मिति २०८१ फागुन ६ गते मंगलबारका दिन जिल्ला समन्वय समिति सर्लाहीको आर्थिक वर्ष २०८१ /८२ समीक्षात्मक गोष्ठीको बैठक जिल्ला समन्वय समितिका प्रमुख श्री कौशल किशोर सिंहज्यूको अध्यक्षतामा सम्पन्न भयो / साथै जिल्लामा कार्यरत विभिन्न सहकारी संस्थाहरु को उपस्थिति रहेको थियो उक्त बैठकमा आर्थिक वर्ष २०८१ /८२ भएका गतिविधिहरू प्रस्तुत गरिएको थियो जसमा यस ग्रामीण नारी उत्थान संघको तर्फ बाट सम्मुनति कार्यक्रमका बरिस्ठ कार्यक्रम संयोजक दीपक भण्डारी ज्यूले संस्थाले गरेको क्रियाकलापहरूको विवरण प्रस्तुत गर्नुभएको थियो।
ग्रामीण नारी उत्थान संघ र सेभ द चिल्ड्रेनको संयुक्त साझेदारीमा हरिपुर नगरपालिका र ईश्वरपुर नगरपालिकाका अतिविपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।
अतिविपन्न तथा दलित अनि मजदुरको घरमा बालबालिका भएको घर परिवार छनोट गरि प्रति ४ परिवार बरावर २ थान कमल र घर परिवारमा ४ भन्दा बढी भए परिवार संख्याको आधारमा न्यानो कपडा बितरण गरिएकाे ग्रामीण नारी उत्थान संघ हरिपुर–२ की अध्यक्ष गोमादेवी न्यौपानेले जानकारी दिनु भयो ।
हाल ईश्वरपुर र हरिपुर गरि १७५० थान कम्ल बितरण गरिने सस्थाका सचिव सुर्य चालिसेले जानकारी दिनु भयो ।
पछिल्लो केहिदिनदेखि मध्य तराईमा दिनभर बाक्लो हुस्सु लागेर अत्याधिक चिसो बढेको छ । कठ्यांग्रिदो चिसोले पराल ओछयाएर सुत्न बाध्य मुसहर, डोम, चमारजस्ता अतिविपन्न तथा दलित अनि मजदुर परिवार बढी प्रभावित बनेका छन् ।
◾ थप सामग्री : https://ehimalayatimes.com/2025/01/298188/
हरिपुर – सर्लाहीको हरिपुरमा विद्यार्थी भर्ना कार्यक्रम अन्तर्गत बिहीबार सचेतनामूलक कार्यक्रम गरिएको छ ।
शिक्षा क्षेत्रमा काम गरिरहेको ग्रामीण नारी उत्थान संघ हरिपुरको अगुवाईमा हरिपुर २ का वडाध्यक्ष निलबिक्रम थापा, नगरभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापक, संस्थाका पदाधिकारी तथा कर्मचारी, सुरक्षाकर्मी र अन्य सरोकारवालाको उपस्थितिमा चेतनामूलक ¥याली निकालिएको हो ।
अहिले विद्यालयहरुले आ–आफ्नो तर्फबाट भर्ना अभियान चलाइरहेका र संस्थाले पनि शिक्षा क्षेत्रसँग जोडिएका कार्यक्रमहरु गरिरहेकाले सबै सरोकारवालालाई सहभागी गराई सचेतनामूलक ¥याली, साथसाथमा केही घरमा पुगेर आफ्ना बालबालिकालाई विद्यालय भर्ना गराउनुहोस् भनी आग्रह पनि गरिएको संस्थाका उपाध्यक्ष विष्णु चालिसेले जानकारी दिए ।
हरिपुर – सर्लाहीको हरिपुरमा रहेको ग्रामीण नारी उत्थान संघको २८ औँ वार्षिक साधारण सभा आज (शनिवार) उद्घाटन गरिएको छ ।
कोरोना संक्रमणले गर्दा आधा सदस्यहरु मात्रै उपस्थित गराई साधारण सभाको उद्घाटन गरिएको संस्थाका उपाध्यक्ष विष्णु चालिसेले जानकारी दिए । आफ्नै सभा हलमा संस्थाकी अध्यक्ष गोमा न्यौपानेको अध्यक्षता एवं हरिपुर नगरपालिकाका मेयर जमिरुदिन मन्सुरको प्रमुख आतिथ्यतामा साधारण सभाको उद्घाटन गरिएको हो ।
उद्घाटन समारोहमा संविधान सभाका सदस्य रामचन्द्र चौधरी, विभिन्न वडाका जनप्रतिनिधि र अन्य सरोकारवालाहरु सहभागी भएका थिए । बाँकी शेयर सदस्यहरुलाई आइतवार सहभागी गराई सभाको समापन गरिने उपाध्यक्ष चालिसेले बताए ।
सामाजिक सेवाको क्षेत्रमा सक्रिय जिल्लाकै प्रमुख यस संस्थाले अघिल्लो आर्थिक वर्षमा ३ करोड २ लाख ५८ हजार ३ सय ९० रुपैयाँ ९४ पैँसा बराबरको कारोवार गरेको छ ।
बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, मा रहेको प्राथमिक विद्यालय बाहुन टोलमा वुधवार नमूना बाल विकास केन्द्र भवनको शिलान्यास गरिएको छ ।
समुन्नति कार्यक्रम अन्तर्गत सेभ द चिडे«नको आर्थिक सहयोगमा ग्रामीण नारी उत्थान संघ हरिपुरले निर्माण गर्न लागेको भवनको नगर प्रमुख मनोजकुमार देवकोटाले शिलान्यास गरेका हुन् । नमूना बाल विकास केन्द्र भवन निर्माणका लागि १५ लाख ९२ हजार ८४२ रुपैयाँ बजेट विनियोजन गरिएको छ।
दुई महिनाभित्रै भवन निर्माण गरेर हस्तान्तरण गर्ने लक्ष्य रहेको छ । भवन शिलान्यास कार्यक्रममा नगर उपप्रमुख एकावती देवी चौधरी, ईश्वरपुर नगरपालिका–१३ का वडाध्यक्ष रामकरण महतो, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बम्जन, विद्यालयकी प्रधानाध्यापक सखिला महतो, संस्थाका उपाध्यक्ष विष्णु चालिसे, सचिव सूर्य चालिसे, विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।
संस्थाले यसअघि नेपाल राष्ट्रिय जनता मावि ईश्वरपुर–१२, नारायण प्रावि ईश्वरपुर–६, सागरनाथ मावि ईश्वरपुर–४ र जनशक्ति प्रावि ईश्वरपुर–१० मा बालबालिकाहरुलाई शैक्षिक तथा खेलकुदका सामग्रीसहित सुविधा सम्पन्न नमूना बाल विकास केन्द्र भवन निर्माण भइसकेको छ ।
Source: