सर्लाहीको हरिपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सामाजिक लेखा परीक्षण

सर्लाहीको हरिपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ग्रामीण नारी उत्थान संघको सहयोगमा गरिएका विभिन्न स्तरोन्नति कामका हिजो लेखा परीक्षण गरिएको छ ।

संस्थाले ३ लाख ६४ हजार ४०३ रुपैयाँ ८८ पैसा लागतमा हरिपुर २ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा टायल्स बिछ्याउनेलगायतका काम गरी आज सरोकारवालालाई राखेर सबै खर्च सार्वजनिक गर्दै सार्वजनिक लेखा परीक्षण गराएको हो । हरिपुर २ का वडाध्यक्ष निलबिक्रम थापाको अध्यक्षता तथा मेयर गोपाल पजियारको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज डा. राकेश ठाकुर, संस्थाका उपाध्यक्ष विष्णु चालिसे, सचिव सूर्यप्रसाद चालिसेलगायतको उपस्थिति रहेको थियो ।

यसैगरी हिजो नै रामलगन माध्यमिक विद्यालय हरिपुर ९ पिडारीमा २ लाख ७८ हजार ३७७ रुपैयाँ २३ पैसा खर्च गरेर बालमैत्री हातधुने तथा पिउने पानी स्थल र बायोस्याण्ड फिल्टर हजार लिटर निर्माण कार्यको सामाजिक लेखा परीक्षण कार्यक्रम समेत सम्पन्न गरिएको छ ।

https://www.radioekata.com.np/news-details/902/2023-06-19?fbclid=IwAR0RCSVq_8g7U9Y4BOE_Am9phhwSZALJTGvykXXf_mwbTnx7P0tKVcJavHw