इश्वरपुरका विभिन्न स्थान हुँदै अपाङ्गता भएका व्यक्तिहरुले बाल विवाह, जबरजस्ती विवाह तथा कम उमेरमा हुने विवाहको अन्त्यका लागि जनचेतनामूलक चारपाङ्ग्रे स्कुटी र्याली सम्पन्न गरेका छन्।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा, ग्रामीण नारी उत्थान संघको सहकार्य, ईश्वरपुर नगरपालिकाको समन्वय तथा अपाङ्ग अनाथ वृद्ध उत्थान समाज नेपालको आयोजनामा उक्त र्याली गरिएको हो।
र्यालीका मुख्य उद्देश्य:
– बाल विवाह, जबरजस्ती विवाह तथा कम उमेरमा हुने विवाहकोविरुद्ध जागरूकता फैलाउने।
– अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक अभियानमा सक्रियता उजागर गर्ने।
– समावेशी सहभागिता तथा सामाजिक उत्तरदायित्व लाई प्रवर्धन गर्ने।
र्याली श्रीनगरबाट सुरु भई महारानीबजार, हरकठवा, सोकनाहा, मियाखोर, पोखरिया, चौलिखाबजार, भक्तिपुर, तीनघरिया, कलावती बजार, खोरियाटोल, करमुहान, खैरा बजार, बेला, रामपुर, बयलबास बजार, नरेशखोर, सागरनाथ हुँदै डुपुसको कार्यालयसम्म सम्पन्न भएको थियो।
र्यालीमा सहभागीहरुले “हामी सबैको एउटै नारा, बाल विवाह मुक्त ईश्वरपुर” तथा “सभ्य यो समाजमा हामी सबैको हो जिम्मेवारी, छोरा होस् या छोरी, विवाह २० वर्ष पारि” भन्ने मुल नाराहरु सहित प्लेकार्ड तथा ब्यानर लिएर सवारी यात्रा गरेका थिए।
र्यालीपछि समापन कार्यक्रम समेत गरिएको थियो, जहाँ स्थानीय जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि,
प्रहरी, अपाङ्गता भएका व्यक्तिहरु तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।
यो कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक अभियानमा अग्रणी भूमिका स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजक संस्थाका प्रतिनिधिहरुले विश्वास व्यक्त गरेका छन्।
https://rajdhanitoday.com/21284/



