



ग्रामीण नारी उत्थान संघ र सेभ द चिल्ड्रेनको सहयोग तथा ईश्वरपुर नगरपालिका र हरिपुर नगरपालिकाको समन्वयमा सञ्चालित समुन्नति कार्यक्रम अन्र्तगत बाल विवाह न्युनीकरणका लागि “बाल विवाह विरुद्धको किशोरी क्रिकेट” उद्देश्यका साथ साथै किशोरीहरुको सशक्तिकरण, स्वावलम्बी सीप विकास, किशोरी खेलाडीहरु उजागर गर्न, स्थानीय स्तरमा किशोरी सञ्जालीकरण तथा किशोरी नेतृत्वमा आधारित खेल प्रर्वद्धन गर्ने मुल उद्देश्यका साथ इच्छुक समुदाय तथा विद्यालय स्तरका बाल क्लब अन्र्तगतका वा बाल क्लबको पुर्व सदस्य भएका किशोरीहरुका लागि गरिएको छ ।
योग्यता भएका इच्छुक महानुभावहरुले समयमै आबेदन गर्नुहोला |
Vacancy Announcement
Rural Women Upliftment Association (RWUA) was established on 22 Kartik, 2050 B.S. in Sarlahi District of Province 2, Nepal. It is a non-governmental and non-profit social organization, well-established and prominent, serving as a change agent in the areas of women empowerment and community development in Sarlahi and other districts. With over 30 years of experience in community development and women’s upliftment, the organization has played a crucial role in mobilizing communities for positive changes. This women-headed organization has a majority of female executive members. RWUA is dedicated to enhancing lives through economic, social, cultural, and physical transformations, implementing various projects in partnership within Sarlahi District. Curentyl RWUA is working in different sectors as like education, health, livliehood, Social, protectin child right and good governance.
RWUA invites applications from interested qualified and eligible candidates (Nepali citizens only) that are reliable, accountable, and can deliver results with the highest level of integrity for the following positions under following Project.
Project: Sponsorship Program
Position: Field Officer (Education)- 1
Applied on: [email protected]
Contract duration: Annual Contract
Workstation: Sarlahi District
Apply before: 6 April, 2024
Key Responsibilities:
In close collaboration and consultation with the Project Coordinator, the individual in this role will be responsible for providing technical assistance to the education program, which encompasses Early Childcare and Development (ECCD) and Basic Education (BE). This assistance will be integrated with Maternal and Newborn Health (MNH), School Health and Nutrition (SHN), Child Sensitive Livelihood (CSL) and Adolescent Sexual and Reproductive Health (ASRH). The key responsibilities include conducting technical training for teachers, School Management Committees, coordination & collaboration with local governments, motivating for effective management of ECCD and BE classrooms-based activities, onsite support to teachers, CMCs and PTAs, preparing regular reports (monthly, quarterly, semi-annual, and annual), documenting best practices, monitoring progress, building capacity among subordinates, and reporting within the assigned sector.
Required Education & Experience:
Interested candidates aged 18+ are encouraged to apply with their current CV and application letter to the email address [email protected] mentioning the position applying in the subject line addressing to The Human Resource Department, Rural Women Upliftment Association (RWUA), Sarlahi or submit the hard copy to Rural Women Upliftment Association (RWUA), Haripur Municipality-2, Sarlahi on 6 April, 2024 by 5:00 PM.
Only shortlisted candidates will be contacted for the further selection process. No telephone inquiries will be entertained, and any inappropriate recommendation might automatically disqualify the candidate from further processing. RWUA respects child rights and strictly follows the child safeguarding policy of the organization. RWUA is an equal opportunities employer and strictly follows merit-based selection. Qualified female candidates or those from disadvantaged communities and local people with best-fit qualifications and competencies are strongly encouraged to apply.
Note: – If the applicant creates presser from phone and other source then automatically disqualified.
RWUA reserves the right to qualify/disqualify applications in any case.
ग्रामिण नारि उत्थान संघ हरिपुर २ को बार्षिक संस्थागत लेखा परिक्षण कार्यक्रम सम्पन्न भएको छ | कार्यक्रममा हरिपुर नगरपालिकाका मेयर गोपाल पजियारको प्रमुख आतिथ्य तथा उप प्रमुख निलम देवी राय का साथै इश्वरपुर नपा का उप प्रमुख रंजित देवी चौधरी विभिन्न वडाका वडा अधक्ष्यहरु हरिपुरका प्रमुख प्रशासकीय अधिकृत का साथै इश्वरपुर नगरपालिका का विभिन्न शाखाका अधिकृत अन्य कर्मचारी तथा बिद्यालयका शिक्षक तथा बाल कल्बका पदाधिकारीहरुको सहभागिता रहेको थियो |
सर्लाही,६ भदौ । सर्लाहीको इश्वरपुर नगरपालिकाले बालविवाहमुक्त नगर घोषणा गर्ने अभियान थालेको छ । सेभ द चिल्डे«न र ग्रामीण नारी उत्थान संघको साझेदारीमा सञ्चालित समुन्नति परियोजनाको सहयोगमा इश्वरपुर नगरपालिकाले बालविवाहमुक्त नगर घोषणाको अभियान थालेको हो ।मंगलबार लालबन्दीमा सरोकारवालाहरुसँगको कार्यशाला गोष्ठीमा नगरपालिकाकी उपप्रमुख रञ्जीतादेवी चौधरीले बालअधिकारको बाधकको रुपमा रहेको बालविवाह अन्त्यका लागि इश्वरपुर नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । स्थानीय सरकारले सुरु गरेको यो अभियानमा सबै संघसंस्थाहरुलाई सहयोगका लागि आव्हान गर्नुभयो ।
एक दिवसीय उक्त कार्यशालामा नगरपालिकाका १५ वटै वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विषयगत शाखा प्रमुखहरु, स्थानीय बालअधिकार समिति र वडा बालअधिकार समितिका पदाधिकारीहरु, नगर बालक्लबका पदाधिकारीहरु, न्यायिक समिति सदस्यहरु तथा नगरपालिकामा बालबालिकाको क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बालअधिकार र बाल संरक्षणसम्बन्धी पालिकामा भएका नीति तथा कार्यक्रमको समीक्षाका गरिनुका साथै र बालविवाह न्यूनीकरणमा कानूनी र नीतिगत पक्षको यसको सम्बन्ध, बाल विवाह सम्बन्धी राष्ट्रिय, प्रादेशिक र स्थानीय स्तरमा भएका व्यवस्थाहरु र इश्वरपुर नगरपालिकामा यसको कार्यन्वयनको अवस्थाको विषयमा छलफल भएको कार्यक्रममा बालविवाह मुक्त ईश्वरपुर नगरपालिका घोषणाका लागी गर्नु गर्ने कार्यहरु बारे समूहगत छलफल गरिएको सेभ द चिल्ड्रेनका झम्केश्वर ओझाले जानकारी दिनुभयो ।
कार्यक्रममा बालविवाहमुक्त वडा घोषणाका लागि आवश्यक प्रक्रियाहरु, सूचकहरु र उक्त कार्यमा पालिकामा रहेका सरोकारवालाहरुको भूमिकाबारे छलफल गरी प्राप्त भएका सुझावका आधारमा बालवविाहमुक्त नगरपालिका घोषणाका लागि रणनीति तय गर्ने योजना शाखा प्रमुख पुष्करमणि घिमिरेले बताउनुभयो । कार्यक्रममा नगरपालिकाले हालसम्म गरेका कार्यहरु र अबका प्राथमिकताबारे उपप्रमुख चौधरी, वडा नं. ८ का अध्यक्ष श्याम बहादुर थापा, वडा नं. १३ का अध्यक्ष तिल बहादुर तामाङ, वडा नं. १२ का अध्यक्ष देवीबहादुर खत्री, वडा नं. ६ का अध्यक्ष महमद रहमान अन्सारी, नगरस्तरीय बालक्लबका अध्यक्ष खुसी परयिार तथा सदस्य रवानी मन्सुरी, बालकल्याण अधिकारी गायत्रीदेवी चौधरी, शिक्षा शाखा प्रमुख हरिप्रसाद दाहाल, योजना प्रमुख शाखा प्रमुख घिमिरे, सामाजिक शाखा प्रमुख सरोजकुमार चौलागाइ, सहयोगी संस्था ग्रामीण नारी उत्थान संघका सचिव सूर्यप्रसाद चालिसे लगायतले आआफ्नो धारणा राखेका थिए ।
अभियान अन्र्तगत हालसम्म बालअधिकार संरक्षण तथा सम्बर्धन कार्यविधि २०७९ स्वीकृत, स्थानीय तथा वडा बालअधिकार समितिहरु गठन, बालक्लब तथा सञ्जालहरु क्रियाशील रहेको, विद्यालय र समूदाय तहमा बालविवाह विरुद्यका सचेतना कार्यक्रमहरु सञ्चालनमा रहेको बताइएको छ । सेभ द चिल्ड्रेनका झम्केश्वर ओझाले बालविवाहमुक्त क्षेत्र घोषणाका लागि आवश्यक नीतिगत व्यवस्था तथा स्थानीय सरकारले गर्नुपर्ने आधारभूत कार्यहरुका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । त्यस्तै कान्ति खड्काले बालसंरक्षण प्रणाली स्थापना र सञ्चालनका विषयमा र परमानन्द मण्डलले बालविवाहले बालबालिकाको स्वास्थ्यमा पार्ने असरबारे प्रस्तुतिकरण गरेका थिए ।
बालविवाहको हिसावले मधेश प्रदेश कर्णाली प्रदेशपछि नेपालकै दोश्रो उच्च जोखिममा रहेको विभिन्न तथ्यांकले देखाएको छ । २०७५ भदौ १ देखि जारी भएको मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १७३ मा विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन भन्ने व्यवस्था गरी सो को विपरित भएको विवाह स्वतः बदर हुनेछ भन्ने व्यवस्था गरिएको छ । ऐनको उपदफा (३) मा कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैंयाँसम्म जरिवाना हुने व्यवस्था छ । नेपालको संविधानको धारा ३९ को उपधारा ५ ले कुनै पनि बालबालिकालाई बालविवाह, गैरकानूनी ओसारपसार र अपहरण गर्न वा बन्धक बनाउन नपाइने गरी बालबालिकाको मौलिक हकको रुपमा स्थापित गरेको छ । मधेश प्रदेश सरकारले बालविवाह अन्त्यका लागि १० वर्षे रणनीतिक योजना स्वीकृत गर्दै प्रत्येक वर्षको वैशाख १७ गतेलाइ बालविवाह विरुद्धको दिवस मनाउने घोषणा गरेको छ । मधेशको पहिलो बालविवाहमुक्त नगरपालिकाको रुपमा सप्तरी जिल्लाको सुरुंगा नगरपालिका यसअघि नै घोषणा भइसकेको छ ।
यस ग्रामीण नारी उत्थान संघ तथा सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित समुन्नति परियोजना अन्तर्गत हरिपुर नगरपालिकाका बिद्यालय छोडेका १४ -२१ वर्ष उमेरसमुहका १० जना किशोरहरुलाई ६५ दिने मोवाइल रेपैरिंग तालिम मिति २०८०/०२/३० गते देखि हरिपुर २ स्थित श्रेष्ठ कम्पुटर इन्स्टीटिउटमा सुरु भएको छ |
सर्लाहीको हरिपुरमा ग्रामीण नारी उत्थान संघ र सेभ द चिडे«नको सहयोग तथा हरिपुर नगरपालिकाको समन्वयमा संचालित समुन्नति परियोजना अन्तर्गत हिजो बाल परामर्श कार्यक्रम सम्पन्न भएको छ । महावीर जनता माध्यमिक विद्यालय हरिपुर २ मा महावीर बाल क्लबका १५ जना प्रतिनिधिलाई सहभागी गराई कार्यक्रम गरिएको हो । सोही कार्यक्रममा बाल क्लबद्धारा नियमित मासिक प्रकाशन हुने बाल भित्ते पत्रिका महावीर बाल पोष्टको बैशाख महिनाको अंक प्रकाशन गरिएको छ । आज नै सेभ र विभिन्न साझेदार संस्थाका प्रतिनिधिको उपस्थितिमा हरिपुर नगरपालिका १ हजारबिघामा रहेको जानकीनगर स्वास्थ्य चौकीको किशोरकिशोरी कक्ष अवलोकन, स्वास्थ्य व्यवस्थापन समितिका पदाधिकारी र किशोरीहरुसँग छलफल तथा भौतिक पूर्वाधारको अवस्था अवलोकन पनि गरिएको ग्रामीण नारी उत्थान संघ हरिपुरले जनाएको छ ।
मिति २०८०/०१/२३ गते शनिबारका दिन ग्रामिण नारी उत्थान संघ हरिपुर २ र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित समुन्नति परियोजना अन्तर्गत १५ जना गरिब तथा बिपन्न घर परिवारलाई जीविकोपार्जनका निम्ति हरिपुर नगरपालिका वडा १ को नाख्खा टोलमा वडा अध्यक्ष नानी बाबु थापा ज्युको आतिथ्य तथा महिला वडा सदस्यको उपस्थिमा यसै संस्थाका अध्यक्ष गोमा देवी न्यौपाने ज्युको अध्यक्षतामा बोयर जातको १/१ थान बाख्रा बितरण गरियो भने आजै इश्वरपुर नगरपालिका वडा २ को राइटरखोरमा समेत १५ जना गरिब तथा बिपन्न घर परिवारलाई स्थानीय वडा सदस्य अन्तरिया देवी पासवान ज्युको आतिथ्य तथा इश्वरपुर नगरपालिकाका पशु चिकित्सक शम्भु कुमार महतोको उपस्थितिमा संस्थाका उपाध्यक्ष बिष्णु चालिसे ज्युको अध्यक्षता बोयर जातको १/१ थान बाख्रा बितरण गरियो |
१०५ औं अन्तराष्ट्रिय महिला दिवसलाई महिलाहरु द्वारा सरसफाइमा जोड
२०७१।११।२४
ग्रामीण नारी उत्थान संघ हरिपुरको आयोजनामा कवलाछी गा.वि.स. गैर वजारमा अन्तराष्ट्रिय महिला दिवस कार्यक्रम सम्पन्न भयो । जिल्लामा प्रथम खुला दिसा मुक्त गा.वि.स. फरहदवाका करिव ३०० भन्दा वढी महिलाहरु एक जुट भई फरहदवा गा.वि.स. भवन वाट र्याली निकाली महिला हक अधिकार, महिला हिंसा र सरसफाई सम्वन्धि नाराहरु लगाउंदै गाउं परिक्रमा गर्दै कविलाछी गा.वि.स. गैर वजार परिक्रमा गरी स्थानीय गैर वजार स्थित नि.मा.वि. को प्राङ्गणमा आम सभामा परिणत भयो । सभाको अध्यक्षता स्थानिय महिला नेतृ गर्मी देवी सिंहले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि नेपाल नागरिक समाज केन्द्रिय सदस्य भवानी घिमिरे हुनुहुन्थो भने विशिष्ट अतिथिमा उ.मा.वि. रानीगंजका प्र.अ. रजनीकान्त झा हुनुहुन्थ्यो । फरहदवा गा.वि.स. का स्थानिय अगुवा महिलाहरु सुमिन्त्रा देवि राय, जमुना देवि सिंह, सोना वती सिंह, अन्जु देवि ठाकुर र मन्सुन खातुन तथा अध्यक्षता गरी रहनु भएका गर्भीदेवि सिंह लगायतले नया वन्ने संविधानमा महिलाहक अधिकार र निर्णायक भुमिका पुरुष सरह उल्लेख हुनु पर्छ, महिलाको सहभागीता विनाको कुनै पनि काम सफल हुदैन भन्ने प्रशंग फरहदवा गा.वि.स. खुला दिसा मुक्त वनाउन हामी महिलाहरुको शसक्त भूमिका थियो भन्दै कविलासी गा.वि.स.का महिलाहरु लाई पनि सर सफाई अभियानमा अग्रसर भई आफ्नो गा.वि.स. सफा राख्न आग्रह गरे । छिकेकी गा.वि.स. भएकोले फरहदवालाई इम गरे पनि कविलाछीको फोहरले हामीलाई प्रभाव पार्न सक्छ भन्ने तर्क पेस गरे । मन्तव्यको क्रममा प्रमुख अतिथि भवानी घिमिरे, रजनी कान्त झा, शसस्त्र प्रहरी यूनिटका धन वाहादुर दर्लामीले पनि फरहदवाका महिलाहरुमा आएको परिर्वतन शसक्ति करणको प्रशंसा गर्नु हुंदै, कवलाछीका महिलालाई फरहदवाका महिलाहरुसित पाठ सिक्न आग्रह गर्नु भयो । आयोजक संस्था वाट विष्णु चालिसेले नारी दिवसको अवसर पारी फरहदवा र कविलाछी का महिलाहरु लाई भेला गराई फरहदवाका महिलाहरुमा आएको परिवर्तनलाई कविलाछी वासी विच साटा साट गराउन र कविलाछी गा.वि.स. का महिलाहरुमा पनि सोचमा परिवर्तन ल्याउने उदेश्य राखी कार्यक्रम आयोजना गरेको कुरा वताउनु हुदैं छिमेकमा भएका राम्रा काम एक अर्कामा साटा साट भयो भने दिगो सिकाई र सकारात्मक प्रभाव पर्ने कुरा वताउनु भयो । सोही दिन स्थानीय अन्य संघ संस्थाहरुसित समन्वय गरि हरिऔन नगरपालिका र जनकीनगर गा.वि.स मा पनि नारी दिवस मनाउंदै गर्दा सरसफाईमा महिलाहरुको अहम भुमिका रहने सन्र्दभहरु प्रस्तुत गरिएको थियो ।
23 school were participate.
Orchid int’l hariwan got first position, navajivan netraganj get second and golden future laalbandhi get third position in this compittion.
Programe organized by RWUA, RRPK, sahayogi and migrant worker welfare committe with support of SaMi/Helvetas.