा पुगेकी सुमित्रादेवीले धितोमा राखेको जग्गा मात्रै फिर्ता पाउनुभएन । अरु समस्या पनि समाधान भएको छ ।
यसरी भयो समस्याको समाधान
सूचना केन्द्रमा पुगेकी सुमित्रादेविमा देखापरेको मानसिक समस्या न्युनिकरण गर्न मनोपरामर्श र एजेण्टको धम्की तथा ठगिलाई कानुनी दायरामा ल्याउन केन्द्रले प्रयास थाल्यो । ‘हामीले उहाँका छोराहरुलाई भनेको काम र तलव दिन म्यानपावरलाई दवाव दियौं’ एजेण्टले जग्गा लिलाम गर्न दिएको धम्किको स्थानीय स्तरमै समाधान खोज्न पनि पहल थाल्यौं साथै मनोपरामर्श माफर्त मानोसामाजिक समस्या र तनाबमा पनि न्युनिकरण ल्याईउ ।’ केन्द्रकै पहलमा भएको छलफलमा दुई जना छोरालाइ विदेश पठाएको २ लाख २५ हजार अनि पासपोर्ट बनाउँदा लागेको २२ हजार कतार जादाको ३० हजार गरी २ लाख ७७ हजार सुमित्रादेवीले दिने सहमति भयो ।
अगाडिको सहमति तोडियो सुमित्रादेवीले एक वर्षमा तीन किस्तामा १ लाख ७५ हजार तिर्नुभयो । तर एजेण्टले बाँकी रहेको १ किस्ता पहिलाको कतार जादाको पैशाको र त्यसको व्याज सहित १ लाख ८५ हजार एकै पटकमा दिनुपर्छ नत्र जग्गा बेचिदिन्छु भनेपछि सुमित्रादेवी फेरी समस्यामा पर्नुभयो किनकि सहमति अनुसार ७७ हजार मात्र तिर्न बाकि थियो ।
एजेण्ड थर्काईको त्यसको जानकारी दिदै रुदै रुदै सूचना केन्द्रमा आई पुगिन २०७२ फागुन ९ सुमित्रादेबि र दोस्रो पटक केन्द्रले सबिन्द्र लाई बोलायर छलफल गराएर पहिलेको सहमति तोडेकाले सुमित्रादेवीले ७७ हजार रुपैयाँ मात्रै तिर्नुपर्नेे साथै पहिलाको कतार जादाको र मलेसिया जादाको पैशाको ब्याज पनि छोड्नु पर्ने निर्णय दुई जनाको सहमतिमै गरिदिर्यो ।
त्यसकै आधारमा सुमित्रादेवीले गएको फागुन ११ जग्गा फिर्ता लिनुभएको छ । ‘सूचना केन्द्रले स्थानिय स्तमानै न्याय दिलाएकाले नै मैले न्याय पाए ’ जग्गा फिर्ता पाएपछि खुशी हुँदै सुमित्रादेवि भन्नुहुन्छ ‘ हतार गरेर विदेश पठाउँदा समस्या भोग्नुप¥यो , त्यसैले विदेश जानेले धेरै सोचेर, जानेर बुझेर मात्र जानुहोला ।’