ग्रामीण नारी उत्थान संघले मनायो २८ औँ वार्षिकोत्सव

हरिपुर – सर्लाहीको हरिपुरमा रहेको ग्रामीण नारी उत्थान संघको २८ औँ वार्षिक साधारण सभा आज (शनिवार) उद्घाटन गरिएको छ ।

कोरोना संक्रमणले गर्दा आधा सदस्यहरु मात्रै उपस्थित गराई साधारण सभाको उद्घाटन गरिएको संस्थाका उपाध्यक्ष विष्णु चालिसेले जानकारी दिए । आफ्नै सभा हलमा संस्थाकी अध्यक्ष गोमा न्यौपानेको अध्यक्षता एवं हरिपुर नगरपालिकाका मेयर जमिरुदिन मन्सुरको प्रमुख आतिथ्यतामा साधारण सभाको उद्घाटन गरिएको हो ।

उद्घाटन समारोहमा संविधान सभाका सदस्य रामचन्द्र चौधरी, विभिन्न वडाका जनप्रतिनिधि र अन्य सरोकारवालाहरु सहभागी भएका थिए । बाँकी शेयर सदस्यहरुलाई आइतवार सहभागी गराई सभाको समापन गरिने उपाध्यक्ष चालिसेले बताए ।

सामाजिक सेवाको क्षेत्रमा सक्रिय जिल्लाकै प्रमुख यस संस्थाले अघिल्लो आर्थिक वर्षमा ३ करोड २ लाख ५८ हजार ३ सय ९० रुपैयाँ ९४ पैँसा बराबरको कारोवार गरेको छ ।

 

उज्यालोअभियान संवाददाता -१७ आश्विन २०७७, शनिबार १३:५३