बाल विवाह अन्त्य गर्न लालबन्दीमा ३ दिने कार्यक्रम सुरु

लालबन्दीमा आजबाट ग्रामीण नारी उत्थान संघ हरिपुरको आयोजनामा बाल विवाह अन्त्य गर्ने लगायतका विषयमा जेण्डर एण्ड पावर एनलाइसिस वर्कसप सुरु भएको छ ।

पर्सीसम्म चल्ने तालिममा सहभागी संस्थाका कर्मचारी, संचारकर्मीलगायत सहभागी भएका छन् । सहभागीलाई सेभका काठमाठौं, बर्दिवास र जिल्लामै रहेका कर्मचारीले तालिम प्रदान गरिने छ ।

संस्थाकी अध्यक्ष गोमादेवी न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष विष्णु प्रसाद चालिसे, सचिव सूर्य चालिसेलगायतको उपस्थिति रहेको थियो ।